शास्त्रदत्त पन्त,

देश यति धेरै बर्बाद किन भयो भन्ने जनताको तर्कलाई मूढ नेताले राजनीतिको नियम भन्दछन्, अपव्याख्या गर्छन् । साम्यबाद, समाजवाद, साम्राज्यबाद, पुँजिबाद, निजिकरण, लोकतन्त्र, जनतन्त्र, गणतन्त्रको अमूर्तपरिभाषा सुनाउँछन् । तर कामकुरा लुटतन्त्रका गर्छन् । त्यो कस्तो राजनीति हो जसले देश र जनतालाई बर्बाद गर्दछ । अराजकता कलंक हो तर त्यही कलंकका दास र गुलामी सोचका नेताले शासन गर्छन् । राजनीति नियमले हैन बलले गरेकोछ । सत्ताधारीले ३७ करोडको उपचार गर्दछ तर सामान्य नेपालले ३७ पैसाको उपचार पाउँदैन, अनि त्यसैलाई सामाजबाद भनिन्छ । 

आजको नेपालमा कानुन उल्लंघन गर्ने शक्ति नै बहादुर शक्ति मानिएको छ । दलहरुले कसको भलाईका लागि राजनीति गर्छन् र किन गर्छन् भन्ने विषयमा नेपालीले भ्याउ नै पाएका छैनन् । 

भनिन्छ सत्य लुक्दैन । २०६५ साल माघ १५ गते अरवियन टेलिभिजन अल जजिरामा भारतीय कार्यबाहक प्रधानमन्त्री प्रणव मुखर्जीले बोलेका थिए कि “नेपालको अंधोपतन हुने गरी गरिएको दुर्दशा भारतीय चक्रव्युहबाट नै भएको थियो” । बाह्रबुँदे त्यो चक्रव्युह थियो । जसले भूमिगत अराष्ट्रिय तत्व रेड कर्नर नोटिसमा रवहेका आतंककारी काममा मुछिएका माओबादीलाई बैधता प्रदान गरेर सत्तामा पु¥याउनु थियो, आफ्नो अभिष्ट इच्छा पुरा गराउन बाधक मानिएको राजसंस्थालाई विस्थापन गर्ने थियो । 

नेपालका सात दल र माओवादी बीच हस्ताक्षरित बाह्रबुदे कसले के प्रयोजनका लागि गराइएको थियो भन्ने कुरामा धेरैको शंकाको विषय थियो । भारतीय सत्ताका अधिकारिक व्यक्तिले बोलेपछि जब खोज र अङ्कलनको कुरा रहेन । मुखर्जीले भनेका छन्, “जब हाम्रा हिमालयन छिमेकी नेपालसँग समस्या थियो, हामीले बन्दुक र हिँसालाई माध्यम बनाएको माओबादीलाई हिँसा त्याग्न लगायौं र अन्य राजनीतिक दलहरुलाई मिलाई उनीहरुलाई राजनीतिक मूलधारको गतिविधिमा सहभागि हुन सम्झायौ । उनीहरु सहमत भए उनीहरुले हाम्रो सल्लाह माने ।”

यसले ठूलो भ्रम हटाएको छ । यसले– नयाँ नेपालका नक्कली मुखौटे नेताहरुको लगौटी फेरि नबाँधिने गरी फुकालिदिएको छ । दलका नेता हिजो नाङ्गो थिए आज बुङ्गो भएका छन् । यसले आठै दल भार तका दलाल हुन् र माओवादी तथा कथित जनयुद्ध “रअ” को सहयोगमा भएको हो भन्ने कुरामा पनि शंका छैन । नेपाली काँग्रेसको अगुवाईमा आठदलको आफै शान्ति स्थापना गरेको भन्ने गरिएको प्रचारवाजी झुट्टो सावित भएको छ आठ दल उदाएका छन् ।