शास्त्रदत्त पन्त, काठमाडौं – माओवादी दल लेनिनको “एकदलीय” पक्षको शासन पद्धति खोजिरहेको थियो । लगत्तै माओबादीको एकदलीय खोच “सम्यवाद” मा लहसियो । त्यसलाई कार्यरुप दिन प्रचण्ड र सि.पि. गजुरेल भारतको बिहारमा रहेको माओइष्ट कम्यूनिष्ट सेन्टर (एमसीसी) गए । त्यहाँबाट उनीहरुले १५ दिने सैन्य तालिम लिए ।

अर्को वर्ष २०४५ सालमा प्रचण्डले गोरखा जिल्लाको सिरानचोकमा माओवादीका १५ जना नेताका लागि सैन्य तालिमको आयोजना गरे । त्यसमा तालिम दिन भारतका पूर्व सैनिक टि.वी पाठक आएका थिए । यस्ता तालिमहरुबाटै लड्ेनमात्र हैन लुट्ने कला पनि सिकाइन्थ्यो । त्यसको एउटा प्रयोग जलवीरेका दीर्घबहादुर थापा तथा भीष्म थापाको घरमा २०६८/५/२२ गते भएको थियो । पछि लडाकुहरु नारायणथापा मगर लगायतका ६ जना पक्राउ परेका थिए । 

माओवाद दस्ताको संख्या ५० हजार पुर्‍याउने लक्ष्य भए पनि उमेर पुगेकाको संख्या १९,५७७ मात्र थियो । बाँकि भागेपछि जीवन यापन भत्ता पाउने १९,५७७ मात्र थियो । बाँकि भागेपछि जीवन यापन भत्ता पाउने १९,००८ लडाकुहरुको संख्यामात्र समायोजन गरिएको थियो । केवल लुट्न, ठग्न, बेइमान गर्न लगायत आततायी काम गर्न प्रशिक्षित ती लडाकुलाई कृषि र अरु कुनै पेशा गर्ने सीप, क्षमता र जाँगर थिएन । अहिले देशमा जे असामाजिक प्रबृत्ति बढेको छ तिनै भारतीयको तालीमबाट गरिएको छ । 

माओवादीले सिद्धान्ततः राजा जारको घटनालाई बिरालो बाँधेर श्राद्धगर्ने रुपमा लिएर राजा नमान्ने र कार्लमाक्सले अफिम भनेको हुनाले ईश्वर नमान्ने रुढीलाई अङ्गिकार गर्दछन् । तर यसैबिच माओबादीसँग जब इसाईहरुको सम्पर्क भयोउनीहरुलाई इसाईहरुले नै प्रशिक्षित गराए । पाप लाग्दैन, परमेश्वर छैन, पुनर्जन्म छैन, पापपुण्य हुँदैन जस्ता शिक्षाले सबै लडाकुहरुले गाई काटेर खाने, मन्दिर भत्काउने, संस्कृत भाषा पढाउने र काजकिरिया गर्नेहरुको हत्यागर्ने नीति माओबादीलाई इसाइहरुले सिकाएका थिए । आमा, बहिनी, नातागोता केही नभन्ने, कैयौं असामाजिक, आततायीले आज पनि संगिनअपराधहरु गरिरहेका छन् । त्यसयता अपराधी, हत्यारा, बलात्कारी, डकैती गर्ने सबैलाई सात दल र माओवादी (सेभेन पार्टी एलाएनस एण्ड माओइस्ट (स्पाम) को सरकारहरुले बर्षेनी आम माफी दिने गरेको छ । संबिधान दिवसका दिन प्रतिबर्ष अधिकांश अपराधीलाई समावेश गरेर अपराधमुक्त गरिएको छ । तिनबाट बर्षेनी अपराधीको संख्या थपिँदै गएको छ । 

इण्डियाले नेपालमा राजनीति कसरी अस्थिर बनाइ राख्ने उपाय पनि खोज्दै र बिथोल्दै आएको थियो, छ । सिद्धान्तहिन सिद्धान्तमा पनि अलमल्याई रहेको छ । संविधान बन्नै नसक्ने अवस्थामा पनि आवश्यकताको सिद्धान्त (Doctrine of Necessity) भनेर संविधानसभाको म्याद थपको प्रस्तावलाई निरन्तरता दिँदै आयो । संविधान विपरित बलपूर्वक म्याद थपको प्रस्तावलाई पनि बैधता प्रदान गरियो । यो योजनालाई बुझ्ने मानिसले पागलपनको उपज (Doctrine of absurdity - Foolish in a Funny way: or not sensible) भनेर चर्चा भएको थियो तर भात । इयुका मुलुक संहित इसाई संसारले सही भने पछि दिन पनि वरातत हुन्छ , कालो पनि सोतो हुन्छ, भयो । विज्ञहरुले यस सिद्धान्तलाई धोकाको सिद्धान्त भनेका छन् । त्यसैलाई सहमति भन्ने गरियो तर सहमति भने हुनदिइएन । समय भने थप्दै लगियो । संविधानसभा – संसद – सरकारबाट फ्रौडलाई मान्यता दिइँदै गइयो । त्यस्ता फ्रौड कुरालाई आवश्यक, बैध, राजनीतिक र सामाजिक जनताको आवश्यकता जस्ता नाम दिएर सत्यलाई दबाइयो, दुनियाँलाई मूर्ख बनाइयो । 

धेरै नाटकीय राजनीतिक मञ्चनहरुका बीच २०६७/२/१४ गते जन अनुमोदन अभिमतको म्याद पनि समाप्त भएपछि फेरि अवैध राजनीतिको सुरुवात भयो । दलले नै वप २०६८/२/१४ गतेसम्मलाई म्याद बढाए । त्यो २ बुँदे समझदारीको एक बर्ष पनि समाप्त भएपछि नयाँ–नयाँ सरकार गठनको शिलशिलामा भारतीयको चासो बढ्दैगयो । भारतबाट श्याम शरण भारतीय दूतका रुपमा नेपाल आए । उनले महाराज नै भएर काम गर्न थाले । प्रधानमन्त्री बनाउने निकाल्ने काममा क्रियाशिल देखिए । माओबादीले चीनियाँहरुसँग सभासद खरिदका लागि भनेर ५० करोडको माग गरे । सो टेपवार्ता कृष्ण बहादुर महाराजसँगको आवाजमा सार्वजनिक भयो । यसरी इण्डियाबाट नेपालको हुर्मत लिइएकै थियो । कुनबेला “छोइग्यालको” हालत बनाउने भन्नेमा त्रासदी थियो । 

यस्तो संवेदनशील राष्ट्रियताको विषयमा नेपालका राजनीतिक दलहरुले हस्तक्षेप विरुद्ध कुनै प्रश्न उठाएनन् । आठै दल इण्डियाका दास थियो । कुनै प्रबुद्ध वर्गबाट यसको वजनदार विरोध, असन्तुष्टि पनि जाहेर भएन, हुनसक्छ त्यसबेला ज्यू ज्यानको खतरा थियो । फलतः मुलुक गम्भीर र लाचार स्थितिबाट गुज्रियो ।