रमा न्यौपाने (आज्र्य), काठमाडौं – डा. चन्द्र भन्डारी प्रतिनिधि सभाको संसदमा सहभागी भएका छन् । गत फागुन ३ गते ग्याँस सिलिन्डर लिक भै जलेर घाइते भएका संसद चन्द्र भण्डारी निकै अस्वस्थ हुनुहुन्थ्यो । उहाँ सगै उहाँको आमा पनि ग्याँस लिकमा पर्नु भएको थियो तर उहाँको फागुन ४ गते नै निधन भयो र उहाँलाई उपचारको लागि भारत लगिएको थियो । करिब साढे तीन महिनाको उपचार पछि बैशाख १६ गते नेपाल फर्किएका हुन् । नेपाल फर्किए पनि उहाँ प्रतिनिधि सभामा भाग लिन तत्काल नसकेको र जेठ १० गतेको सरकारको निति र कार्यक्रम अन्तर गतको सुनुवाइमा पुग्नु भएको छ । उहाँले आफ्ना बिचार र सरकारले गर्नु पर्ने समसामयिक सिकाइ विद्यार्थीको पठन पाठनको विषयक अनुसार ग्याँस सिलिन्डर बाल्न, बत्ती बाल्न र बाटो क्रस गर्न, जस्ता अन्य नयाँ प्राविधिक र अपरिहार्य सिकाइ पाठ्यक्रममा समावेस गर्नु पर्ने बताउनु भयो । ग्याँस कम्पनीहरुले रेगुलेटरको चेकअप गर्नु पर्ने धारण राख्नु भयो । यस्तो गरेमा बर्सेनि हुने ग्याँस बिस्फोट भै निधन हुन बाट रोकथाम हुन सजिलो हुने बताउनु भयो ।
सरकारले आफूलाई दिने बजेट बाट अस्पताल बनाउनु पर्ने उहाको माग रहेको छ । भण्डारीको यो विषय निकै उत्कृष्ट र र ब्याबरिक भै आम नागरिकको लागि सन्देश मुलक रहेको छ । दुर्गम क्षेत्रमा अझै पनि लामो दुरि हिडेर बिद्यालय जानू पर्ने बाध्यता छ । हामील्व कतै एक घन्टा कतै कतै दुई घन्टा त अस्ति एउटा् अखबार मा चार घन्टा पैदल हिडेर बिद्यालय जाने गरेकी पनि खबर छ ,राज्य यस्ता कष्ट गरि अद्य्यन गरिएका जिल्लालाइ बिशेष मध्य नजर गरि तेस्ता ठाउमा सुबिधा सम्पन्न बनाउने चेस्टा नगरे ऐलेको भडकिदो राजनीतिक परिवेश अझै कस्टकर बन्न सक्ने अनुमान गर्न सकिन्छ । आजको शिक्षा ब्याबरिक र प्राबिधिक, ज्ञान बर्धक हुन आबस्यक रहेको आकलन गर्न सकिन्छ । संसद भण्डारीले भने जस्तै, ब्याबहरिक, सामाजिक, सिपमुलक शिक्षाले नंया प्राबिधिक सिकाइलाई सहज र सरल तरिकाबाट सीप सिक्न मद्धत पुग्ने मान्यता रहन्छ ।
आजको शिक्षा राष्ट्रिय र अन्तरास्ट्रिय शिक्षाको पउच बढ्ने रहे पनि सामान्य गतिविधि र चालचलनका सिकाइ लाई पठन पाठनको बिषय वस्तु अन्तर्गतको आबश्यकता हो । पाठ्यपुस्तकमा आधारित बिषयवस्तु बेलाबेलाम फेर बदल भइरहे पनि पाठ्यक्रमको शिर्षक दैनिक गतिविधि सग मिल्दोजुल्दो रहनु पर्ने हुन्छ । नेपालको शिक्षाको उदेश्य मुलक संदेश नागरिकलाई सुसूचित गर्ने भएको र यस्तो शिक्षा प्रणाली गतिशील रहने छ । मानव जिबनका दैनिक गतिविधिनै शिक्षा भएकोले हाम्रा हरेक गतिविधि एउटा सिक्ने मौकालाई शिक्षाको मुल मन्त्र भन्न सकिने मेरो बिचार र¥यो । आगामी निर्वाचन अघि दैनिकी र दैनिक गरिने सामाजिक र ब्याबहरिक बन्न पुग्नु पर्छ भन्ने उहाँको बिचारमा मेरो पनि समर्थक रहयो ।

लेखिका - रमा न्यौपाने (आज्र्य)


0 comment