डा. शास्त्रदत्त पन्त, काठमाडौं – राजनीति नीतिहरुको राजा हो । नीतिहरुमा सबैभन्दा उच्चनीति, सबैभन्दा मर्यादित नीति, मुलुकका जनताको सार्वभौम शाक्तिलाई कार्यान्वयन गर्ने नीति नै राजनीति हो । त्यो नीतिलाई कार्यान्वयन गर्ने प्रमुखलाई राजा भनिन्छ । राष्ट्रपतिले त्यो अधिकार प्रयोग गर्न सक्तैन । त्यसकारण पति भनिएको छ । पतिले परिवारजन (जनता) को सल्लाह लिएर मात्र घरव्यवहार (संसद) संचालन गर्न सक्छ । 

     पश्चिमी शासन व्यवस्थामा राजसंस्था भएपनि प्रकृया फरक छ । पश्चिमी चलाउने कि पौरस्त्य मनाउने भन्ने कुरा आज हामीले तय गर्नृ पर्दछ । किनकि प्राच्यले आत्मा हुँदैन भन्दछन् । सारा शासनव्यवस्था तदनुरुप चल्दछ । पश्चिममा नारी र मजदुरलाई समान हक दिइँदैन । सन् १९७२ पछि दिइएको छ भन्ने कुरा कानुनी बलबाट दिइएको हो । स्वतः स्फुर्त आत्मैबाट दिइएको हैन । करकापले दिइएको हो । तर, प्राच्यभूमिको राजनीतिमा सबैलाई यो हक समान हुन्छ । त्यसैले प्राच्यभूमिको राजनीतिको शासन सञ्चालनलाई लोकतन्त्र नभनेर प्रजातन्त्र भनिन्छ । प्राच्य दर्शनले मानव जातीको मात्र हैन पशुपंक्षी, कीटपतंग, जलचर नभचर स्थलचरका सबै प्राणीमा आत्मा हुन्छ  भन्दछ । त्यतिमात्र हैन भूमि, पर्वत, नदी वनमा पनि प्राण हुन्छ भनेर हामीले बनदेवी, नदी पशुपंक्षी सबैलाई पुजा गर्छौ, कर तिर्छौं, भाग दिन्छौं । कुनै पनि कर्म गर्नेलाई बिना तलब काम गराउँदैनौं । त्यसैले हामी काग, भ्यागुतो, सर्प, चरा, कीटपतंगको पूजा गर्दछौं, खान दिन्छौ । आँखाले देख्ने नदेख्ने कीराले पर्यावरण सन्तुलन राखिदिन्छ । नदी–खोलाले जल दिन्छ, वायुले प्राणबायु दिन्छ, आकाशले ठाउँ दिन्छ, सूर्यले प्रकाश दिन्छ, चन्द्रले रस दिन्छ । वनले सबैलाई सबैथोक दिन्छ । हामीले सबैको नाममा तिनको निस्काम सेवा बापत देवस्वरुप पूजाआजा र सम्मान गर्दछौ । हामी आस्तिक हौं ।

      राजाले प्रकृति र प्रकृतिमा जन्मेका सबै प्राणीको समदृष्टिले समभावले आदर सम्मान गर्छ र निस्पक्ष भएर शासन गर्दछ । राजालाई राजशिक्षा दिइन्छ । राजशिक्षामा यी सबै कुरा सामेल गरिएका हुन्छन् । राजामा हुनेजस्ता गुण अरुकसैमा हुँदैनन् । त्यसैले प्रजातन्त्र र लोकतन्त्रमा ठूलो अन्तर छ । त्यसैले प्राच्यको शासन व्यवस्थालाई प्रजातन्त्र भनिएको हो । 

      पश्चिमाले डेमोक्रेसी भनिनेलाई अनुवाद गर्दा लोकतन्त्र भनियो । डेमसको अर्थ लोक र क्यासीको अर्थ तन्त्र हो । हामीले २०४७ पछि प्रजातन्त्र शब्द छोड्यौ र लोकतन्त्र भित्र्यायौ । लोकतन्त्रमा प्राण नहुनेलाई नारीको संज्ञा दिइन्छ भने काम गर्ने मानिसलाई दासको व्यवहार गरिन्छ, घरमा नोकर राखिन्छ, कर्मयोग हुँदैन । जति धेरै नोकर संख्या भयो त्यति ठूलो मानिस पनि थाहा हुन्छ । हजारौं नोकर राख्नेहरुबाट लर्ड पदवी दिइन्छ, इतिहास खोतले पनि थाहा हुन्छ । हजारौं नोकर राख्नेहरुबाट ठूलोसानो जात हुने सुरुवात पश्चिमबाटै भएको हो । जस्ले पश्चिमको संस्कार आयात गरे तिनले गालामा भोजन खान्छन् । भौतिक उपभोक्ताबादी अर्थ नीति बनाउँदछन् । ईश्वर छैन भनेर सबै पाप कर्म गर्दछन्, होली वाइन खान्छन् । आफ्ना आधारभूत वस्तु उद्योग व्यापार तथा कृषि पैदावार समेत मासेर पश्चिमाबाट आयात गर्दछन् । यस्तो शासनलाई लोकतन्त्र भनिन्छ, त्यो प्राच्यभूमिमा मिल्दैन, पच्दैन । यहाँ त प्रजातन्त्र नै चाहिन्छ । 

       प्रजातन्त्रले बैदिक समाजबाद पद्धति अपनाउँछ । त्यसमा सर्वेभवस्तु सुखिन खर्बे शन्तु निरामयाको दर्शन हुन्छ । बसुधैवम् कुटुम्वकमको मूलनीति हुन्छ । त्यन त्यक्तेन भूञ्जितको आदर्श नीति हुन्छ । कसैले आफुलाई चाहिनेभन्दा बढी संग्रह गर्दैनन् । बचेको जति जोसँग छैन उसैलाई दान दिन्छन्, स्वास्थ्य र शिक्षा संस्थाहरु, पाटी पौवा, पुल र घाटहरु बनाएर खर्चन्छन् । सबै सेवाका कामको प्रशंसा खोज्दैनन् । किनकि हरेक कर्मको लेखाजोखा गर्ने काम चित्रगुप्तले गर्दछ र त्यो अभिलेख हेरेर दर्गाहामा लेनदेन हुन्छ भन्ने विश्वास गर्दछन् । त्यसकारण अनाचार अत्याचार, घुषखोरी, कालाबजारी जस्ता काम समाजमा हुँदैनन् । समाजका हरेक कर्मलाई यसरी विभाजन गरिएको हुन्छ जहाँ व्यक्तिले चाहे अनुसार कर्म गर्दछ । यस्ता कर्मले समाजलाई अन्तरजीवीय र अन्तरनिर्भर बनाएको हुन्छ । यी कामले हरेक समाजमा हरेक देशमा अनेकतामा एकता हुन्छ । त्यसैले पूर्वले कहिल्यै दुःख र अशान्तिको अनुभुत गर्दैन । आज पूर्वको अवशेष नेपालमात्र हो । 

       आज हाम्रो संस्कारमा बैदिक र प्रयोगमा आयातित पश्चिमा भएर मुलुक संकटमा फंसेको छ । त्यसकारण अब नेपाली पुरै इसाई संस्कार अपनाउने वा प्राच्यको हाम्रो यथार्थ बुझेर पुनस्र्थापन गर्न तिर लाग्नु परेको अवस्था छ । आत्मा सबैमा हुन्छ र आत्मा समान हुन्छ भन्ने शिक्षामा समावेश गरेर पुनस्र्थापन गर्नु परेको छ । अत्यथा विश्व माथि उठ्दै जान्छ नेपाल जाहिँको त्यही रहने छ । 

      पश्चिमाले भारतबर्षलाई इण्डिया भने । आजको इण्डिया भारतबर्ष जम्बुद्धीप, आर्याब्रत, भरतखण्ड या भारतभूमि केही पनि छैन । इण्डिया लामो समयसम्म मुसलमानहरु, फ्रान्सेली, पुर्तगीहरु र अङ्गेजको गुलाम भएर बस्यो । इण्डिया स्वतन्त्र भएपछि पनि भारत या भारतबर्ष हुन सकेको छैन । बरु पाकिस्तान अलग्गिएपछि मुसलमानले हिन्दुस्तान भन्नथाले तर भारत कानुन, नियम र संस्कारले अझै स्वतन्त्र भएको छैन भन्दा हुन्छ । यस विषयमा भारतको न्यायलयसमेतले प्रश्न उठाइ सकेको छ । भारत स्वतन्त्र भएको ८० बर्ष भएपनि बैदिक परम्पराबाट मनाउने समारोह समेत मनाउन सकेको छैन । शिक्षा, स्वास्थ्य, वैदिक शासन व्यवस्था, संस्कृतभाषा आदि उत्थान गर्न सकेको छैन । किनकि यस्ले पौरस्त्य संस्कार बिर्सिसकेको छ । ५०–५५ नयाँ पीँढी जन्मिसकेको छन् । तिनले अपनत्व भुलिसेका छन् तिनले वेददेखि चाणक्यसम्मका सूत्र जानेका छैनन् तर डार्बिन, प्लेटो, मेकाउलेका विचार जति अशुद्ध भएपनि घोकि रहेका छन् । 

       जुन देशले आफ्नो स्वतन्त्रता गुमाउँछ उसले सर्वस्व गुमाएको हुन्छ । भारतले स्वतन्त्रता मात्र गुमाएन यसले त गुलाम बनाउने मुलुकका अवाञ्छित र अपसंस्कार रुढी अपनाएर आफ्नो मोलिकता विर्सिसकेको छ । गणितशास्त पनि विर्सिसकेकोछ । आजकाल त यस मुलुकले अँगालेका संस्कार मध्ये कुन पाश्चात्य हो कुन प्राच्य हो त्यो छुट्याउन नै नसकिने भएको छ । गलत त के हो भने किन र कसरी गोराहरुले जे भने, त्यसैलाई राम्रो मानेर चूपचाप स्वीकार गर्दे आएका छन् । यति लामो पुस्तासम्म गलत प्रति पनि अभ्यस्त हुनु स्वाभाविक हो । कैयौं पटक अङ्ग्रेजले “इन्डियन” भन्दा पनि सम्मान हो भन्ठाने । अङ्ग्रेजका सबै चिज विज्ञानसंगत हुन् र प्राच्यका सबै रुढीबादी हुन् भनियो, त्यसलाई पनि सत्य मानियो । कतिपय प्राच्यका सबै रुढीबादी हुन् भनियो, त्यसलाई पनि सत्य मानियो । कतिपय प्राच्यका विज्ञान र आविष्कारका कुरालाई गोराका उत्कृष्ट आविष्कार भनियो त्यसलाई पनि नकेलाईकन सही मानियो । यस्ता हजारौं गलत कुरालाई भारतले सर माउन्टबेटमबाट स्वीकार ग¥यो । सायद त्यही गोलमटोललाई नेहरु डक्ट्राइन भनिन्छ ।