काठमाडौं – नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएकै कारणले प्रकृति तथा संकृतिको अध्ययन गर्न, मनोरञ्जन गर्न, पदयात्रा गर्न, जलयात्रा गर्न, हिमाल आरोहण गर्न, हिमश्रृङखलाको दृष्यावलोकन गर्न, वन्जिजम्प गर्न, प्यारागलाइडिङ गर्न तथा प्राकृतिक सुन्दरतालाई दृष्यअवलोकन गर्नको लागि पर्यटकहरु यहाँ यात्रा गर्ने गर्दछन् । 

त्यसैले पर्यटन व्यवसायलाई नेपाली अर्थतन्त्रको बलियो आधार मानिएको छ । यस व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महिलाहरुको पनि सहभागिता रहदै आएको छ । नेपालको पर्यटन व्यवसाय अन्र्तगत अधिकांश महिलाहरु हिमाली पर्यटनमा सहाभागि भएको पाईन्छ । नेपाली समाज हिन्दु धर्ममा आधारीत पितृसत्तामक समाज हो । 

जहाँ महिलाहरु दमन, शोषण र भेदभावको सिकार बन्न पुगेका छन् । नेपाली महिलाहरु शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा पछाडि परेका छन्। महिलाहरु क्षमताको विकास नहुने कार्य, अनुत्पादक कार्य तथा बालबच्चाको पालन पोषणमै सिमित छन् । नेपाली महिलाहरु घर बाह्रिका कामकाजमा सक्रिय हुने वातावरण अझैसम्म पनि तयार हुन सकेको छैन् । 

यस्तो अवस्थामा पर्यटन व्यवसायमा सहभागि महिलालाई समाजले अनेक टिकाटिप्पणी गर्ने गरेका पाईन्छ । पर्यटन व्यवसाय पनि महिलाले समाजमा जस्तै लैङ्गिक भुमिका निर्वाह छ गर्नुपर्ने हुन्छ । नेपालको पर्यटन व्यवसायको माथिल्लो तहमा पुरुषको बाहुल्यता रहेको छ । यस व्यवसायमा अझसम्म दक्ष महिला जनशक्तिको कमि रहेको छ । 

केही महिलाले तल्लो स्तरका काम जस्तै: मसाज सेन्टर, डान्स बार, क्यान्टिन रेष्टुरेण्टमा काम गरेको विषयलाई लिएर समग्र पर्यटन व्यवसायमा सहभागि महिलालाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने गरेको पाईन्छ । महिला प्रतिको समाजको यो दृष्टिकोणले गर्दा यस व्यवसायमा प्रवेश गर्न महिलाले अलि बढि सतर्कता अपनाउने हुदा यसमा महिलाको सहभागिता न्युन भएको पाइन्छ । 

तर पनि केहि महिलाहरु पर्यटन व्यवसायमा सहभागि भएर आफ्नो छुट्टै्र व्यक्तित्व र पहिचान बनाउन सफल भएका छन् । केही महिलाले यस व्यवसाय बाटनै जिविका निर्वाह गरेका छन्, आत्मनिर्भर बन्न सकेका छन् । नेपालका काठमाडौं, पोखरा, सौराहा, सगरमाथा क्षेत्र, मुक्तिनाथ क्षेत्र दामन आदि जस्ता प्रमुख पर्यटकिय गन्तव्य पछि उदयिमान गन्तव्यको रुपमा प्रदेश नंवर चारको प्रवेशद्धार वर्दघाट सुस्ता पूर्व नवलपरासी जिल्लाको कावासोती नगरपालिकाको वडा नं १५ अन्तरगत पर्ने अमलटारी, शेरगञ्ज, वाघखोर जस्ता क्षेत्रका होटल, लज, रेष्टुरेन्ट व्यवसायी, गृहवास संचालक तथा यस्ता क्षेत्रमा काम गर्ने पर्यटन व्यवसायमा सहभागि महिलाहरुको सामाजिक–आर्थिक अवस्थाको अध्ययन गर्न, उनिहरुका मुख्य समस्याहरु पत्ता लगाउन तथा उनिहरुको जिवन स्तरमा आएको परिवर्तनको अध्ययन गर्न अति आवश्यक महशुस गर्नुपर्ने देखिन्छ जस्तै,

१. के यो व्यवसायले महिलाहरुलाई आत्मनिर्भर बनाउन सकेको छ ? 
२. के यो व्यवसायले महिलाहरुको जिवनस्तरमा परिवर्तन ल्याएको छ ? 
३. के यो व्यवसायले महिलाहरुले भोगिरहेको बेरोजगारी समसयालाई कम गर्न सकेको छ ? 
४. के यो व्यवसायमा महिलाहरु सन्तुष्ट छन्? के यो व्यवसायले विश्वव्यापी रुपमा प्रभाव पारेको छ ? 
५. के यो व्यवसायमा महिलाहरुले लैङ्गिक विभेदित समस्याहरु भोग्नु परेको छ ? 

समाजमा पुरुषको तुलनामा महिलाहरुको अवस्था निकै दयनिय रहेको छ । समाजले महिला र पुरुषलाई भिन्ना भिन्नै भूमिका निर्वाह गर्ने बाध्य बनाएको छ । यस्ता लैङ्गिक असमानताका लक्षणहरु हाम्रो देशमा मात्र नभई विश्वमा प्राय: सबै देशहरुमा पाईन्छ । 

लैङ्गिक समानताको सवालले घर परिवारका साथसाथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा महत्व राख्दछ । त्यसैले लैङ्गिक समानताका लागि अध्ययन गर्नु अति आवश्यक छ । लैङ्गिक समानताको सबैभन्दा ठुलो महत्व समाजमा लैङ्गिक असमानताको खोजि गर्नु्, पहिचान गर्नु, र त्यसको समाधान गर्नु पर्ने देखिन्छ । तर नेपालमा गरीएका लैङ्गिक अध्ययनहरु विविन्न सिमामा बाँधिएर गरीएका छन् । यसरी सतहमा गरीने अध्ययनले लैङ्गिक असमानतालाई उजागर गर्न कोशिस गरेता पनि त्यसको समाधानको वाटो पहिल्याउन कठिन हुन्छ । 

त्यस कारण लैङ्गिक दृष्टिकोणबाट लैङ्गिक सवालहरुलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सकिन्छ । पर्यटन व्यवसाय मार्फत महिलाहरुपनि आय आर्जनको क्रियाकलापमा सहभागिता जनाएका छन् भन्ने देखाउनुमा यो अध्ययन गरेर सार्थकमा पुराए राम्रो हुने थियो । त्यसै गरी पर्यटन व्यवसायबाट महिलाहरुको जिजनमा परिवर्तन आएको छ की छैन ? महिलाका लागि यस यस व्यवसायले कत्तिको उपलब्धीमूलक छ र यस व्यवसायमा महिलाहरुले कस्ता खालका समस्याहरु भोग्नु परेको छ भन्ने पत्ता लगाउनमा नित्यान्त आवश्यक छ । साथै यस व्यवसाय सम्बन्धी अध्ययन अनुशन्धान गर्न चाहिने नीति निर्माता, सहकारी÷गैरसरकारी संस्थालाई समेत यस प्रकारको अनुशन्धान गरी यसबारे सहयोगी भुमीका खेल्नु पर्ने आवश्यक देखिन्छ ।