– अगन शिंह थापा

काठमाडौं – डा. रामप्रसाद पोख्रेल नेपालका आँखा चिकित्सा क्षेत्रका जाज्वल्यमान नक्षेत्र हुन् । यस क्षेत्रमा उनको योगदान अथाह छ । अद्दितीय छ । उनको जीवन चिन्तन नै तमस्बाट ज्योतिर्गमतको यात्रा हो । जुन अर्थपूर्ण यात्राले मानवजातिलाई ज्योति प्रदान गरेर उज्यालो संसार दिएको छ । वास्तवमा नेपालका आँखा चिकित्सा क्षेत्रमा उनको व्यक्तित्व ज्योतिको पर्यायको रुपमा स्थापित छ । व्यक्तिसत्ताबाट माथि उठेर संस्था बनेका उदारमना व्यक्ति हुन्, डा. रामप्रसाद पोख्रेल । 

पोख्रेल जीवनमा कहिल्यै कर्मले फुर्किएनन् । सम्पत्तिले मात्तिएनन् । र विपतमा आत्तिएनन् । बरु उनले आफुलाई नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघको स्थापना, सम्बर्द्धन र प्रवर्द्धनमा समर्पित गरे । लामो समय बेलायतका आँखा अस्पतालमा रहेर ज्ञान आर्जन गरे । तर आफ्नो सुकर्मको बलले नेपा आमाको मुहार हसिलो पार्ने सपना देखे । जुन सपना पूरा गर्न बेलायत जस्तो सुविधासम्पन्न देश त्यागेर ज्योतिर्गमयको कठिन तर परोपकारी यात्रालाई सहर्ष रोजे । कर्ममार्गका उचित संरचनालाई आत्मसात गरि अन्धोपनको निवारणमा आफुलाई क्रियाशील गराए । 

आँखा स्वास्थ्य योजनाको खाका मात्र तयार पारेनन् । आँखाका विशेषज्ञसमक्ष आँखा स्वास्थ्य उपचारको स्थिति, चुनौती र यसको समाधान विषयमा आफ्ना स्पष्ट धारणा राखे । त्यही धारणामा छलफलपछि आँखा स्वास्थ्यसंग सम्बद्ध व्यक्तिहरू तथा गैरसरकारी स्तरबाट आँखा अस्पताल स्थापना गर्ने टुंगो लाग्यो । जसको नेतृत्व  डा. पोख्रेललाई प्राप्त भयो । २०३१ सालमा स्वास्थ्यसेवा विभागको सहमतिमा गैरसरकारी आँखा अस्पतालको स्थापना भयो । नेपालको गैरसरकारी आँखा अस्पतालको इतिहासको आरम्भबिन्दुको रूपमा । “आँखा बा“को नामबाट समेत सुपरिचित  डा. रामप्रसाद पोख्रेलले नेपालमा आँखा अस्पतालको थालनी शून्य अवस्थाबाट गरेका हुन् । त्रिपुरेश्वर, काठमाडौ स्थित धर्मशालाको एक कोठामा स्थापित आँखा अस्पताललाई पोख्रेलले आफ्नै घरका फर्निचर र बेलायतबाट फर्कदा आफ्नो निजी प्रयोजनका लागि ल्याएका ८ हजार पाउण्ड बराबरका आँखा सम्बन्धि उपकरण दान दिए र बिना पारिश्रमिक आँखाको उपचार सुरु गरे । यसरी डा.  पोख्रेलले नेपालमा गैरसरकारी स्तरबाट आँखा अस्पतालको स्थापना गरे ।

गैरसरकारी स्तरबाट संचालित आँखा अस्पतालले काठमाडौ उपत्यका सर्वसाधारणदेखि घरनिया व्यक्तिलाई राम्रो सुबिधा गरायो । यत्तिमा मात्र सन्तुष्ट के हुन्थे डा. पोख्रेलले काठमाडौ बाहिरका जनतालाई तरिकाले कसरी आँखाको सेवा उपलब्ध गराउन सकिन्छ र मोतीबिन्दु, आँखाको खस्रे रोग जस्ता अन्धोपनको अवस्था र कृषिजन्य सङ्क्रमणको बोझ हटाउन सकिन्छ भन्ने कुरामा पोख्रेल चिन्तन गरे । काठमाडौ बाहिरका सर्वसाधारण जनताको अन्धोपन निवारण गर्नको लागि नेपाल नेत्रज्योति संघको स्थापना गरे । काठमाडौ बाहिर पनि २०३८ मा अन्धोपन सम्बन्धि पूर्वसर्वेक्षण र का सर्वसाधारण जनताको २०३७÷०३८ मा राष्ट्रिय अन्धोपन  अन्धोपन सर्वेक्षणको कार्य गरे । जुन सर्वेक्षण नेपालमा मात्र होइन । संसारमै पहिलो थियोे । 

"अहिले एशियाको मात्र होइन । संसरकै सस्तो र राम्रो भएको छ अहिले नेपालको आँखा उपचार । सरकारीमा त निःशुल्क नै छ । त्यसैले पनि भारत लगायत बिदेशी मुलुकबाट यहाँ ओइरिने क्रम बढ्दो छ ।"

व्यक्तिगत लगनशीलता, संस्थागात एकत्व, पेसागत निष्ठामा समर्पित रही पोख्रेलले नेपालको आँखा उपचारको अभियानलाई सार्थक पार्न नेपालको विभिन्न ठाउँमा आँखा अस्पतालको स्थापना गरे । स्तरोन्नतिमा समर्पित रहे । आज नेपालका हिमाल, पहाड र तराईका सर्वसाधारण नेपालीले डा. पोख्रेललाई ’आँखा बा’ भनेर सम्बोधन गर्छन् । नेपाली जनमानसमा डा. पोख्रेललाई ’आँखा बा’ का नामले सुपरिचित छन् । पोख्रेल जीवनमा अहम् र घमण्डको उन्मादमा आएनन् । तडकभडक, रवाफ, म र मेरोमा बचेनन् । सट्टामा परोपकार, सेवा, समर्पण, हामी र हाम्रोमा रमाए । पोख्रेलले जीवनमा जे जति काम  गरे, केवल सर्वसाधारण नेपालीका लागि गरे । आफ्नो हितभन्दा धेरै माथि उठेर राष्ट्रको लागि गरे । 

नेपालमा आँखा अस्पतालको र  नेत्रज्योति संघको स्थापना र संचालनमा डा. पोख्रेल राष्ट्रिय र अन्तरास्ट्रिय संघसंस्था र व्यक्तिहरूका बीच सुमधुर सम्बन्ध स्थापित गरि नेपालको अन्धोपन निवारणजा लागि योजनाबद्ध ढंगमा आर्थिक सहयोग जुटाउन सफल रहे । पोख्रेलकै दूरदृष्टिकै कारण नेपालमा नेपाल नेत्रज्योति संघ, स्थानीय समुदाय, नेपाल सरकार विश्व स्वास्थ्य संगठनले अन्धोपन निवारण र नियन्त्रण  कार्यक्रम संयुक्त रुपमा संचालन गरिरहेका छन् । पोख्रेलको सक्रिय सहयोगमा नेपाल अधिराज्यभरका सबै प्रदेश/जिल्लामा आँखा अस्पताल संचालन र जिल्ला प्राथमिक आँखा सेवा केन्द्र निर्माण भएका छन् । काठमाडौ बाहिर १८, काठमाडौमा ४ आँखा अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालमा एक एक आँखा विभाग स्थापना भएका छन् ।

ती सबैमा प्रत्यक्ष–परोक्ष कुनै  न कुनै रुपमा डा. पोख्रेलको योगदान रहेको छ । नेपालको नेत्र स्वास्थ्य क्षेत्रमा काम गर्ने विशेषज्ञ र प्यारामेडिकल समूह तयार गर्नमा पोख्रेलको विशेष भूमिका रहेको छ । उनले धनकुटाको आफ्नो पैत्रिक सम्पत्ति धनकुटा आँखा अस्पताललाई दान गरेका छन् । यही दान रकमले धनकुटामा “डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल“ निर्माण भइ संचालनमा आएको छ । पोख्रेलले आँखा अस्पतालमा दक्ष जनशक्तिका लागि ३०३१ देखि २०३५ को बीचमा विश्व स्वास्थ्य संगठन र अल इन्डिया ईन्स्टिच्यट अफ मेडिकल साइन्स अन्तर्गत तीनवर्षे स्नातकोत्तर तालिमका लागि १८ जनालाई नयाँ दिल्ली, ८ जनालाई कस्तुरबा मेडिकल कलेज मणिपाल र ६ जनालाई “पिजीआइ“ चण्डिगढमा पठाउने व्यवस्था मिलाए । स्विस रेडक्रसले चण्डिगढका विध्यार्थीलाई र अपरेसन आइसाइट उनिभर्सल “ओईयु“ क्यानडाले मणिपाल विध्यार्थीलाई अध्ययनमा सहयोग गरेको थियो ।

जबसम्म दक्ष जनशक्ति उपलब्ध हुदैन, तबसम्म स्तरीय स्वास्थ्य संस्था बन्न सक्दैन भन्ने कुराको सम्यक जानकारी डा. पोख्रेललाई थियो । नेपालको आँखा अस्पताललाई सक्षम बनाउन आँखा अस्पतालमा कार्यरत डाक्टरहरूलाई बृटिश काउन्सिलको माध्यमबाट थप शिक्षाका अवसरका साथै नेपाल आँखा अस्पताललाई व्यवस्थित गर्न पोखरेल दक्ष जनशक्तिको व्यवस्था गरे । यहि मेसोमा विश्वविख्यात डा. सन्दुक रुइतलाई  सुरुमा भारत र जापानको तालिममा सहभागी पोख्रलले नै गराएका थिए ।