– सदगुरु
काठमाडौं – जिवनका धेरै परिभाषा हुन सक्छ्न तर जैविक रूपमा कुनै पनि प्राणिको जन्म देखि मृत्यु का बीचको अवधि नैं ’जीवन’ कहलाउँछ । तर हाम्रो जन्म के हाम्रो इच्छाबाट हुन्छ ? हुँदैन, यो त प्रजनन प्रक्रिया को परिणाम हुन्छ जो प्रकृतिका नियमका अन्तर्गत हो । यसका अतिरिक्त जीवनको मुख्य अङ्ग एउटा चेतन तत्त्व छ जो जीवनको सबै क्रियाहरूको साक्षी हुन्छ । जीवन एउटा सुन्दर प्राकृतिक अवसर हो । हामी चाहेर जन्मेका हुदैनौं, नचाहेर पनि जन्मदैनौं, चाहदा जन्मदैनौँ । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो । आविष्कार हो । प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो । उपहार हो । जन्मपछि जीवन प्रारम्भ हुन्छ । रजनिस ओशो भन्छ्न्, जन्म त पाइन्छ तर जीवनलाई भने खोज्नु पर्दछ । जीवनको खोजी गर्नु एउटा कला हो । यसको अर्थ जिउनु अर्थात भोग्नुमा हुन्छ । यसको कुनै परिभाषा हुदैन् । भोगाइको के परिभाषा हुनु । यो यसै हुन्छ । त्यसै हुन्छ । जे छ, हुन्छ र हुनेछ त्यो नै सार्थकता हो ।
तपाईं जीवनको बारेमा यसरी कुरा गरिरहनु भएको छ कि मानौँ यो तपाईंबाट बाहिर छ । तपाईं स्वयं जीवन हो । तर विचार, भावना, धारणा, विचारधारा, सिद्धान्तहरू, धर्म र पूर्वाग्रहहरूको मुस्लोले तपाईंलाई यस हदसम्म छोपिदिएको छ कि यो मनोवैज्ञानिक नाटकले जीवनको प्रक्रियालाई नै पूरै ओझेलमा पारिदिएको छ, महत्त्वहीन बनाइदिएको छ । र आज, अधिकांश मानिसहरूको सन्दर्भमा, जब उनीहरू “मेरो जीवन“ भन्छन्, हामीले यो बुझ्नुपर्ने भएको छ कि उनीहरू आफ्नो जागिर, आफ्नो व्यापार–व्यवसाय, आफ्नो परिवार, आफ्नो कार, आफ्नो सम्पत्ति, आफ्नो पार्टीको बारेमा कुरा गरिरहेका हुन्छन्; उनीहरू स्वयं जीवन हुन्, तर त्यसको बारेमा कुरा गरिरहेका हुँदैनन् ।
तपाईं जीवन हो र यतिखेर तपाईं जीवित हुनुहुन्छ— यसैकारण, यी सबै सहायक वस्तुहरूले केही अर्थ राखेका छन् । तपाईं जीवित हुनु भएकोले मात्रै तपाईंको जागिर, तपाईंको गाडी, तपाईंको घर, तपाईंका सम्बन्धहरूले केही अर्थ राखेका छन् । तपाईं जे लगाउनु हुन्छ, जे बोल्नुहुन्छ, तपाईं जे–जति कुराहरूमा संलग्न वा सम्बद्ध हुनुहुन्छ— यी सबैथोकले यसकारण मात्र महत्त्व राख्छन्, किनकि तपाईं जीवित हुनुहुन्छ । सबैभन्दा मूलभूत कुरा के हो भने, तपाईं जीवन हो । तर, तपाईंको मनको नाटक जीवनको प्रक्रियाभन्दा पनि विशाल भएको छ । युरोपमा यो ठुलो गल्ती गरिएको थियो, जुन अहिले पूरै विश्वले आत्मसात् गरेको छ । कुनै न कुनै तरिकाले, हामीले आफ्नो विचारलाई बढी महत्त्व दिन थाल्यौँ, न कि जीवनलाई । र, यो यस हदसम्म पुगेको छ कि कसैले यो भन्ने दुस्साहस गरे— “म सोच्दछु, त्यसैले मेरो अस्तित्व छ ।“
तपाईंको विचार सफ्टवेयर जस्तै हो । तपाईंले जस्तो प्रकारको जानकारीहरू लिनुभएको छ, तपाईंका विचारहरू सोहीअनुरूप हुन्छन् । वास्तवमा, तपाईं एउटा जीवन हो, जसमा त्यो सफ्टवेयर रहेको हुन्छ; तपाईं त्यो सफ्टवेयरको उपज होइन । तर अहिले, अरू सबैथोकको तुलनामा तपाईंका विचारहरू विशाल भएका छन् । यही कारणले गर्दा तपाईं मलाई “जीवन के हो ?“ भनेर सोधिरहनु भएको छ । म तपाईंलाई यो स्मरण गराइरहेको छु कि तपाईं स्वयं जीवन हो । तपाईंले आफ्नो जीवनको बारेमा मलाई किन सोध्नु परÞ्यो ? यदि तपाईं मलाई अहिले भारतको मौसम कस्तो छ भनेर सोध्न चाहनुहुन्छ भने, हामी त्यसबारे चर्चा गर्न सक्छौँ, त्यो एउटा सान्दर्भकि वार्तालाप हो । तर, जब तपाईं मलाई “जीवनको अर्थ के हो ?“ भनेर सोध्नुहुन्छ— जबकि, तपाईं स्वयं जीवन हो— तब हामीले तपाईंलाई कथा बनाएर भन्नुपर्ने हुन्छ । म यसलाई कथा भनिरहेको छु, किनकी यदि मैले तपाईंको अनुभवमा नआइसकेको कुराको बारेमा बोलेँ भने, त्यो कुरा तपाईंको लागि एउटा कथामा मात्रै सीमित रहनेछ । यदि तपाईंलाई कथा मन परÞ्यो भने, तपाईं त्यसलाई पत्याउनु हुन्छ । यदि तपाईंलाई कथा मन परेन भने, तपाईंलाई पत्यार लाग्दैन । तर, के तपाईंले पत्याउनु भयो भने, त्यो साँचो बन्ने हो र ? के तपाईंले नपत्याउँदैमा त्यो साँचो बन्ने हो र ? दुवै तरिकाले तपाईं सत्यसम्म पुग्नुहुन्न ।
हरेक मानिसका इच्छा हुन्छन् । रोजाइ हुन्छन् । इच्छा र रोजाइलाई स्वयंले गहिरिएर हेर्ने, शुद्धीकरण गर्ने, मूल्यवान र अर्थपूर्ण बनाउने हो भने शरीर, मन र आत्मा संयोजनमा संयुक्त शक्ति लिएर पूर्ति गर्न लागि पर्छ । कुनै बाध्यताको आभास हुदैन् । त्यो उसको डेस्टिनी बन्छ । चाहना र रोजाईको काममा थकाइ हुन्न । कामैबाट खुशी, आराम र मनोरञ्जन पाउँछ । जब काम पूजा र आराधना बन्छ । त्यही आनन्द पाउँछ । त्यही काम बाध्यतावस गर्नु प¥यो भने चैन भाग्छ । जीवनलाई बाध्यात्मक ठानेर बेअर्थी बनाउने कि रोजाइ अनुसारको बाँचेर अर्थपूर्ण बनाउने आफ्नै हातमा हुन्छ तर जीवन स्वयं भने ईश्वरको हातमा हुन्छ जुन भाग्यवस अहिले हामीले पाएका छौं । लाखौं र करोडौं मध्ये एकलाई प्राप्त हुन्छ । जो अहिले हामीलाई सुन्दर अवसर प्राप्त छ ।
भनिन्छ, शरीर बूढो हुँदै जान्छ । मन अझ परिपक्व हुँदै जान्छ । कहिल्यै बूढो हुदै – मन । असीमित शक्ति मनसँग हुन्छ । जति भोग्दै गयो त्यति बुझ्दै गयो, जीवन झन झन अर्थपूर्ण र मूल्यवान हुँदै जान्छ। मर्ने बेलामा त जीवनको मूल्य चुलिएर सगरमाथामा बन्छ । थोरै बाताबरणले र बाँकी सबै मन र मस्तिष्कले जीवनलाई कसरी लिने र चलाउने भन्ने निर्धारण गर्छ । मानिसका आ आफ्ना बुझाइ र भोगाइ हुन्छन् । यस्तो फरकपन हुनु नै मान्छे हुनु हो । यात्रा आफैं गर्नुपर्छ । यात्री त कतिबेला बाटो बन्नुपर्छ । त्यसमा पनि बाटोहरु अलग अलग हुनसक्छन् तर गन्तव्य एउटै छ । आखिर सबैको जीवनको यात्रा असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, असफलताबाट सफलता तर्फ, अंशबाट पूर्णतातर्फ र मृत्युबाट अमरतातर्फको नै हो र हुनुपर्छ । हामीलाई जीवनको बाध्यताले होइन् रोजाइले नै यी प्रक्रियाहरु तर्फ धकेल्छ ।
हामी रोज्छौं एउटा, चाहान्छौं एउटा तर अर्कै पायौं जस्तो लाग्छ । अल्पकालमा यस्तो लागेको भए पनि दीर्घकालनमा त्यो पाएरै छाड्छौं । अन्ततः आकर्षणको नियम लागू भएरै छाड्छ । तर गर्नु पर्ने मूल कुरा हो– नियमपूर्वक अभ्यास, सकारात्मक सोच, पूर्ण विश्वास, मेहनत र संघर्ष । खानु पर्छ, यहाँ । पछि खाउँला भनेर अहिले रहरतिर लाग्न सकिन्न । सबै रहर र रोजाइले कहाँ खान दिन्छ र ? भन्नेहरु थुप्रै भेटिन्छन्, यहाँ । रोजाईबाट खान सकिने भए त कुरै सकियो तर धेरैको रोजाइ एकातिर गर्नुपर्ने अर्कै हुन सक्छ । खानाको जोहो गर्दा गर्दै रोजेको गर्न नपाइने हुनसक्छ त्यसैले बेलैमा ध्यान दिनु जरुरी छ ।
वर्तमानमा पल प्रतिपल आफ्नो लागि बाँच्न, डर र तनावबाट मुक्त हुन, मनका कुरा बोल्न, असलमित्र बनाउन र खुशी हुन जीवनका बाध्यताहरुबाट मुक्त हुनै पर्छ । बेलैमा आफ्नो जीवनले रोजेको बाटो हिड्नै पर्छ । पेटभरि खान, आङभरी लगाउन र बस्नको लागि छानो, मानिसको जीवनको वास्तविक रोजाइ होइन् । तर यो नहुदा रोजाइ पूरा गर्न सकिदैन् । यी कुराको जोहो गर्न कति समय लाग्छ थाहा छैन् त्यसैमा हराइन्छ कि रोजाइसम्म पुगिन्छ । समयले नै बताउछ तर कोहि महमा डुबेको झिंगो बन्छ्न् डुबी रहन चाहान्छ्न् कोहि केहिबेर रस चुसेर फेरि खोजको उडान भर्न चाहन्छ्न् । आफैमा भर पर्ने कुरा भयो । मानिसले चाह्यो भने सक्छ ।
सिग्मण्ड फ्राइडको कथन अनुसार सबैभन्दा महत्वपूर्ण दुई कुरा– काम र प्रेम गर्न सिक्ने, प्रतिष्ठित वैज्ञानिक फ्रान्सिस क्रिकको जस्तै काम गर्दा–गर्दै मर्न मन हुने,ञजे कुरा शुरु हुन्छ, त्यो टुंगिन्छ पनिझ भन्ने बोध हुने हो भने असली जीवन बाँच्न सकिन्छ। । यहाँ काम– सृजनात्मक र प्रेम– समर्पित हुने, र दुख सुख दुबै बितेर जान्छ भने तत्वज्ञानको बोध नहुदा मात्र जीवन बाध्यता बन्ने हो । जीवनको लय र कला छुट्ने हो । खुशी भएर बाँच्नु एउटा कला हो र त्यो धेरै हदसम्म आफ्नो हातमा हुन्छ भन्ने छोपिने हो । अनि धेरै मानिस खुशीको खोजीमा जीवन बिताउँछन्, आँसु हात लाग्ने हो । तर खुशी भनेको त्यसरी टाढा खोज्नुपर्ने कुरा नभएर आफ्नै वरिपरि हुन्छ र आफ्नो रोजाइको कुरा पनि हो । जब त्यो भेटिन्छ र भित्री आँखा खुल्छ अनि सुख, खुशी र आनन्द स्वयं प्रकट हुन्छ भनेर बोध हुने हो भने जीवन रोजाइ हुन्छ तर दुखको कुरा जीवन बुझ्नेले पनि शायद अन्तिममा मात्र बुझ्दा हुन् । समय सकिएपछि ।
महान ब्यक्तिहरु ओशो, बुद्ध, महावीर, कृष्ण, जीसस, सोक्रेटस, प्लेटो, अरस्तु, नित्से, आइन्स्टाइन, हकिङ, फराडे, डार्विन, फ्रायड्ले बेलैमा बुझेर रोजाईको जीवन बाँचे । समुद्रको गहिराईमा डुबेर मोति ल्याएर सबैलाई बाँडिदिए । परिणाममा हाम्रो जीवन मूल्यवान भयो । यात्रा अमरता तर्फको तय भयो । हाम्रो जीवनको सत्यको, सफलताको, पूर्णताको, उज्यालोको र अमरताको बाटो खुल्यो । अतः बेलैमा ज्ञात होस्– जीवन बाध्यता हुँदै होइन्, रोजाइ अवश्य हो । रोज्नुहोस, आनन्दले जीउनुहोस् ।


0 comment