काठमाडौं – परीक्षामा फेल भएको आक्रोसमा एक विद्यार्थीले भारतको इन्दौरस्थित बिएम कलेजको फार्मेसी विभागकी प्राचार्य विमुक्त लाई पेट्रोल छर्किएर जलाएका छन् । अहिले उनको अवस्था अवस्था गम्भीर छ ।
विमुक्त शर्मालाई एक विद्यार्थीले पेट्रोल खन्याएर आगो लगाएका हुन् । सोमबार साँझ भएको घटनामा उनको शरीरको ८० प्रतिशत भाग जलेको छ ।
भारतीय समाचार एजेन्सीले जनाइए अनुसार, कलेजको काम सकेर घर जान कार चढेलगत्तै सोमबार साँझ उनीमाथि आक्रमण भएको थियो । घटनास्थलमा उपस्थित मानिसहरूले उनलाई तत्काल अस्पताल पुर्याएका थिए । उनको शरीरको धेरै भाग जलेकाले स्वास्थ्ये अवस्था जटिल रहेको छ ।
शिक्षिकामाथि आगो लगाउने विद्यार्थी आशुतोष श्रीवास्तवले जघन्य अपराध गरेर आँफुलाई पेट्रोल छर्किएर आत्महत्या गर्ने प्रयास गरेका थिए तर स्थानीयको अवरोधका कारण उनको त्यो प्रयास भने सफल हुन सकेन । अहिले उनी प्रहरीको नियन्त्रणमा छन् ।
घटनापछि भारतको शिक्षाक्षेत्र आक्रोसित बनेको छ । प्रशासनको लापरबाहीले घटना हुन पुगेको आरोप लगाउँदै उनीहरूले यसको निन्दा गरेका छन् ।
0 comment