काठमाडौं - टर्कीमा रहेका सात जना भूकम्प पीडितको आगलागीमा परी मृत्यु भएको छ ।
गत फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पबाट बाँचेर टर्कीको मध्य शहर कोन्यामा अस्थायी आश्रयस्थलमा बस्दै आएका ७ जना सिरियालीले आगलागीमा परी ज्यान गुमाएका हुन् ।
रातको समयमा विद्युतीय हिटर वा स्टोभमा आएको खराबीका कारण आगो लागेको हुन सक्ने बताईएको छ ।
सन् २०११ मा अरब देशमा गृहयुद्ध शुरु भएदेखी लाखौं सिरियाली शरणार्थीहरू टर्कीमा बसिरहेका छन् । भर्खरै गएको भूकम्पले उनीहरूको पहिलेदेखि नै पीडादायी जीवनमा थप पीडा थपेको छ ।
फेब्रुअरी ६ को ७.७ र ७.६ म्याग्निच्युडका शक्तिशाली दुईवटा भूकम्पका कारण ४५ हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन्।
0 comment