काठमाडौं - भारतीय वायुसेनाका सुखोई–३० र मिराज २००० विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मध्य प्रदेशको मोरेनामा स्थानीय समयअनुसार बिहान साढे ५ बजे वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ । दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार विमानमा आकाशमै आगो लागेको थियो। त्यो देख्नेबित्तिकै जलिरहेको लडाकु विमान खसेको थियो । घटनास्थल नजिकै एक रेलवे स्टेशन पनि छ।
0 comment