प्रा. डा. बन्धु कोइराला बत्तिसपुतली

समाजबाद लक्ष्य रे ! 
देश गणतन्त्रको
उधारो आएको 
ल्याएको उपहारमा हेर त
यता प्रेमप्रसाद आचार्य गर्दैछन् आत्मदाह
मन थरी थरीका 
मन्त्रीहरुका थरी थरी का चाल
नागरिक हो ! 
सम्हाल है आफ्नो घर,
लुकेका छन् गद्दारहरु यत्र तत्र
लागेका छन् भाँडन देश
छन् हाँसका चाल 
बगुल्ला बथान

कौवाको गन्दा खेल तिनको
बने एकै
यिनको होइन
यी त आयातित होसियार
 यि निर्देशितहरु सँग
सत्ता र शक्तिका गोटी यी
सौखिन कुर्सीहरुका
कति मज्जा यिनलाई

पाए त बेच्छन् आमा पनि यी !
बच है बच है
यो त्यो–
 भएका नक्कली 
हिजो त बाँदर मात्र यी
अब त स्याल पनि 
यी बिभिन्न रंगमा
चटक गरिरहेका छन् –पटक पटक
नझुक्किउ तिमी हामी तिमीहरु
यिनको नक्कली पनबाट छन्
 मायावी यी छट्टू बहुरुपी चालबाट