अङ्रग्रेज गुप्तचर पक्रियेको वृतान्त सुगौलीसन्धिअघि संवत् १८६९ पौषतिरको उप्रान्त। कार्तिक सुदि ४ मा लेषन् भयाको पत्र फर्काउावदवाट कमुलवुकरक साहेवले आफ्ना षतभित्र हालि पठाई दियाको मेरो नाउको र २ काजि २ सर्दारका नाउको ३ चिठि मार्ग शदि ५ रोज ४ मा आइ पुग्यो।

मिस्त मोर किरापट् साहेव जातजातका घोडाको र साल वंन्या वाष्रा भेडाको षेज गर्ना तिमित्ये उत्तरतरफका मुलुकका गयाको थियो। साहेव मजकुरका लेषनाले मालुम भयोकि उतावाट फर्केर कंपनिका मुलुकमा आउदा गोर्षको मुलुकमा नआइ अर्को वाटो रहेनछ र सावहे मजकुर गढका मुलुक कर्नपृयागवाट कजकुरलाई कैद गरि डोरले हात गाडाहरू वाध्याछन्। दोस्तिको जगामा यस्तो वेजाय गर्नु मनासिव होईन। गढ कुह्याउको भारादारलाई लेष भनि लाठ् साहेवले भन्दा लेष्याकोछ। साहेवहरूले चर्चौ बुझ्न या अरू केहि वषेडा गर्न गयाको मालुम भयेर नेपालमा हुकुममाफिक कैद गर्‍याको भया वढियै भयो। सर्कारवाट मर्जिगयाको छैन। साहेव पनि सिरिफ माथि लेष्याका घोडाहरूका तलासमा निमित्ये मात्रै गयाको हो भन्या वेनेपालका हुकुम हामि येस मुलुकमा कसैलाई आउन दिदैनु भनि निकासि दिन्या हो। भनि लेषनु भयाका अर्थकन। भेक फेरि। गेरूवा वस्त्रको षेल हाल्याको वंदूकि ३०/३५ भरियासमेत गढ कुमाउको मूल वाटो छोडि गढको लोहवा निस्कि श्रीवद्रिका जात्रुका गोलका निस्कि श्री वद्रि न गै पैनषंड निस्की भोटको अम्मलमा गयो भनि गढका जीमिदारले वाहिरका थानेदार कम्पनिका सुवेदारछेउ भन्दा थानेदारले अंग्रेजको र हाम्रा ष्वामिन्दको येत्रो दोस्तिमा भेक फेरि मुलवाटो नगै जान्या को हो। यस्तोको त तहकित गन्र्या हो भनि भोट तरफवाट फर्कदा गढका थानेदारले तिनीहरुछेउ तिमिहरूले भेक फेरि सदर सर्कार नईतलाई तिमिले जान उचित थियेन। गयौ त पनि हामि थानेदार हो। सर्कारमा विंति गरि छोड्न्या हाम्रो धम्र्म छ। अव तिमि ञहा वस। हामि सर्कारमा विंति गरि पठाउँछौ। 

दोस्तिका राहाले सर्कारवाट पनि वेसै पाठको हुकुम आवला भनि भन्दा वहुतै तरहसंग बुझाउदा तितहेरुले नमानि आयाछन्। भोलिपल्ट वेहान साहेव मजकुरले हातमा वन्दुक लि चौकिदार सिपाहिले थामदा थामदै नमानि वलसित गै वन्दूकको कलसमेत चढाउन वन्दूकको कल समाति सिपाहिले सवैलाई समात्याछन् ठिगुरामा हाल्याछन्। साहेव मजकुरलाई वाध्याछन्। सुवेदार ताहा पुगि साहेवलाइ फोयापछि साहेव मजकुरले आफु भोट पुग्याको र फर्कि आइ तेस जग्गामा आइ वाधियाको विस्तार दोस्तिका जगामा येस्तो हुन्या होइन भनि मलाइ हिदवि चिठि र पैले भयाको विस्तार र माथि लेष्यावमोजिम् सुवेदार रत्नसिं रानाले मलाइ लेष्या (का) दुवै चिठि विजनिस् डाकमा सर्कारका चह्राइ पठाई यो कुरा सिपाहिहेरूले वजाय गर्‍या ठिगुरामा हाल्याका सिपाहिलाई षोल्नु साहेव मजकुरलाई कुम्हाउका अम्मल् पालमा ल्याई षुसिराजिसंग राषि(पा) लिमा आया पछी मुष म आउला नभया छोरालाइ पठाउला भनि ञाहावाट जमादारलाई पठायाथ्या २ जमादार वाहा पुगि ठिगुरा प (रे)का लाई फोइ असवाप् सवै उन्का सपुर्त गरि कुम्हाउको अम्मल्मा ल्याउदा १ पैले तारिष माह सतंवर सन् १८१२ इसविमा लेषीयाको वरेलिवाट हाकनिस साहेवले डाकटर मोर किरापट् साहेव घोडाको षरिद गर्न र सैर गर्न भोटतरफ गयाका कप्तान हासि साहेव पनि गया हो। ति फिर्दा दोस्तिका साहाले बहुतै संभारसित सिवानासंम पुर्‍याइदिनु भनि लेषि पठायाको षत आश्विन वदि ८ मितिमा इहां आउदा भेक फेरि छपिकन गया भनि अघि षवर आयाको त फलाना फल्ना साहेव रह्याछन् भनि सर्कारमा अर्जि लेषि विजनिससमेत चह्राइपठायाथ्या। साहेव मजकुर कुम्हाउका अम्मल्या आया भंन्या षवर आउदा छोरालाई पठाउन्या वषत्मा सर्कारवाट हाकिनिस साहेवको षत विजनिस चह्राइ पठायाको प्रतिउत्तर मोहरमा साहेवान अंगरेजको र हाम्रो सर्कारवाट हाकिनिस साहेवको षत विजनिस चह्राइ पठायाको प्रतिउत्तर मोहरमा साहेवान अंगरेजको र हाम्रो …। 

देषिको दोस्तिमा नइतलाई भेक भेरि जान्या उचित् होइन। अव आजदेषि यस्तो काम नगर्नु भनि संझाई चेताइ असवाषसमेत अंरेजको मुलुकमा पठाइदिनु पठायाथ्या। छोरा पाली पुगी साहेव मजकुरसित… भेट गरि दोस्तिको जगामा सदर सर्कार नईतलाई भेक फेरि जान्या तम्रो पनि उचित् होईन मुष्ये जानैमा पनि इतलायकन जान्याहो। भोटवाट फिर्‍यापछि हामि येस कामलाई गयाथ्युं। फलाना ठाउमा आइपुग्यु। मुष्ये सकार्रमा र तत्पर चौत्रीयालाई लेषयाको भया पनि येस्तो हुन्या थीयेन। चौकिदार सिपाहिले पनि विनासर्कारको हुकुम वाधन्या काम गर्‍याको बहुतै वेमुनासिफको छ। हामि सासना गर्छौ भन्दा साहेवले अव ज्या हुनु भयो सासना गर्नु पर्दैन भन्दा अ‍ैले तिमिले इन्को सासना गनर्गु भन्यौ त पनि सदर सर्कारवाट इको सासना हुन्यैछ भनि सश्रेष्टाचार गरि साथको असवापसमेत् रस्तामा सह्यार संभारसित सिवानासम्म पुर्‍याउनु भनि २ जमादार सिपाहि गैह्रलाई पठाई छोरा ञाहा आयोथ्यो। सिवाना पुग्यापछि २ जमादारलाई कासिपुरसम्म जानुपर्छ भनि लैगि काशीपुरवाट विदा गरि पठायेछन्। सहेव मजकुर कासिपुर पुग्यापछि मेहचौरवाट साहेव मजकुरले र सुवेदार रत्नसिं रानाले मलाई लेष्याको चिठि विजनिस र अर्जि सर्कारमा चह्राइ पठायाको प्रतिउत्तर हुकुम आइपुग्यो दोस्तिको जगामा भेक छपाइ जान्या काम वेजाय हो छिपि भेक वदलि जान्या आउन्यालाई थानेदार चौकिदारले (का) हि थुनन्या रोकन्या मुनासिफै हो अघि जादा हामिले थाहा नपाई गयाथ्यौं त पनी अव त सर्कारमा विना ईतलाइ जान हुँदैन भनि चौकिमा रहन्या सिपाहिले भन्दा नमानि वल गरि वन्दुकसमेत् तयार गरि जान्या होईन दोस्तिमा उनवाट तेस्तो काम गर्‍या त पनि हामिवाट दोस्तिसिवाय दोश्रो वात गर्नु छैन। रोकन्या काममात्र हो। पक्रन्या काम चौकिदारले वेजाय गर्‍याछन्। अंरेज साहेवहेरूलाई असवाष षुसिसाथ जानेदेउ। चौकिमा रहन्या सिपाहिलाई पक्रि वेडि हालि हाम्रा हजुरमा पठाइदेउ भंन्या हुकुम आउदा हुकुमवमोजिम वेडि हालि पठायौं ताहा पनि इ कुरा पर्‍या भन्या सोहि। पाठको कुरा गर्नु भया बढिया होला शुभम् –