स्वस्ति श्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्सादिविविधविरूदावलिविराजमानमानोन्नतश्रीमन्महाराजाधिराज श्री श्री श्री महाराजे पृथ्वीनारायणसाहबहादुरसम्सेर्जदेवानाम् सदा समरविजयिनाम्…

स्वास्ति श्री राजभारासामर्थ श्रीकालु षंडका के आसिष पूर्वक पत्रमिदं. ञहा ञांहांको समाचार भलो छ. उप्रान्त पत्र. आयो अर्थ मालुम भयो. तेताः पारि. तिरको. षवर लेषिछस्. सुन्युं. सुरविरसेन् त. सौंपुर. छन् भंन्थ्या वांगिरहमहा कहिले आया. त्यो. षवर त. सांचा जस्तोलागेन. विसेद गरि वुझ. उप्रान्त गोटा २ डुंगा.फोर्न त. अभेक पर्‍याको छ. हवैन भनि लेषि छस्. षोकिला महां रांभा. लुकाइकन. रातमहा जायेर. दुइकप्ट्यारा गरिकन फिरी आउन त. होला. तस्कारा. रुपैया १०।१२ षर्च दि कन पनि. मानिस पठा र. फोरी आंउन. रुपैया. मुजुरा. पारि दिउला. वाँकी कास्किवाट आउन्या. सिंहथापा अचलथापा को कुरो लेषिछस् सुन्यु. केवल. उतारित वोलछ त. पक्रनु पनि परला त्यो वुझदै रह. पचिमा. हुन्. जानन्. भन्नाको. दहसत् मात्रै भया. तांहा पनि मासिन. लायेर. चर्चा गर्दै रह. ञाहां पनि चर्चा गर्न लाउछौं. उप्रान्त. षच्यालि मैञाको. षचिं महा. जागिर पनि भयो भनि. षवर ल्याउन्या. षांचिको मानिस आइ पुग्यो . उस्ले ल्यायाको षवर गोर्षामहा त मानिस पनि घर छैनन्. भयाका मानिसले पनि मुष अंध्यारो गरि राष्याछन् नाच. किर्तम पनि केहि हुदैन गोर्षो वहुतै गलि रहेछ. भनि. पर्वत पुंढो षांचि पुंढो तस्तो षवर गैरहेछ भन्यो. येस्तो. घटिया षवर. लैजान्या कोहो. तस्कन पैल्यायेर पक्रन पठाव. उप्रान्त परेवाकोटका व्यांसिमहा. अस्ति वैरि आयेर लुटि लै गे छ. तस्तै विचमहा पनि बनवटा निस्क्याछन् र. जना ४।५ वैरि काट्याछन्. जना ५७ घोयल गर्‍या छन्. रामदास वैरागिकन पनि घा लाग्यो भंछन्. हाम्रा पनि १ जना मधेस्या. सिपाही षसेछ. जना ३।४ घायल. भया छन्. तेति भया पछि भागेर. तरियानिरतिर गयेथ्यो. फेरि त केही षवर छैन. वांकि. पूर्वतिरको षवरपनि. फेरि त केहि दोहरियाको छैन. उत्तिकै छ. उप्रान्त जोर २।३ कास्कि. भिर्कोट. सम्म. पठाय र. सवै निस्तुक वुझि आउन्. भिर्कोटमहा राजा वस्या कि वसेन लेष. विज्ञेषु किं फागुन सुदी ८ रोज ५ मुकाम् कांतिपुर शुभम्

श्री दुर्गा सहायः १

स्वस्ति श्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्सादिविविधविरूदावलिविराजमानमानोन्नतश्रीमन्महाराजाधिराज श्री श्री श्री महाराजे पृथ्वीनारायणसाहबहादुरसम्सेर्जदेवानाम् सदा समरविजयिनाम्–

स्वस्तिश्री राजभारा सामर्थ. श्री गंगाधर पन्थ. धन्या षंडकाके प्रणाम् आसिष.् पूर्वकपत्रमिदं. ञाहा कुशल. तांहाकुशल चाहिये. आगे इहाको समाचार भलोछ. उप्रान्त. मान्या गौंडा. वोहरा गांउ, लुभु. महा. ठाना. घाल्न. आटिउं. तांहां वेस् गरीचियाई षियाई. ठीक गराइ राष. लुंभु टार. महा पनि ठाना हाल्नु पर्ला. तांहां पनि मान्या गौंडा मनिवाट पनि. ठाना. घालन्या. जगा छ. त्यो पनि. हेरी चियाइ. राष. परन्तु. ठाना घाल्न्या दिन्. पनि. हेराञौं. फौज पनि आउंछ. फौज. तांहा.आई. कन येक दिन. दुइ दिन. ढिलाउनु पर्‍या. उस्ले चाल पावला र. ठाना. हाल्न्याजगा. उछिनला भन्ना तिमिर्‍त्य. ठाना घालन्या. साइत् को ताक पारिकन. फौज आउंछ. तांहा ठिक गरीराष. परंतु. वहुतै. गुप्त गर. तंजंले चाल पाया. जगा उछिन्ला. गुप्त गरि. काज गराव. उप्रान्त. इ(दु) लमपोषरि उस्ले वार्‍यो भन्या को. हो. होइन. वार्‍याको भया. कस्ता तरहले वार्‍यो. कांहां कांहां. वार्‍यो. उस्ले. वार्‍याको ठाना. छेकौं भन्या हुन्या. छ कि. छैन. त्यो. पनि. हेर्न चियाउन पठाउ. सवै कुराको. निस्तुक. ञांहां विन्ति गरि पठाउ. कास्की. को. षवर. पनि. पौरिया मानिस. पठाइ कन. निस्तुक वुझि विंत गरी. पठाउ. विज्ञेषु. मार्गवदि ३ रोज ३ मुकाम काठमाडौं शुभम्

शाके १६९५ संवत् १८३० सन् १७७३

श्री दुर्गा सहायः १

श्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्सादिविविधविरूदावलिविराजमानमानोन्नतश्रीमन्महाराजाधिराज श्री श्री श्री महाराजे पृथ्वीनारायणसाहबहादुरसम्सेर्जदेवानाम् सदा समरविजयिनाम्

आगे. सुरसिंह. राना. तथा कालु षंडकाके. दलाल १ ईजाराभित्र. पर्‍याको भन्सार एक १ पुरानु टुसाल् एक १ येती तिन रकम् वाहिक. अरु सव. छत्तिसै रकम्. ज्या छ. सव मेटी. सहर, भादगाँउको . अमालि वकसिउ. आफना षतिर जम्मा सँग. अम्वल भोग्य गर. सहरको वन्दोवस्त गर्नु. प्रजा वसार्उनु. सहर अवाद गरि. जमार्उनु. जाई विजाई पर्‍या. न्या निरोपन गरि. सर्कार विन्ति गरी. मामला तोडनु. कसैले विजाई गर्‍या विन्ति गरि. तम्वि गर्नु. गरी वकसेर्उृm. ईतीसम्वत् १८३० कार्तिक वदि रोज ४ शुभम्. भन्ने. अर्कै लिपि अर्कै हस्ताक्षर ले अप्रौढतया पछि छेउमा लेखियेको छ)