गोर्खा पाटन सन्धि सम्बन्धी पत्र शाके १६८८ संवत् १८२३ सन् १७३३

देव श्री दुर्गा सहायः १

स्वस्ति श्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्यादिविधिधविरुदावलिविराजमानमानोन्नतश्रीमन्महाराजाधिराज श्री श्री श्री मत्पृथ्वीनारायणसाहदेवानां सदा समरविजयिनाम्…
स्वस्ति श्री सर्वोपमायोग्येत्यादि श्री कीर्तिराजानन्द उपाध्या के प्रमाणपूर्वकपत्रमिदं इहां कुशल तांहाँ कुशल चाहिय. आगे ञाहांको समाचार भलोछ. उप्रान्त. तिमि भन्या वडा मनुष्य हौ. तिम्रो र हाम्रो षलासि गर्नाको इच्छा छदै थियो. हाम्रा काजिका. स्नेहले बहुतैवन्यो. अव. तिम्रा वडा वावा र काकासित पेट मिलाइ काठमाडौँका तषतको काज पुर्‍याव. तिम्रो. साँषु. चाँगु. पाटन. काठमाडौं. पर्वतको बाँधा. वृत्ता. घर्षेत् जजमान… ताको पूजा समेत् माफ गरि वक्यसौं. किमधिकं आश्विन वदि ९ रोज ४ मुकाम किर्तिपुर शुभम् ।

गोर्खा जाजर्कोट धर्म सन्धि शोक १६८० संवत् १८२५ सन् १७६९.

श्री दुर्गा सहायः १

श्री तिर्थ १ श्रीकाशि २ श्रीमणिकर्निका ३ श्रीगंगा ४ श्रीपंचायन देवता ५ श्रीपसुपति ६ श्रीगुज्यश्वरी ७

स्वस्ति श्रीगिरिजाचक्रचूडामणिनरनारायणेत्यादिविधिधविरदावलिविराजमानमानोन्नतश्रीमन्महाराजाधिराज श्री श्री श्री महाराजे पृथ्वीनारायणसाहबहादुरसम्शेरजङ्गदेवानाम् सदा समरविजयिनाम्. स्वस्ति श्रीगणगिरिजाचक्रचूडामणिनरनारायणदेत्यादि विविधविरूदावलिविराजमाणमानोन्नत श्रीमन्महाराजाधिराज श्री श्री श्री गजेन्द्रसाहदेवषु सदा समरविजेसु सलाम सतम् पुर्वक पत्रमिदम् ञयाँ कसल छ. ताहा कुसल चाहिय. आगे ञहाको समाचार भलो छ. उप्राँन्त अघि पनि गोर्षावाट १ गर्न लाई म जादा र जाजरकोटवाट महाराज हरिसाह पनि १ गर्नलाई जादा दुवै जनाको २ मा भेटमै. जान पहिचान हुदा गोर्षा वड्यो भन्या. गोर्षा अघि. मा न भै. जाजरकोट को मुलुक वडाउनु. जाजरकोटका दरसंतानले गोर्षाका ढुंगामा अधर्म नचिताउनु. गोार्षका ढुंङ्गाले जाजरकोटका दरसंतानमा अधर्म नचिताउनु भंन्या ३ घाटमा ४ का अर्धजलमा वसि दुवैतरफवाट जल उठाई धर्म भयाको हो सो धर्म थामना निमित्त मैले राजा जयप्रकाशलाई धपाई काठमाडौंका गद्दिमा म वस्याको सुनि. हर्षको वडाई गरि पाग पाति को अवलष. घोडा र पगडी १ दोसल्ला जोडी १ कस्तुरि वीना १० सरवाङ् १ असर्फि ५ स्मेत षलिता प्रोहित संकर आचार्ज वलि अचार्ज हस्ते आई पुकि दिन साइत गरि आफुवाट पठावनु भयाकोपागपाति पेरुन्या काम गर्‍याँ. अव पुर्वतर्फलस्कर दलवल पठावनको चाजो गर्न लागी रह्याछौं. पुर्वतर्फ साफ भया पछि वाइसि चौविसिलाइ मनसुवा गरिन्याछ. आफुवाट वाइसि चौविसि राजाहेरुका गडि किल्ला लस्कर हाल हतियार मंतरि कस राजाका कस्ता कस्ता छं. भित्रि संच वुझि वरावर लेषनु भया वडिया होला. जाजरकोटका अर्थ वाइसि चौविसी हामी लिउला त पनि आफना राज्य भरमा आफनु पुर्षा देखि चलि आयाको हाल हुकुम् मार काट मुडनु जात दिनु लिन चुमावं गोडधुवा धर्माधिकारी वृर्ता दिनु हर्नु पंचषत समेत डण्ड कुण्ड मर्‍यो अपुताली चाक चकुई तुला पाथि मानाको छाप रकम समेत आफुलाइ थामि हाम्रा दरवारमा गादि वदलि भयामा आफुवाट ७०१ रुपैञा मात्र सलामि बुझाउनु गद्दि बदलि भयामा आफना चल्याका रित वमोजिम दुनिञावाट आफुले लिनु वाइसि चौविसी हाम्रो भयापछि इ लेषियाका कुरामा हाम्रा संतान दरसंतानमा. जसले लोभ पाप गर्ला उसका दर संतानलाई ५. ६. ७ ले छेय गर्नन् आफना दरसंतानमा पनि गोर्षाका अघिमा नभै वाइसि चौविसी सितको सल्लाह मतो गर्नामा जो लागला उसका दरसंतानलाई ५… ५… ७ ले छेय गर्नन्. भंन्या धर्म पत्र गरि प्रोहित संकर अचार्य वलि अचार्ज हस्ते पठायाकोछ. सो प्रमानमा रहनु प्रछ. इति सम्वत् १८२५ साल मिति माघ सुदि ५ रोज शुभम्