– विनोद पण्डित
काठमाण्डौं – तपाई जागिरबाट अवकाश प्राप्त भाई सक्नु भयो वा आफ्नो व्यापार व्यवसायबाट बिश्राम लिई सक्नु भयो वा लिन चाहिरहेका, उमेरका कारणले सकृय जीवनबाट सन्यास लिएका वा लिने बिचार राखेका ५५ बर्ष पुगेका वा त्यो भन्दा माथिका व्यक्तिहरूको लागि अत्यन्तै उपयोगी सुझाव र टिप्सहरू दिईएको छ यसलाई भित्रै देखि मनन् गर्नुहोस । जिवन धेरै छोटो छ यसलाई भरपुर उपयोग गर्न सिक्नुहोस् ।
१. ५५ बर्ष देखि मृत्यु सम्म यो तेस्तो समय हो जुनबेला तिमिले कमाएर राखेको पैशा खर्च गर्नु पर्छ । पैशा खर्च गर र जीवनको आनन्द उठाउ। आफुले कमाएको पैशा अरू कसैको लागि भनेर साँचेर नराख, त्यो पैशा कमाउन तिमिले कति दुःख, परिश्रम र त्याग गरेका छौ भनेर अरूले बुझ्न सक्दैनन्। याद राख्नु तिम्रा छोरा छोरीहरू र नजिकका आफन्तहरू तिमिले दुःख गरेर कमाएको पैशा प्रयोग गर्ने आकर्षक बिचार र योजनाहरू लिएर आउन सक्छन् । यो घातक हुन सक्छ ।
२. चेतावनी । यो कुनै लगानी गर्ने उपयुक्त समय पनि हैन । जतिसुकै राम्रो र नाफामूलक जस्तो देखिए पनि पछि गएर यस्ले समस्या र चिन्ता निम्त्याउन सक्छ । लगानी गर्नै छ, भने ज्यादै बिचार र होस पुर्याएर सुरक्षित र न्यून जोखिम हुने ठाउँमा गर्नु पर्छ । यो बेला भनेको अलिकति शान्तिसंग, तनाव रहित भएर जीवन बिताउने समय हो ।
३. आफ्ना छोरा नातीहरूको आर्थिक अवस्था बारे चिन्ता गर्न छाडिदेउ र आफुले कमाएको पैशा आफ्नो लागि खर्च गर्न नहिचकिचाउ । तिमिले धेरै बर्षसम्म उनिहरूको राम्रोसंग हेरबिचार गरिसकेका छौ । तिमिले उनिहरूलाई राम्रो शिक्षा दिएका छौ र आफ्नो खुट्टामा उभिन पुरापुर प्रयास र योगदान गरेका छौ । अब आफ्नो लागि कमाउने पालो र जिम्मेवारी उनिहरू आफैको हो ।
४. ठूलो मिहिनेत कष्ट नगरि आफ्नो शरिरलाई स्वस्थ्य राख्ने प्रयास गर्नु पर्दछ । हलका व्यायामहरू गर्ने, सधै हिंड्ने, सुपाच्य स्वस्थकर खाना खाने, यथेष्ट मात्रामा निदाउने गर्नु पर्दछ । योग ध्यान गर्ने गरेमा मनमा शान्ति मिल्छ र आध्यात्मिक चिन्तन तर्फ ध्यान जान्छ । यो बेला शरिरलाई स्वस्थ्य राख्न गाह्रो हुन्छ र सजिलै बिरामि पर्न सकिन्छ। तेसैले आफ्नो शारिरीक र मेडिकल आवश्यकतालाई ध्यानमा राखि बेला बेलामा डाक्टर जचाउने र टेष्टहरू गराउने गर्नु पर्दछ । आफ्ना मेडिकल रिकर्डहरू राम्रोसंग राख्नु पर्दछ ।
५. आफ्नो जीवनसाथीको लागि संधै सबैभन्दा राम्रा चिज उपहार किन्ने गर । मुख्य कुरा तिमिले कमाएको पैशाबाट आफ्नो जीवनसाथीसंग मिलेर आनन्द उठाउने हो । कुनै दिन यस्तो आउने छ जब एक अर्कालाई गुमाउनु पर्ने छ । त्यो बेला पैशाले मनमा कुनै आराम वा सान्त्वना दिने छैन । तेसैले आनन्द दुबै मिलेर लिनु पर्दछ ।
६. सानो तिनो कुरामा चिन्ता लिने बानी गर्नु हुँदैन । तिमिले जीन्दगिमा धेरै झेलिसकेका छौ । तिमिसंग राम्रा नराम्रा दुबै अनुभवहरू छन् । तर महत्वपूर्ण भनेको तिम्रो बर्तमान हो । बिगतका कुराबाट थिचिनु हुँदैन र भविष्यसंग डराउनु हुँदैन । अहिलेमा रमाउन सिक्नु पर्दछ । सानातिना समस्या आफै ठीक भएर जानेछन् ।
७. उमेर जतिसुकै भएपनि माया प्रेमलाई जीवन्त राख्न सक्नु पर्दछ। आफ्नो जीवनको माया गर, जीवनसाथीलाई माया गर, परिवारलाई माया गर, छिमेकिलाई माया गर । याद राख मानिसमा बुद्धि विवेक, माया, स्नेह र सद्भाव रहुनजेल सम्म उ बुढो हुँदैन ।
८. आफु प्रति गर्व गर। भित्र बाहिरबाट आफुलाई चुस्त दुरूस्त राख। आफुलाई मन पर्ने स्टाईलमा कपाल बनाउ, आफ्नो छाला र दाँतहरूको राम्रो हेरचाह गर। मन पर्ने परफ्यूम क्रिम लोसनहरू किनेर राख र प्रयोग गर। यसबाट तिम्रो व्यक्तित्व राम्रो बनाई राख्न मद्दत पुग्ने छ ।
९. फेसन ट्रेण्ड कस्तो छ भन्ने कुरालाई ध्यानमा राख्दै आफ्नो उमेर अनुसार आफुलाई सुहाउँदो फेसन गर्न पछि पर्नु हुँदैन। बुढो भएँ भनेर झुत्रे झाम्रे भएर बस्नु जरूरी छैन । राम्रो ड्रेसअपले व्यक्तित्वमा निखार ल्याउँछ ।
१०. आफुलाई अद्यावधिक (Up to date) राख । अखबार पढ्ने गर, टिभिमा समाचार हेर । अनलाईन जाउ, मानिसहरूको बिचार बुझ । आफ्नो ईमेल एकाउन्टलाई सकृय राख, सामाजिक संजालमा पुराना मित्रहरू भेटिन सक्छन् । पुराना दिनहरूको यादले मनलाई रमाईलो बनाउन मद्दत गर्ने छ ।
११. युवा पुस्ता र उनिहरूको बिचारलाई सम्मान गर्न सिक । उनिहरूको सोचाई तिम्रो भन्दा फरक हुन सक्छ र युवा पुस्तानै देशका भविष्य हुन भन्ने कुरा बुझ्न सक्नु पर्छ । उनिहरूलाई सुझाव दिन सकिन्छ तर आलोचना गर्नु हुँदैन । “मेरो पालामा त.. “ भन्ने कुरा गर्नु हुँदैन किन भने तिम्रो पालो त गैसक्यो । तिमि बाँचुनजेल तिमि अहिलेको समयको हिस्सा हौ ।
१२. कोहि व्यक्तिहरू बितेका राम्रा दिनहरू सम्झेर खुसी हुन्छन भने कोहि नराम्रा कुरा सोचेर तिक्तता पोखिरहेका हुन्छन । जीवन छोटो छ, तिक्तता पोख्दै समय फाल्नु बुद्धिमानी हुँदैन । सकारात्मक सोच राख्ने र रमाईलो गर्ने मानिसहरूको संगत गर्यो भने जीवनमा सहजता आउन सक्छ ।
१३. यदि तिमि आर्थिक रूपमा सक्षम छौं भने छोरा छोरी नाती नातिनीहरूसंग बस्ने मोह नराख। परिवारसंग घेरिएर बस्नु राम्रो लाग्न सक्छ तर हामि सबैलाई आफ्नो एकान्तता (Private Space) चाहिन्छ । तिमिलाई तिम्रो एकान्तता चाहिन्छ भने उनिहरूलाई आफ्नो । परिवार बिना बस्नै नसक्ने अवस्थामा मात्र त्यो बिकल्प हुन सक्छ ।
१४. आफ्ना शौखहरू (ज्यददष्भक) लाई परित्याग नगर । छैनन् भनेपनि नयाँ (Hobbies) बनाउन सकिन्छ । आफ्नो जीवनसाथीलाई लिएर घुम्न जान सकिन्छ, साथीभाईसंग हाईकिङ जान सकिन्छ, कुकिङ, डान्सिङ, चेस खेल्ने सकिन्छ आदि ..... हामि जीवनको एउटा नयाँ अवस्था, नयाँ चरणमा प्रवेश गर्दैछौं, ईश्वरको कृपा बनिरहोस । धन्यबाद ।

0 comment