– रमासिंह रावल
काठमाण्डौं – हाम्रो देश अहिले विषम बेथितबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा बेथितबाट देशलाई मुक्त राख्न खण्ड–खण्ड होईन, एकीकृत नेपालको अवधारण कार्यादिशा बन्नुपर्छ । ईशापूर्व ३३० मा पूर्व मेसोडोनियका राजा सिकन्दर महानले आफ्नो साम्राज्य फैलाउँने क्रममा पर्सिया हुँदै भारतसम्म आईपुग्दा तक्षशिला विश्वविद्यालयका आचार्य चाणक्य जस्ता राष्ट्रवादी विचारक र चन्द्रगुप्त जस्ता राजनीतिक योद्धाले भारतलाई सिकन्दरको पन्जामा पर्नबाट मात्र बचाएनन् अखण्ड भारतको निर्माण समेत गरे । जसको मन्, मस्तिष्क र व्यवहार सर्वजन हिताय सर्वजन सुखाय थियो । सो अनुस्वरुपको राज्य व्यवस्था सञ्चालन प्रणाली बसाल्न उँनीहरुको ठुलो योगदान रहेको तथ्या ईतिहाँसमा अंंकित छ ।
हामीले अहिलेसम्म नेता त धेरै पायौं, तर राजनेता पाएनौं, जसको पीडा वर्तमान हो । छिमेकी चीनमा माअोले एकीकृत राष्ट्रको जग हाले र देङ सिआयो पिङले आर्थिक जग बसाले भने सी जिनपिङ जस्ताले चिनलाई आर्थिक उदारीकरण तर्फ लगि तीव्र आर्थिक विकास गर्दैछन् । अहिले चीन महान् शक्तिराष्ट्रका रुपमा परिचित छ । महात्म गान्धि जस्ता महान् नेताले देशलाई दुई सय वर्षको व्रिटिस उपनिवेशबाट मुक्त गरी स्वतन्त्र भारतको जग बासाले । जवाहरलाल नेहरु हुँदै राष्ट्रवादी सन्त नरेन्द्र मोदीसम्म जस्ता राजनेताको आगमनले भारत दिनप्रतिदिन प्रगती र उन्नतीको शिखद चढिरहेको छ । सन् १९४७ तिर स्वतन्त्र राष्ट्रको जग हालेका यी दुई देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था नेपालको –कहिल्यै उपनिवेशको सिकार नभएको) जस्तै थियो । आज हामी ७९ वर्ष पछि हामी उनीहरुले १९४७ तिर भोगेको नियति भोग्दै छौं र परनिर्भर भएर । किन यो अवस्था आयो त ? यो प्रश्नको उत्तर कसैले दिंदैन ।
हामीले एकीकृत नेपाल निर्माणका अभियन्ता पृथ्विनारायाण शाहले हालेको जग भत्काउँने काम मात्र गरेनौं, उनको सालिक समेत उखालेर फाल्न उद्यत् भयौं । यस्तै बीपीको समाजवाद र राष्ट्रिय मेलमिलाउको निति तथा मदन भण्डारीको जनताको बहुदलीय जनवादालाई जनर अन्दाज गर्दै उनहरको नाम जप्ने कर्मकाण्डीय पारामा सीमित रह्यौं । पछिल्लो समय युद्धबाट उदाएका र सबैले आशाको नजरले हेरेका प्रचण्ड पथको लिंग पहिचान नहुँदै बीचैमा तुहियो । यति मात्र होईन, राजा विरेन्द्रको वंश र मदन भण्डारीको भौतिक शरीरको पनि रक्ष ागर्न सकेनौं । एकाधाबाहेक अधिक हाम्रा थिंकट्यांक उत्पादन गर्ने विश्वाविद्यलाय र थिंकट्यांकहरु नै भ्रष्टचार, पदलोलुपता र पार्टीहरुको झोलेका रुपमा सीमित भए । यस्तो अवस्थामा कोबाट देशको भलो हुने आशा गर्ने सर्वसाधरण नागरिकले ? यस्तै प्रशासन, प्रहरी, सेना र अदालमा पनि भ्रष्टचार पदलोलुपताका घट्ना उत्रतत्र छरिएका छन् । परिस्थिति हेर्दा लाग्छ, देश देवादिदेव महादेव पशुपतिनाथको कृपाले म ाबचेको त होईन ?
नेता, नेतृत्व र पार्टी भनेको देश र जनताको हितका लागि ईतिहाँसको सम्झना र अनुशरण, वर्तमानको सुझबुझ र भविष्यको सहि अकालन गर्न सक्षम हुनुपर्ने, हो तर ईतिहाँस जलाउने, वर्तमानलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने र भविक्ष्यालाई संकटमय बनाउँने पात्र र प्रवृतिले देशको भलो हुँदैन । राष्ट्र र राज्य दुबै कमाजोर अवस्थामा रहेकाले नै जताततै बेथिति र विसंगति बढिरहेको छ । राष्ट्र र राज्य भनेका फरक अवधारणा हुन् । राष्ट्र एक सांस्कृतिक निर्माण हो, जुन ईतिहाँस, साझा अनुभव, भाषा, धर्म, किंवदन्तीका साथै विश्वासमा अडेको हुन्छ । भने राज्य राष्ट्रको कार्यकारी अभिव्यक्ति हो ।
राष्ट्र जति मानय हुन्छ त्यति नै राज्य बलियो हुन्छ । राज्य जति सक्षम हुन्छ उति नै सुरक्षित हुन्छ । हाम्रा यी दुवै आधार अहिले कति कमाजोर बन्दै गईरहेका छन् । पुरानो आधार पनि जगैदेखि उखेलिएको अवस्थामा नेताहरु क्रान्तिकारी र अग्रगमनको रटानमा मात्र लीन छन् । यस्तै विगतमा उपराष्ट्रपतिको सपथ र कुमारीको रथयात्रा प्रकरण, राष्ट्रिय एकता दिवसको खारेजी, धर्म निरपेक्षता र गणतन्त्रको घोषणा, जातिय राज्यसहित देशलाई संघीयतामा लैजाने जस्ता दूरगामी असर पार्ने कपटपूर्ण निर्णय भए । जसको असर तराईमा राष्ट्रिय झण्डा जलाईनु, तराई–मधेशलाई अलग्गै देशको माग, बागलुङको एउँटा गाउँले छुट्टै राज्यको माग र विभिन्न भूमिगत समूहहरुको निर्माण भयो । यस्ता घटनाले देशलाई गलत बाटोमा मात्र लैजान सघउँछ, निर्माण गर्न होईन । परिवर्तनका नाममा सबैले मान्ने गरी एकले आर्काको संस्कृति सहजपूर्वक स्वीकार्ने र साझा रुपमा बाँड्ने संस्कार बसिसकेको ईतिहाँसको पिरामिड भत्काईनुलाई कदाचित ककारात्मक, क्रान्तिकारी वा अग्रगामी परिवर्तन मान्न सकिँदैन ।
सबै नेपालीको समाजिक, साँस्कृतिक र भाषिक रुपमा साझा बनिसकेको पिरामिड भत्काउँने काम सरकार, देशका जिम्मेवार राजनैतिक पार्टी र त्यसका नेताहरुबाटै भएको र भईरहेको छ । नेपालीबिच मिलेको मलनलाई पनि खण्डित पारेर विष घोल्ने काम भईरहेको छन्, केवल पार्टी, व्यक्ति र समूहगत स्वार्थका लागि मात्र । जसले गर्दा नयाँ नेपाल, शान्ति र व्यवस्थित नेपाल बनाउँन चुनौती बढिरहेका छन् । यस्तो चिन्तन र व्यवहारले विभिन्न क्षेत्र, लिंग, जाति र सांस्कृतिक फुलबारीमा रहेका नेपाली र उनहिरुको आफ्नापनको सांस्कृतिक, सामाजिक र भाषिक रक्षा हुन सक्दैन । समग्र नेपाली जनतिको रक्षाविना नेपालको रक्षा हुँदैन, समुन्नत, समाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक रुपमा सवल नेपाल बन्न सक्दैन ।
यसको रक्षाकोलागि क्षणिक स्वार्थ, साजनीतिक पूर्वग्रह र तत्काल आफ्नो भोट बैंक भर्ने औजारका रुपमा चालबाजी चालेर हँुदैन । यसको समाधान विभिन्न जाति–प्रजातिका फुलहरुलाई मालीले जसरी समानरुपमा हेरविचार, गोडमेल गरेर हुर्काउँछ हो त्यसैगरी विभिन्न जात–जातिका, सांस्कृतिक पहिचान र रहनसहन भएका नेपाली जतिको मनमस्तिष्कलाई खण्डित गरेर होईन, एकीकृत गरेर मात्र हुन्छ । यसविचमा एउटा साझा पहिचान र सांस्कृतिक बन्धनको पनि त्यत्तिकै आवश्यकता छ । घर बनाउँन दक्ष र सिपालु डकर्मी, सिकर्मी र कामदार चाहिन्छ तर त्यसलाई भत्काउँन न सिपालु डकर्मी चाहिन्छ न सिकर्मी । भत्काउँन जति समय लग्छ, त्यसलाई त्यही वा त्या भन्दा राम्रो बनाउँन सयौ गुण बढी समय, खर्चका साथै मेहनत लाग्छ ।
दोस्रो विश्वयुद्धको विध्वंसात्मक स्थिति देखेका बैज्ञानिक आईन्सटाईनलाई एक पत्रकारले सोधेका थिए – तेस्रो विश्वयुद्धको स्थिति कस्तो होला ? उनले भनेका थिए – तेस्रो विश्वयुद्ध कस्तो हुन्छ मलाई थाहा छैन तर चौथो विश्वयुद्ध भएपछि मानिसहरु ढुङ्गा र लठीको सहारामा युद्ध गर्नेछन । यी यावत् विषय वस्तुमा उचित ध्यान नदिएर खाली संविधानका नाममा एक थान कागज नेपाली जनतामाझ ल्याउँने हो भने दलहरुले नराम्रो मूल्य चुकाउँनु पर्ने छ ।

0 comment