काठमाडौं - इरानले ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ । युद्धविरामले शत्रुहरूलाई द्वन्द्वको तयारी गर्न सघाउ पुग्ने भन्दै इरानले अस्वीकार गरेको हो । इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरुले इरान र अमेरिकालाई ४५ दिने युद्धविराम प्रस्तावको मस्यौदा पठाएका थिए ।
उक्त प्रस्तावमा हर्मुजको जलघाँटी खोल्ने र ४५ दिन अस्थायी युद्धविराम गर्ने उल्लेख थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ४८ घण्टाभित्र हर्मुज जलघाँटी पुनः नखोले ऊर्जा केन्द्र र पुलमा आक्रमण गरिने चेतावनी दिएका छन् । इरानका विभिन्न सहरमा भएका पछिल्ला आक्रमणमा २५ जनाभन्दा बढीको मृत्यु भएको छ ।



0 comment