– प्रा.डा. बन्धु कोइराला (खेकोब)
काठमाण्डौं – कानूनको मूल लक्ष्य हो जीवनलाई समूचित सदुपयोग गर्नु । यो वैधानिक तवरले व्यक्तिक अधिकार बचाउको सामूहिक प्रयास हो । कानून कुनै वर्ग, धर्म, लिङ्ग, आस्था, जाति, राष्ट्रियता, भूगोलको प्रदायक होइन । यो व्यक्तिको लागि निर्माण गरिन्छ । व्यक्तिका असीमित अधिकारको वैधानिक रक्षा गर्नको लागि यसले वेग्ला–वेग्लै व्यक्तिबीच अनुबन्धन कायम गर्ने पनि काम गर्छ । कानूनको जटिलता एउटा प्रश्न हो । निर्वाचित विधायकले राम्रो कानून निर्माण गर्छन् भन्ने छैन । तथाकथित निर्वाचनद्वारा निर्वाचितहरुले विधायकले आम जनताको निम्ति कानून बनाउनु पर्ने हो ।
सिद्धान्त त प्रजातन्त्रलाई हानिकारक सामाजिक नीतिहरुको विरुद्धको पर्खाल भनिन्छ । तर प्रयोगशालामा प्रजातन्त्रले सधैँ यसो विनाशकारोधाभाषलाई विश्लेषण गर्न सक्नुपर्छ । आम जनता सिधा साधा हुन्छन् जो विशेष स्वार्थ राख्ने पक्षको कपटमा कुटिल जालमा फस्छन् । साधारण व्यक्तिले सर्वमान्य तथ्य नबुझेसम्म स्वतन्त्रता सम्भव छैन । प्रजातन्त्रको विकल्प अधिनायकवाद होइन प्रजातन्त्र त समान अधिकारको वितरण हो । व्यक्तिक स्वतन्त्रता हो ।
हामीले कल्पना गरेको संसार पूर्ण व्यक्तिक मूक्ति मात्र हो । राजाले विभेदकारी विद्वेश वृत्त र पक्षपोषणबाट उन्मुक्त गनुपर्दछ । हरेक मान्छेले पूर्ण स्वतन्त्रता पूर्वक बाँच्न र आफूले गर्न चाहेको कार्य गर्न पाउनुपर्छ । प्रतिस्पर्धात्मक रुपमा विशेषाधिकारलाई विश्वास गर्नु हुदैँन । राष्ट्रमा व्यक्तिकता, स्वतन्त्रता र सम्पत्तिको संरक्षण हुनुपर्दछ । यो मनुष्यको प्राकृतिक अधिकार हो । यस्तो अधिकारको न्यायपूर्ण रक्षा गर्न बन्ने सामूहिक संगठन कानून हो । यसले व्यक्तिको अधिकारको सम्मान गर्छ । कानून विकृत हुनु हुदैँन । विकृत भएमा लोभ, लालचको हतियार बन्न पुग्छ जुन राज्यमा व्यक्तिक स्वतन्त्रताको सुरक्षा कायम हुन्छ । त्यो राज्य न्यायपूर्ण र भोग गर्न सकिने हुन्छ । तर जहाँ कानून न्याय संगत हुदैँन त्यहाँ कानून व्यर्थ,लोभ र झूठो लोकोपकारबाट प्रभावित भएको हुन्छ ।
यदि सरकारले व्यक्तिको स्वतन्त्रताको प्रतिरक्षा गर्दैन भने कानूनले जीवन रक्षा गर्न सक्दैन ।
गुण दोष सबैमा हुन्छन् तर केही चाँहि शास्त्रवत जस्तो पाइन्छन् जस्तो प्राकृतिक न्याय पहिलो उपलब्ध हिन्दू (वैदिक), बौद्ध, ज्वाइन, इस्लाम वा इसाई धर्म ग्रन्थमा पाइने चिन्तन वा माक्र्स थोरो, शास्त्र, एरिसटोटल, भोल्टेयरका चिन्तक हुन् । गुण, दोष सबैमा हुन्छ कार्ल माक्र्स भन्छन् – अरुको दोष औल्याउनु भन्दा तिनको गुणलाई अनुशरण गर्नु विचारको विकासक्रमको दियोतक हो ।
हामी भन्छौँ नि – अध्याँरो इनारमा हाम फालेर माछा समात्नु वा उत्रेर इनार बाहिर निस्कनु एउटा सामान्य नागरिकले कानून र न्याय बुझ्ने सही कुरा हो । कानून त्यसैको उपयोग वा दुरुपयोग राज्यको शक्तिहरुद्वारा दुरुपयोग बढी हुन्छ । यथार्थ के हो भने कानून वास्तविक उद्देश्यबाट विचलित भएर पूर्णतया विपरीत उद्देश्यतर्फ उन्मुख हुन पुग्छ । लोभ, लालचीहरुको हतियार यो अपराध रोक्नुको साटो सजाय दिनेहरु दोषीहरुको पक्षमा उभिएको देखिन्छ । हामीले जीवन उपहारको रुपमा पाएका छौँ ईश्वरबाट । प्रकृतिबाट यसमा समावेश छन् । शारीरिक, बौद्धिक र नैतिक पक्ष । मानिसहरुले कानून बनाएर जीवन, स्वतन्त्रता र सम्पत्तिको अस्तित्व देखिएको होइन । यस विपरीत यिनीहरुको अस्तित्व पहिले नै थियो कानून त पछि बनेको हो । कानून व्यक्तिक अधिकारको न्यायपूर्ण सुरक्षाको सामूहिक प्रयास हो । आफूभित्र भएको व्यक्ति स्वतन्त्रता र सम्पत्तिलाई रक्षा गर्न हामीले ईश्वरबाट प्राकृतिक अधिकार पाएका छौँ । व्यक्तिले कुनै अर्को व्यक्तिको जीवन स्वतन्त्रता र सम्पत्तिको विरुद्ध न्यायपूर्ण रुपमा बल प्रयोग गर्न मिल्दैन । समूहले पनि यस्ता कुरा सिद्धान्त विपरीत हुन् । व्यक्तिगत अधिकारको रक्षा गर्न हामी शक्तिशाली छौँ किनभने कानूनले प्रकृति प्रदत्त अधिकारको न्यायपूर्ण रक्षा गर्छ । यो व्यक्तिगत समूहका निम्ति आम समूहको विकल्प हो । व्यक्ति, स्वतन्त्रता र सम्पत्तिको सुरक्षा, प्राकृतिक र न्यायपूर्ण अधिकार जस्ता काम व्यक्ति वा आम समूहले गर्ने पर्ने हुन्छ ।
दुर्भाग्वश कानूनले आफ्नै उद्देश्य नाश गर्न प्रयोग भएको छ । न्याय कायम गर्न यो हुन सकेको छैन । न्यायको सम्मान हुन सकेको छैन । सामूहिक शक्तिलाई कानूनले भ्रष्टहरुको हातमा सुम्पिएको छ । कानूनको दुरुपयोग लालचको वैवकुफी र झूटा लोकोपकार्य भएको छ । आत्मरक्षा र आत्मविकास मान्छेका आम आवश्यकता हुन् । तर कतिपय ठाउँमा मान्छे न्यायपूर्ण लुटको पीडित छन् । न्यायको क्षेत्रमा केही तिनमा समझदारीको अभाव केही तिनमा दुष्टताको कारण प्रत्येकले दायाहीन दण्ड भोग्नुपरेको देखिन्छ । जहाँसम्म कानूनी लुटको कुरा छ, लुटको औजारको रुपमा कानूनलाई रुपान्तरण गरेको पाइन्छ । कानून र नैतिकता परस्पर बाजिन पुग्छन् र नैतिक विभेद गुम्छ या कानून प्रति उसको मर्यादा बाँकी रहदैँन । यी दुवै अनिष्टका परिणाम हुन् । कानूनको प्रकृति भनेको न्यायको पालन हो । ज्यादा जस्तो अवस्थामा मानिसलाई न्याय र कानून भनेको एउटै हो भन्ने लाग्छ । धेरै मान्छेहरु न्यायका मामिलामा भ्रान्तिपूर्ण अवस्थामा छन् । किनभने तिनका विचारमा यसका पछाडि कानून छ ।
बालिक मताधिकारकै कुरा गरौँ । तिन करोड जनसंख्यामा एक करोडले पनि भोट हाल्न पाउँदैन । अब २ करोडको अभावमा थोरै भाग लिन्छन् । तिनीहरु मध्येबाट निर्वाचित हुन्छ । भिकारीहरुले भिख माग्नु के अन्याय हो ? कि न्याय ? कानूनको दुरुपयोगले द्वन्द जन्माउँछ । कहिलेकाँही कानूनले लुटबाट रक्षा गर्छ । पीडितले आफूलाई अपराधी हुनबाट रक्षा गर्न यी न्यायाधीश, प्रहरी, जेलको सम्पूर्ण संयन्त्रलाई लुटेराको सेवामा लगाउँछ । वैध लुट हो यो । वैध लुटलाई कसरी चिन्ने यसलाई यसभित्र रहेको अन्तर्यलाई बुझ्नु पर्छ । वैध लुट एक अर्थमा समाजवाद हो । जंगली शक्ति लगाएर समाजवादका विरुद्ध लड्ने चाहना राखेको आरोप द मोन्टालिम्बटलाई लगाइएको छ । बैध लुटकोे प्रश्नलाई सुल्झाउन धेरैलाई थोरैले लुटेर पनि गरिन्छ । सबैले सबैलाई लुटेर तर कसैले कसैलाई नलुटेर । सीमित वैध लुट, मतदानको अधिकारलाई प्रतिबन्धित गरिएपछि यो व्यवस्था सुत्रवाद भयो । सर्वव्यापी वैध लुट मताधिकारलाई सर्वव्यापी बनाएपछि हामी यसमा फँसेका हौँ । वैध लुुट निषेध । यो न्याय, शान्ति, सु–व्यवस्था स्थिरता सामञ्जस्य तर तर्कको सिद्धान्त हो ।
वास्तवमा कानून भनेको सुव्यवस्थित न्याय हो । नागरिकहरुको स्वतन्त्रताका विरुद्ध शक्ति प्रयोग भएको कसरी मान्न सकिन्छ चाँहे संरक्षणवाद होस् र समाजवाद वा साम्यवाद । कानूनले न्यायलाई सु–व्यवस्थित गर्छ भने कानूनले शिक्षा, श्रम र धर्मलाई पनि सु–व्यवस्थित गर्न पाउनुपर्छ भन्ने समाजवादीहरुको तर्क छ ।
स्वतन्त्रता के हो ?
हामीले देखिरहेको राजनीतिक संघर्ष भनेको के हो ? यो भनेको सारा मानिसहरुको स्वतन्त्रताका लागि नैसर्गिक लगाई हो । र योे स्वतन्त्रता भनेको के हो, जसको नाउँ मात्रैले संसार हल्लाउँछ र मुटुको धुकधुकी द्रुत बनाईदिन्छ । अन्तस्करणको, शिक्षाको संङ्गठनको, प्रेसको भ्रमणको, श्रमको र व्यपारको स्वतन्त्रता जस्तै यो सबै खाले स्वतन्त्रताको समूह होइन । छोटकरीमा भन्नुपर्दा प्रत्येक व्यक्तिले आफ्ना सम्पूर्ण शील्प स्वाधीनतापूर्वक प्रयोग गर्न पाउनु र त्यसो गर्दा त्यसले अरु कसैलाई पनि हानि नपुग्नु नै स्वतन्त्रता होइन र ? अवश्य पनि वैधानिक निरङ्कुशता लगायत सम्पूर्ण खालका निरङ्कुशताको नाश नै स्वतन्त्रता होइन र ? अन्ततः अन्यायलाई दण्ड दिने र विधिसम्मत आत्मसुरक्षाको व्यक्तिको अधिकारलाई संगठित गरेर कानूनलाई यसकै बुद्धिसम्पन्न क्षेत्रमा मात्र सीमित राख्नु पनि स्वतन्त्रता होइन र ? स्वतन्त्रताप्रति मानव जातिको (विशेषगरी फ्रान्समा) झुकाउनलाई वृहत् रुपमा विफल पारिएको छ भन्ने कुरालाई स्वीकार गरिनुपर्दछ । यसो हुनुमा प्राचीनताबाट सिकिएको शिक्षाबाट प्रेरित घातक चाहना छ । र सार्वजनिक मामिलाका विषयमा हाम्रा लेखकहरुको स्वर एक छः मानवजातिभन्दा आफूलाई माथि राखेर तिनलाई मिलाउने, संगठित गर्ने र आफ्नो रुचिअनुसार सञ्चालन गर्ने तिनको इच्छा हो ।
स्वतन्त्रता भनेको केबल कसैले दिएको अधिकार होइन, न्यायको अधिपत्यमा र कानूनको सुरक्षामा आफ्नो क्षमतालाई विकास र प्रयोग गर्न व्यक्तिलाई दिइएको शक्ति हो । र यो निरर्थक भिन्नता होइन, यसको अर्थ गहिरो छ र यसका परिणामहरु अनुमान लगाउनु मुश्किल हुन्छ । कुनै व्यक्ति साँचो अर्थमा स्वतन्त्र हुनका लागि उसको आफ्नो क्षमता विकसित गर्न र प्रयोग गर्न उसँग शक्ति हुनुपर्दछ भन्ने कुरालाई एकपल्टका लागि स्वीकार गरियो भने त्यसबाट समाजमा प्रत्येक व्यक्तिलाई त्यस्तो शिक्षा मिल्नेछ, जसले उसलाई उसको विकास गर्न अवसर दिन्छ ।
यस प्रकारले फेरि स्वतन्त्रता भनेको शक्ति हुन आउँछ । केबाट यो शक्ति रहिरहन्छ ? (शिक्षित भइयो भने र उ्रत्पादनका उपकरणहरु पाइएको खण्डमा) शिक्षा र उत्पादनका उपकरणहरु दिनु पर्ने कसले हो त ?
जवाफ दिन म हिच्किचाउँदिन् – अन्यायका लागि बाधाको काम गर्न संगठित सामूहिक बल हो कानून । छोटकरीमा कानून भनेको न्याय हो ।
कानून न्याय हो । यस प्रस्तावमा एउटा सरल र सहनशील सरकारको मात्र कल्पना गर्न सकिन्छ । क्रान्ति, संघर्ष र सानो विद्रोहको विचारले मात्रै पनि सरकारका विरुद्ध मान्छे उचालिन सक्छन्, जसको संगठित शक्ति अन्यायलाई दबाउनका लागि मात्र सीमित थियो । र म कसैलाई पनि यस कुरामा चुनौती दिन सक्छु ।
कानून न्याय हो । र यसबाहेक कानून सटीक रुपमा अरु कुनै चीज भएमा
त्यो वास्तवमा अनौठो हुन्छ । के न्याय भनेको अधिकार होइन र ? के अधिकारहरु समान होइनन् र ? कुन अधिकारबाट कानूनले मलाई मिमेरेल, द मेलुन, थियर्स वा लुई ब्लाङ्कको सामाजिक योजनालाई अनुमोदन गराउन बलजफ्ती गर्न सक्छ ? यदि कानूनसँग यसो गर्न नैतिक अधिकार छ भने त्यसले यी भद्रपुरुषहरुलाई मेरा योजनाहरु मान्नका लागि किन कर लगाउँदैन ?
ईश्वरले मानिसलाई ती सारा आवश्यक कुरा दिएका छन् जसले तिनको नियतिलाई पूर्ण गर्छ । उसले सामाजिक ढाँचाका साथै मानव रुप प्रदान गरेको छ । र यी जनताका सामाजिक अङ्गहरु यसरी नियुक्त भएका छन् कि तिनले स्वतन्त्रताको स्वच्छ हावामा सामञ्जस्यका साथ आफूलाई विकसित गरुन् ।

0 comment