काठमाडौं - पेरिसको एक अदालतले प्रसिद्ध इस्लामिक विद्वान तारिक रमादानलाई तीन महिलामाथि बलात्कार गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाएको छ।
यो फैसला उनले स्विट्जरल्याण्डमा अर्को बलात्कार मुद्दामा सजाय पाएको दुई वर्षपछि आएको हो।
फ्रान्सको यो मुद्दा सन् २०१७ मा सुरु भएको थियो। जब तीनमध्ये दुई महिलाले यौन दुर्व्यवहार र उत्पीडन विरुद्ध चलेको मि टु अभियानका क्रममा आफ्नो कुरा सार्वजनिक गरेका थिए।
६३ वर्षीय रमजान जो अक्सफोर्डको सेन्ट एन्टोनिज कलेजमा इस्लामिक अध्ययनका पूर्व प्राध्यापक हुन् । उनी पेरिसको सुनुवाइमा उपस्थित भएनन् यद्यपि उनले सधैं आरोप अस्वीकार गर्दै आएका छन्।
उनका वकिलहरूले भनेका छन् कि उनी स्विट्जरल्याण्डको जेनेभामा मल्टिपल स्क्लेरोसिस रोगको उपचार गराइरहेका छन् र यो मुद्दालाई नाटक भन्दै आलोचना गरेका छन्।
न्यायाधीश कोरोनि गोएड्जले अदालतलाई जानकारी दिँदै रमजानलाई पक्राउ गर्न वारेन्ट जारी गरिएको बताए। तर स्विट्जरल्याण्डसँग फ्रान्सको प्रत्यर्पण सन्धि नभएकाले उनलाई तुरुन्त पक्राउ गर्न कठिन हुने देखिन्छ।
रमजानलाई फ्रान्समा स्थायी रूपमा प्रवेश निषेध पनि लगाइएको छ।
अदालतले १८ वर्षको सजायलाई अत्यन्त गम्भीर अपराधका कारण उचित ठहर गरेको छ।
न्यायाधीशले भने “यौन सम्बन्धमा सहमति दिनु भनेको सबै प्रकारका यौन क्रियाकलापमा सहमति दिनु होइन।”
मुद्दामा संलग्न तीन महिलामध्ये एक हेन्डा अयारीले अदालत बाहिर पत्रकारहरूसँग कुरा गर्दै न्यायाधीशहरूले उनको कुरा विश्वास गरेको बताइन्। उनले उजुरी दिएपछि बितेका नौ वर्षको पीडा र संघर्षको पनि उल्लेख गरिन्।
सन् २०१७ मा उनले फ्रान्सेली टेलिभिजनसँग कुरा गर्दै भनिन् कि रमजानले २०१२ मा एक होटल कोठामा जंगली जनावर झैं आफूमाथि आक्रमण गरेका थिए।
उनले बुधबार भनेकी छन् कि उनी अन्य पीडितहरूको बारेमा सोचिरहेकी थिइन् जस्ले उजुरी दिने साहस गरेका तर धम्की र प्रतिशोधका कारण उजुरी फिर्ता लिने वा उजुरी दिन नसक्ने पीडितहरू सबैका लागि।
फ्रान्समा दोस्रो महिलाले रमजानमाथि २००९ मा ल्योनको एक होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् भने स्विट्जरल्याण्डको मुद्दामा एक महिलाले २००८ मा जेनेभाको होटलमा बलात्कार भएको बताएकी थिइन्।
उता तारिक रमादानले फैसला प्रति प्रतिक्रिया दिँदै दुवै पक्ष उपस्थित हुने नयाँ सुनुवाइको माग गरेका छन्।
उनले फ्रान्सेली पत्रिका ले परिसियनसँग भने “म यो निर्णयलाई यत्तिकै छोड्ने छैन।”
उनले आफू स्वास्थ्यका कारण पेरिस जान नसकेको बताए र यदि जान नचाहेको भए कानुनी टोली नै नबनाउने बताएका छन्।
तारिक मुस्लिम ब्रदरहुडका संस्थापक हसन अल बन्नाका नाति हुन्।उनले लामो समयदेखि आफूविरुद्ध लगाइएका आरोपहरू बदनाम गर्ने अभियानको हिस्सा भएको बताउँदै आएका छन्। उनले ले परिसियन पत्रिकासँग भने कि उनी “एक मुस्लिम बौद्धिक व्यक्तित्वलाई हटाउने राजनीतिक प्रयास” भएको बताएका छन् ।
अहिले उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा उनले फ्रान्समा पूर्व-परीक्षण हिरासत स्वीकार नगरेसम्म दोस्रो सुनुवाइ कसरी सम्भव हुन्छ भन्ने कुरा बुझ्न गाह्रो देखिन्छ।



0 comment