काठमाडौं - पूर्वी अफगानिस्तानमा गएको भुकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने सयजना भन्दा बढी घाइते भएका छन् ।
घाइतेहरको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्।
दर्जनौँ घरहरू भग्नावशेषमुनि परेको बताईएको छ । मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार प्रयासमा सहयोग गर्न मानवतावादी संगठनहरूलाई आग्रह गरेका छन् । तीमध्ये केही स्थानहरूमा पहिरो र बाढीका कारण हवाईमार्ग बाहेक पहुँच छैन।
भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लिएको महसुस गरिएको छ।


0 comment