काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन। रास्वपाले मन्त्री र सांसदहरुको आचरण र सदनमा प्रस्तुत हुने शैली ठिक नभएको भन्दै आलोचना हुन थालेपछि रास्वपा सभापति रवि लामिछानेले उनीहरुलाई डाकेर अनुशासनको पाठ पढाएका छन् ।
त्यतिमात्र होइन मर्यादामा रहेर प्रस्तुत हुन समेत निर्देशन दिएका छन् । प्रमुख दल नै आन्तरिक छलफलमा व्यस्त भएका कारण बैठक प्रभावित भएको हो ।


0 comment