डी राज काेइराला

भारतसग बोल कबोल गरेर नेपाली काग्रेसको अघुवाइमा नेपालमा भित्र्याइएको बहुदलीय व्यवस्था भारतकै इशारामा अफापशिद्ध भए पछि भारतकै पहलमा सात तिर फर्किएका सातदल एकमुख हुन बाध्य पारिएर गराइ दिएकाे १२ बुँदे सम्झैता गर्दा सातै दलले भारतसग गरेको बोल कबोल बाचा बन्धन पुरा गर्न नेपाल भारत मैत्री तथा शान्ति सन्धि १९५० को धारा १० लार्इ पैतालामुनि कुल्चदै प्रबुद्धवर्ग मार्फत उक्त सन्धि पुनरावलोकन गरेर नेपाली नागरिकहरुलार्इ भारतसग पौठेजोरी खेले जस्तो अभिनय गर्दै, छक्याउँदै, हप्काउँदै, पेलेकै भरमा सिङ्गो राष्ट्रलार्इ धोखा दिने काम गर्न नहिच्किचाउँने प्रधानमन्त्री सुशिल कोइरालालार्इ पछ्याउने प्रधानमन्त्री केपी अोली समेतका मिलेमताेले, यो देशको प्रमाणित एेतिहासिक अखण्डतालार्इ खण्डित पारेर भारतको चाहना अनुसार नूनका गुनको पैचो तिर्दै भारतलार्इ इमान्दारिता देखाउने काम गरेकै हुन भन्नेहरुको शख्या दिनानु दिन बढ्दो छ ।

यदि यो कुरा हुँदै होइन, केवल शकटकालिन अवस्थामा रहेका राष्ट्रप्रेमी शासकनेताहरुको चरित्रहत्या गराउने प्रतिगमनकारीहरुको दूष्प्रयास मात्रै हो भनेर नेपाली नागरिकहरुले पत्याउनु नै हो भने, भारतीय प्रबुद्धवर्गका नायक भगतसिह कुशियारीले नेपाल र भारतका बीचमा सीमानाका जङ्गे पिलर नराख्ने ( भनेको साेझो अर्थ :- नेपाललार्इ भारतमा विलय गराउने) र नेपाललार्इ भुटान जस्तो बनाउने ( भनेको साेझो अर्थ :- सन् १८४१ देखि कल छल बल प्रयाेग गरेर अग्रेजले भुटानकाे सबै अासाम डुवर्स सन् १८६५ मा कालेबुङ् र बगाल डुवर्स समेत भाडामा लिएर भाेग गर्दै अाएकाेमा सन् १९१० मा भाडा बढाएर भाेगचलन गर्दै अाएकाे ब्रिटिश सरकारले भारतलार्इ स्वतन्त्रता दिए पछि स्वतन्त्र भारतले पनि सन् १९४९ सन्धि गरेर उक्तभूभागकाे भाडा भुटानलार्इ तिर्दे अाएकाेमा साे भाडाकाे भूभाग भारतले खाएरअाफ्नाे निजा परिसकेकाेले नेपालकाे भूभाग पनि भारतकाे बनाउँने नियत राखेकाे )

भारतीयपक्षका यस्ता भनाइलार्इ माननीय नारायणमान बिजुक्क्षे बाहेकका कुनै पनि सासदहरुले कुनै पनि तरिकावाट प्रतिवाद गर्न नसक्ने नेपालका बिभिन्न दलका सासद सहितका शासकनेताहरु भनेका यो देशकाे रक्षा गर्ने सेवक हुन् कि भारतीय दलालहरु हुन् ?

यस्ता कुरा सुन्दा कुनै प्रतिवाद नै नगरी टुलुटुलु हेरेर भारतीय भनार्इ/ प्रस्तावलार्इ मौन स्वीकृति दिने अधिकार शासकनेताहरुलार्इ कस्ले दियो ?

यो सार्वभौम राष्ट्रलार्इ खण्डित गर्ने हिम्मत कहाँबाट अायो ? उनीहरुले खण्डित गर्न खोजेको भूभाग उनीहरुको अश हो कि श्रीमतीको पेवा हो ?

शासकनेताहरुको यस्ताे मौनताले सिक्किमको झझल्को दिन्छ । यो देशलार्इ भारतमा विलय गराउने प्रमुखपात्र (प्रधानमन्त्री) काजी लेण्डुप दोर्जीले सिक्किमलार्इ भारतमा विलय गराए पछि केही दिन मुख्य मन्त्री बनेका थिए । सिक्किम देशलार्इ भारतमा विलय गराउने सिलसिलामा दिल्ली जाँदा RED CARPET बाट स्वागत गरिने काजीले मुख्यमन्त्री भएर दिल्ली जाँदा भारतीय शासकहरुको दर्शन भेट नपाएको,तथा
सिक्किममा फर्केर जाँदा जनताका नजरमा पतित भएर जनविश्वास र मर्यादा गुमेकै कारणले अाफ्नो पवित्र मातृभूमि सिक्किम छोड्न बाध्य हुँदै भारतले भुटानसग लिजमा लिएको कालेबुङ्मा शरणार्थीकारुपमा बाकी जीवन बिताउनु परेको कुरा नेपाली शासकनेताहरुले बुझेका छैनन् कि बुझेर पनि नेपाली जनतालार्इ पूर्ववत हेप्न सकिन्छ भन्दै बुझ पचाएका हुन ?

टिष्टाकागडाको कुरै नगर्ने, तराइमा रहेका रैथाने नेपाली र भारतीयहरुलार्इ एउटै ठान्ने, भारतीयपक्षले जङ्गे पिलर नराख्ने भन्दा चुपलागेर बस्ने र भुटान जस्तै बनाउने भन्दा लाटfले पापा हेरेझै टुलुटुलु हेर्ने शासकहरुले भारतको तावेदारी कम हुने ठानेर एतिहासिक १७ थुम लिम्बुवानको कोशी पुर्व मेची पश्चिम र महाभारत पर्वतमाला दक्षिणको सम्पूर्ण तरार्इ प्रदेशलार्इ हालकालागि फिजी जस्तो बनाउन मधेश भनेर मधेशवादी दलहरुलार्इ दिने याेजना गरेकाे कुरा मधेशवादी दललार्इ गरिदिएकाे कपाली तमसुककाे कार्यान्वयनमा मधेशवादी दलहरुकाे जाेडले प्रष्ट पारेकै छ।

जस्ले गर्दा युक्रेनको क्रेमलिन रसीयामा सजिलै विलय भए जस्तो होस भन्ने नेपाली शासकनेताहरुको सपनालार्इ हाल नेपालमा रहेका र तेलको अवमूल्यन हुँदा बेरोजगार बनेर खाडी मुलुकबाट दुख पाएर फर्कने नवयुवक युवती अादि स्वाभिमानी नेपाली नागरिकले पुरा हुन देलान भन्ने साेच शासकनेताहरुले नराखे हुन्छ।

नेपालकाे अर्थ तन्त्र भारतीयहरुका हातमा छ, नेपालका सबै उद्याेग धन्दा कलकारखानाका मालिकहरु प्राय भारतीयहरुनै छन् ।

पन्चायत कालदेखि नै देशमा भएका उद्याेग धन्दा र सरकारी सस्थानहरु शासकनेताहरुले पहिलेनै ध्वस्त पारेकोले बेरोजगार बनेर फर्किएका नेपालीहरुले रोजगारी नपाउँदा सजिलै अपनाउने लाभदायक पेशा राजनीतिमा लागे भने ब्रमहलुट मचाउँदै अाएका शासकनेताहरुका कार्यकलाप र राजनीतिले अलल्लिएका नेपाली नागरिककाे सहयाेग र समर्थन लिएर राष्टिय हितकालागि देशकाे बागडाेर खाेसेर लिने सम्भावनालार्इ नकार्न पनि नमिल्ने देखिन्छ ।