काठमाडौं - भारतको उडिसास्थित कलिङा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र अद्विक श्रीवास्तव १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
उडिसास्थित उच्च अदालतले मे १६ मा उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेश जारी भएको भए पनि पीडित पक्षले ढिलो गरी जानकारी पाएको जनाएको छ।
प्रकृतिका बुबा सुनील लम्सालका अनुसार अभियुक्त रिहा भएको जानकारी आफूलाई केही दिनअघि मात्र प्राप्त भएको र त्यस पाएलगत्तै मैले जेठ २८ गते परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर ज्ञापनपत्र बुझाएको छु,’ उनले बताएका छन्।
तर, हालसम्म सरकारको तर्फबाट कुनै प्रतिक्रिया वा पहल नआएको उनले गुनासो गरेका छन्। “अब अभियुक्त छुटिसकेकाले न्याय नपाइएला कि भन्ने चिन्ता लम्साल परिवारलाई छ।
गत फागुन ४ गते केआईआईटी कलेजको छात्रावासमा प्रकृति शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन्। उनलाई मानसिक यातना दिइ आत्महत्या गर्न बाध्य पारेको आरोपमा त्यहीँ अध्ययनरत भारतीय छात्र अद्विक श्रीवास्तव पक्राउ परेका थिए।


0 comment