सरकारको काम जनमुखी भन्दा पनि नेतामुखी कार्यकर्तामुखी हुँदै गएको महसुस हुन थालेको छ । गत माघ २४ गते राती काठमार्डौंको ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोप जोशी लगायतका नेतामाथि लाग्यो । अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता जोशीसहित रमेश फुलारा र दिनेश सिग्देलको समूहले प्रहरीलाई कुटपिट गरे । घटनापछि सिग्देल र फुलारा पक्राउ परे भने नविन ऐर, गोपाल शाही र सौजन्य शाहीलाई फरार सूचीमा राख्यो । तर,जोशीलाई भने फरार सूचीमासमेत नराखी सरकारले सत्ताको आडमा उन्मुक्ति दिने प्रपञ्च रचिरहेको छ । 
जोशीसहितका नेताहरुको आक्रमणमा परेर प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लाग्यो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए । 

 प्रहरी कुट्ने एमाले नेतालाई सत्ता टिकाउने बाहनामा उन्मुक्ति

डय्टीमा रहेका प्रहरी कुट्ने नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका नेता कमल जोशीमाथि छानबिन नभएको सवालमा घोर आपत्ति छ । 
सत्ता टिकाउन गृहमन्त्री रमेश लेखकले जोशीमाथि कारबाही नगरेको तर, सामान्य कसुरमा अभियन्ता आशिका तामाङलाई १५ दिनसम्म थुनाएको बस्नुपर्ने यो सरकारको विभेदपूर्ण व्यवहार हो । 
‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धानसमेत गर्ने हिम्मत गरेनछ । त्यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदको रुपमा मलाई त्यहाँका धेरै विद्यार्थीले म्यासेज गर्नु भएको छ । क्याम्पसमा कक्षाकोठामा सधैंभरी उहाँहरुको दादागिरी चल्थ्यो । अब त पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ? । कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउन पाईने । कहिले सत्ता टिकाउने बाहनामा अखिल समर्थकलाई प्रहरीले अनुसन्धान समेत गर्न आँट नगर्ने । यता अभद्र व्यवहार भनेर आशिका तामाङहरुलाई १५ दिन हत्कडी लगाएर डुलाउने’ यो सरकार काम ठिक भएन । 
आफ्नो कमाण्डमा रहेका प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्छ । नैतिकताको आधारमा गृहमन्त्री लेखक पदमा बस्न मिल्दैन । ‘दुई तिहाइको तपाईँहरूको बहुमत छ, गृहमन्त्रीले आफैले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा देशमा किन बस्ने ? के तपाईंहरूको कार्यकर्ता बनेर भोट हाल्न मात्र बस्ने ? यो मेरो प्रश्न छ । राज्यले सुशासनको ढोल पिटेर हिडे पनि व्यवहारमा सरकारको चरित्र सुशासनउन्मुख छैन । आफूलाई ठिक लागे सबै ठिक आफूलाई ठिक नलागे सबै बेठिक भन्ने जस्ता भाष्य निर्माण गरी सरकार त्यही बाटोमा हिडिरहेको छ । जुन अभ्यास लोकतन्त्रका लागि निकै घातक अभ्यास हो । हामी र भ्रम फैलाउन भन्दा पनि यही व्यवस्थाभित्र जनताको अवस्था बदल्न सकिन्छ भन्ने सोंचबाट राजनीतिको नयाँ कोर्ष सुरुवात गर्न खाजेका हौ । विकास र समृद्धि जसलाई ल्याए पनि हुन्छ हामीबाट नै हुनुपर्छ भन्ने हैन । वर्तमान पूराना अनुभवी भनिएका दलबाट नै जनताको अवस्था महसुस हुनेगरी बदलिने अवस्था भयो भने हामी त सलाम गछौं । कुरा मात्र हैन काम गरेर देखाउका लागि विकास र अवस्था बदल्ने दिर्घकालिन योजनासहित हामीले राजनिति सुरुवात गरेका छौ । यो कुरा आम नेपाली जनतालाई बुझाउने प्रयत्नमा लागिरहेका छौं ।