काठमाडौं - विदेशी भुमीमा श्रम गरिरहेका डडेलधुराबाट नेपाली काँग्रेसका सभापतिसँग जुझारु प्रतिस्पर्धा गरेका युवा सागर ढकालले विदेशी भुमिबाटै नेपालको चिन्त व्यक्त गरेका छन् । उनले आफ्नो पत्रमा ठूला दलका वरिष्ठ नेताहरुले देशमा बेरोजगारी सृजना गरी हाम्रो देशका युवाहरुलाई विदेशी भूमिमा श्रम गर्न जान बाध्य बनाएर आफुले देशमा लुटतन्त्र मच्चाईरहेको पनि जाहिर गरेका छन् ।

सगर ढकालले लेखेको पत्र

* केही कामका कुरा * अनि पुर्व प्रधानमन्त्री हजुरबुवाहरुलाइ न्यानो चेतावनि पनि*

*करिब ८-९ महिना पछि कल्पना गरेको ७ नयाँ योजनाहरुमध्ये एउटा पुरा हुँदै छ। मोडेल टेस्टको रुपमा कम्तिमा ५-१० बर्ष सम्म टिक्ने गरी लगभग ४०० वटा ट्वाइलेटको निर्माण कार्य यो बर्ष सक्ने योजना छ । ५ वटा जहाज चार्टर गरेर सामान आइपुगेको छ फिल्डमा । विभिन्न योजनाहरुमा युरोप, चीन, युएइ, केन्या लगायतका देसहरुबाट सामान पनि ल्याएका छौं। करिब २ लाख जनालाइ पुग्ने पानीको सप्पलाइहरुमा पनि नया योजना छन् ,जसको डिजनाइन यो बर्ष सक्ने योजना छ। पहिले अरु देसमा ३ महिनामै सकेको थिए, अहिले यहाँ काम गर्न प्राकृतिक रुपमा धैरै नै गाह्रो छ, तर समयसिमा भित्र नै छौ *

डडेल्धुरामा पानीको काम गर्नका लागि सानो टिम बनाएको थिए, अहिले यहि अफ्रिकामै सहयोग गर्दै छन् । एक्लै गोजीबाट पैसा राखेर सरकारको काम गर्न सकिदैन। वडा देखि प्रधानमन्त्री कार्यालयसम्म कब्जामा छ, गएको चुनावमा उडाएको पैसा उठाउन तल्लिन छ। प्राकृतिक रुपमा यहाँ भन्दा डडेल्धुरामै काम गर्न सजिलो छ, साँस्कृतिक रुपमा डडेल्धुरा लगायतको क्षेत्र विश्वकै अनुपम नमुना होला तर राजनीतिक रुपमा विश्वभरिमै सबैभन्दा कुहिएको ठाउ पनि त्यही नै हो। बिडम्बना अब फेरि काम न काजसँग छैठो पटक प्रधानमन्त्री हुन कुरेर बसेका छन्। त्यो भन्दै गर्दा मैले सकेको भ्याएको सामजसेवा जति सक्छु गर्ने नै छु। छोटो समयको लागि काममा व्यस्त भएको हुँ, हराएको होइन। तपाइहरु जस्तै देश सम्झिदा, उकुसमुकुस हुन्छ, म पनि राम्ररी सुत्न सक्दिन ।

आफ्नो देसमा हरिबिजोग छ, थाहा छ, हेर्दै छु , नयाँ छोरा-नाती पुस्ताहरुलाइ हजुरबुबाहरुले सिध्याउन न्वारन देखिको बल लगाएका छन् तर अन्तिममा सत्यको नै जित हुनेछ। धेरै प्रतिक्रिया दिन भ्याएको पनि छैन। म आफ्नो काममा निकै व्यस्त छु , फेसबुक पनि १-२ महिनामा एक पटक हेर्छु। माफ गर्नुहोला मैले चुनावमा नै भनेको थिए म होलटाइमर राजनीति गरेर देसको रगत चुस्ने जुका होइन भनेर । म अहिले ती कामहरु गरिरहेको छु जुन चुनाव जित्नासाथ गर्नुपर्ने हुन्छ। चुनावमा हजुरहरुले हामीहरु जस्तालाई जिताउनु भयो भने सक्दै नसकेपनि आफुले गरेको कामको ५०% त गर्छौ नै, आफ्नो पेसा प्रति अन्याय गर्दैनौ। नेपालमै गर्न पाए हुन्थ्यो जस्तो लाग्छ तर आफ्नै परिवारमा हर्नुस् , देसमा राजनीतिले बस्न खान नदिएपछि के गर्नु?, धेरै बोल्नु परेन,हजुरहरुलाई थाहा नै छ ।

अहिले रविलाइ सिध्याउने, कार्य हुँदै छ । त्यसपछि बालेन, अनि तपाइ हाम्रो पालो। पसिना चुहाउन सक्ने , सोच्न सक्ने, इमान्दार सबैलाइ विदेश धपाएपछि देसमा पेसा नभएका बेरोजगार कार्यकर्ता बाहेक अरु कोही हुनेछैनन्। तपाइ हामी विदेसमा बसेर यही सोसल मिडियामा बोल्ने बाहेक केहि गर्न सक्ने भएनौ, न त यिनले भोट नै हाल्न दिने भए। अनि र्याल चुहिएको गन्हाएको कि त हाम्रो पसिनामा लडिबुडी खेलेर मुख मात्र चलाउने सरिर चलाउन नसक्ने लासलाइ उठाएर प्रधानमन्त्री बनाउने बाहेक उपाय नै भएन।

जे भए पनि, अब तिमीहरुको अन्तिमा भोज खाँदै गर्नु , अझ मिल्छ भने गोजीमा कोचारेर राख्नु । अब धेरै समय छैन। अहिलेसम्म तिमीहरुले हामी सबै युवाहरुलाइ विदेश लखेट्यौ, अब तिमीहरुको पालो । तयार रहेर बस्नु, विशेषगरी सम्पूर्ण पूर्व - प्रधानमन्त्रीहरु, कुटुराकुटुरि बाँध्दै गर्नु, देसबाहिर डेरा खोज्दै गर्नु।