टुर्कुको क्याथेड्रलमा र भार्टीभुओरी इदकभचखबतयचथ हेरिसकेपछि  टुर्कुमा हेर्ने कुरा सकिएको थियो । दुइ दिन यानाको घरमा वसेर तेश्रो दिन बिहानै ८ वजेको रेल लिएर म फिनलैण्डको राजधानी हेलसिन्की तर्फ लागे र बिहानको साढे दश बज्दा म हेलसिन्की पुगिसकेको थिए । हेलसिन्कीमा चिने जानेको मित्र पनि नभएको र अवलोकन योग्यस्थल भनेको त्यहाको हेलसिन्की क्याथेड्रल र उस्पेन्स्की क्याथेड्रल भन्ने थाहापाएर म रेलवे स्टेसनबट सोझै हेलसिन्की क्याथेड्रल तर्फ लागे । हातमा हेलसिन्की नक्सा लिएर क्याथेड्रल तर्फ लाग्दै जाँदा राजधानी हेलसिन्की हेर्ने अवसर पनि प¥यो । विस्तारै  शहर अवलोकन गर्दै जाँदा करिव १ घन्टाको हिडाइमा म क्याथेड्रल पुगे । विहान यानाको घरमै व्रेकफास्ट गरी हिडेको र दिउसोको खाना पनि यानाले प्याक गरेर दिएको हुँदा म दिनभरका लागि निश्चिन्त थिए र बिताए पुरै दिन क्याथेड्रल हेर्न तर्फ ।

हेलसिन्कीको क्याथेड्रल

यो फिनलैण्डको प्रोटेस्टेन्ट एभानजेलिकल लुथेरान चर्च रहेछ जहाँ हेलसिन्कीका बिसप बस्दा रहेछन । यो राजधानी हेलसिन्कीको मध्यभाग स्थित क्रनुनहाकामा अवस्थित रहेछ । मौलिकरुप यो चर्चको निर्माण सन् १८३० देखि १८५२ को बीचमा भएको रहेछ । यो चर्च फिनलैण्डको ग्राण्ड ड्युक र रसियाका राजा निकोलास प्रथम प्रति समर्पित रहेछ । सन् १९१७ मा फिनलैण्ड स्वतन्त्र नहुञ्जेल यस चर्चको नाम सेन्ट निकोलास चर्च रहेछ । यस चर्च र यसको परिशरलाई हेलसिन्कीकै सबैभन्दा महत्वपूर्ण स्थल मानिदो रहेछ । क्याथेड्रलमा पस्ने वित्तिकै सबैभन्दा पहिले रसियन बादशाह अलेक्जेण्डर दोश्रोको मूर्ति देखिदो रहेछ । नवशास्त्रिय शैलीमा बनेको यो क्याथेड्रलको बिचका हरियो गजुर (डोम) लाई चारैतिरबाट अतिरिक्त सासाना गजुरहरुले घेरेको रहेछ ।

मुख्य क्याथेड्रलको डिजाइन कार्ल लुडभिग एञ्जेलले गरेका रहेछन भने यसका सासाना चार डोमहरु उनी पछिका अर्का वास्तुविद ऐन्स्र्ट लोह्रमानले गरेका रहेछन् । मुख्य चर्च  क्याथेड्रलसंगै उनैले डिजाइन गरेको ससाना सुन्दर भवनहरु पनि रहेछन् । ग्रीक क्रस वास्तुकला याने बीचमा चारकुने स्क्वायर र चारैतिर एकैसमानले फैलिएका मोहोडाहरु रहेछन् । यिनै लोहरमानले दुइवटा घण्टाघर क्याथेड्रलसंगै बनाएका रहेछन्, यसवाहेक १२ वटा पादरीहरुको घातुको पूर्णकदको मूर्ति बनाई क्याथेड्रलको छानामुनीको दलिनमा टासिएको रहेछ । क्याथेड्रलको स्टेज सहितको मुख्य प्रार्थना कक्ष (अल्टर) कार्ल टिमोलियनका पेन्टिंगले सजाइएका रहेछन् जुन रसियन बादशाह निकोलास प्रथमले क्याथेड्रललाई उपहार दिएका रहेछन् ।

क्याथेड्रलको छिडी (क्रिप्ट)को जिर्णोद्धार सन् १९८० मा वास्तुविदहरु भिल्हेल्म हेलाण्डर र युहा लेभिस्काले गरेका रहेछन् । यी छिडीहरुमा यदाकदा पुरातात्विक प्रदर्शनीको आयोजना पनि हुने गर्दो रहेछ ।  यो क्याथेड्रल हेलसिन्कीको विश्व प्रशिध्द पर्यटकीय स्थलमा पर्दोरहेछ हरेक वर्ष तीनलाख भन्दा वढी पर्यटकहरु र क्रिश्चियन तिर्थयात्रीहरु यो क्याथेड्रलको अवलोकन गर्दा रहेछन् । यहाँ नित्य पुजा र विवाहउत्सव पनि आयोजना हुँदा रहेछन् ।