काठमाडौं - जापानको इशिकावाको तटीय क्षेत्रमा वर्षापछिको बाढी र पहिरोको कारण एक व्यक्तिको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता भएको समाचार छ ।
इशिकावा क्षेत्रमा जापान मौसम विज्ञान एजेन्सी जेएमएले चेतावनी जारी गरेको छ । बर्षा भोली सम्म जारी रहने अनुमान गरिएको छ।
बाढी प्रभावित करीब ४० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
जापानको सार्वजनिक सेवा प्रसारक एनएचकेका अनुसार बेपत्ता मध्ये दुई जना तीव्र नदीको बहावले बगाएको जनाएको छ ।
यसैबीच, नयाँ वर्षको दिन गएको विनाशकारी भूकम्पपछि सडक मर्मत गर्ने थप चार जना कामदार पनि बेपत्ता छन् ।
वाजिमामा आज बिहान १२० मिमी भन्दा बढी वर्षा रेकर्ड गरिएको छ । यो रेकर्ड अहिले सम्मकै सबैभन्दा ठूलो वर्षा भएको बताईएको छ ।
0 comment