श्री चीन वादसाह
स्वस्तिश्री प्रीतिका वगैँचा नया तोफा वृक्ष कुद्रथवाला सुरमा जवान बुद्धिवंत न्याय निसाफले प्रजाप्राणि को रक्ष्या गन्र्या श्री चिनवादसाहका हुकुमले ह्लासा भोटमा वसी काज काम गन्र्या टुचान् ताठिन् श्रीअम्वा तथा श्री अम्वा के श्रीपरमेश्वर वहाल राषून्…. उप्रान्त च्याछिन् वर्ष २० को वैशाक वदि १२ का दिन लेष्याको चिठी एहि शुद्धि १२ का दिन आइपुग्यो. अर्थ मालुम भयो, उप्रान्त…. का हजुरमा अर्जि चह्राइ पठाउन्या वर्षकोकरार आइपुग्या पछि हामी वीन्ति गरि पठाउछौ… वाट पर्माा पनि आउँछ करार नपुगी हामीले पनि विन्ति गरि पठाउनु हुँदैन विन्ति गरि पठाया रिसानि होला. अर्जि पनि नपठाउनु. मानिस पनि नपठाउनु भनी लेयाका अर्थ. फिरंगीले हाम्रो तारियानि मुलुक् अमल् गरि पहाडमा चढि कुमाउँ. राज्य घेर्यासम्मको विस्तार अघि लेष्याको हो. मानोसरोवर तिर वस्न्या तिम्रम अमालिले पनि लेष्या हुन्. कुमाउँ भन्याको हाम्रो पहाड राज्य फिरंगीले लियो. अव नेपाल तिरको पहाड मात्रै रह्याको छ. हामि..लाई मानि रह्याको हुँ. हामि माथि पर्याको दुष्ष…का हजुरमा विन्ती गर्या… का मेहरले दुष्ष छुट्ला सुष पाउँला भन्न्या मनमा साधार थियो. सो अर्जि चर्याइपठाउन्या करार नआई अर्जि मानिस केहि पठाउनु हुँदैन हामीवाट पनि विन्ती हुँदैन भनि ताँहावाट लेषी आउँदा आशा मेटियो. हामीले अर्जि चह्राइ पठाउन्या वर्ष आइपुगंज्यालसम्म यो मुलुक फिरंगीले राषी दिया ताहावाट मदत पनि आया हामीले सक्यासम्म. लडाइ गर्दा नेपाल थाम्न सक्छौ भन्या वढियै छ.. का हजुर अर्जी चह्राइ पठाउन्या काम पनि होला. ताहावाट मदत आएन हामीले भरिसक्या गर्दा पनि थाम्न सक्यौंन भन्या… का हजुरमा विन्ति गरि वुझाउन्या काम आफूहरुवाट होला. हामिले लेषन्या कुरा यत्तिकै हो. अरु विस्तार बलभद्र नाइक्यावाट मालुम होला इति सम्वत् १८७२ साल मिति वैशाष सुदि १२ रोज १ शुभम् –
(नेपाल–भारत र चीन सन्धिबाट)
0 comment