स्टोन हेन्ज अवलोकन गरेपछि त्यहाँको संगै रहेको नजिकैको शरह स्यालिसवरी तिर हानियौं । त्यहाँ पुगेपछि थाहा भयो कि त्यहाँ अवलोकन गर्न योग्य एतिहासिक क्याथेड्रल रहेछ । सो क्याथेड्रल हेर्नकै लागि भनेर हामी केही घण्टा स्यालेसवरी अडियौ ।
स्यालिसवरीको क्याथेड्रल
यो चर्चलाई भर्जिन मेरी चर्च पनि भनिदो रहेछ र यो आन्ग्लिकन क्याथेड्रल रहेछ । पुरानो अंग्रेजी वास्तुकलाको उदाहरण मानिने यो क्याथेड्रलको निर्माण सन १२२० बाट शुरु भई १२५८ मा सम्पन्न भएको रहेछ । यस क्याथेड्रलमा भएको टावरको अग्लाई ४०४ फिटको रहेछ जुन संयुक्त अधिराज्यमा भएका अरु सबै चर्चको टावर भन्दा अग्लो मानिदो रहेछ । यस टावरमा भएको घडी हालसम्मै चलिरहेको विश्वकै सबैभन्दा पुरानो घडी मानिदो रहेछ । यसै चर्चमा बेलायतको कानूनको आधारभूत दस्तावेद माग्ना कार्टाको चारवटा कपीहरु सुरक्षित राखिएको रहेछ ।
यस क्याथेड्रल स्यालिसवरीका क्रिश्चियन पूरोहितहरुको मुख्य चर्च भएको हुदा यसमा मुख्य पादरी विशपको निवाश र कार्यालय पनि रहेछ । यस क्याथेड्रल बनाउन आवश्यक ढुंगाहरु टेफण्ट इभासमा रहेको खानीबाट ल्याइएको रहेछ । प्रारंभीक अंग्रेजी गोथिक शैलीमा बनेको यो क्याथेड्रलको जग जम्मा चारफिट मात्र भएको वताइदो रहेछ किनकी त्यहाँ भूमीगत पानीको सतह ज्यादै माथिरहेको कारण त्यस्तो गर्न परेको भनिदो रहेछ । यो क्याथेड्रलको मुख्य विशेषता भनेकै यसको चुच्चो पर्दै गइ चुलिएको टावर रहेछ । पछि सन् १७९० तिर गएर जेम्स वाइट भन्ने वास्तुविज्ञ (आर्किटेक्ट) ले यस क्याथेड्रलको संरचनामा परिवर्तन गरेका रहेछन् । जसनुसार क्याथेड्रलको उत्तरपश्चिममा रहेको ३२० फिट अग्लो घण्टाघर भत्काइएको रहेछ ।
यस क्याथेड्रल वनाउन ७० हजार टन ढुंगा, ३ हजार टन काठ र ४५० टन शिशा प्रयोग भएको रहेछ । क्याथेड्रलको मोहोडामा विभिन्न आकारका १३० वटा खोपाहरु भएको र त्यसमध्ये ७३ वटा खोपाहरुमा मूर्तिहरु राखिएको रहेछ । यस्ता खोपाहरु तल देखि माथि गरी पाच तहमा राखिएका रहेछन् । यस्ता खोपाहरुमा भएका मूर्तिहरु १४औ देखि १९औं शताब्दी देखिका रहेछन् । यो क्याथेड्रलको मुख्य भाग (नेभ) को अग्लाइ र साघुरोपनाको कारण अनौठो मानिदो रहेछ । नेभको पिलरमा प्रयोग भएको कालो र खैरो सिंहमरमरले भित्रीभागलाई निकै सुन्दर वनाएको रहेछ । यसवाहेक यहाँ बेलायती राजा हेनरी दोश्रोको रखौटी पट्टीका छोरा तथा राजा जोनको झडकेला भाइ विलियम लोंग्सपीको चिहान पनि राखिएको रहेछ । यस क्याथेड्रलको अर्को विशेषता भनेको यहाका विशपले बनाउन लगाएको जोन कन्स्टावेलको विश्व प्रख्यात पेन्टिंगहरु पनि रहेछन् ।
0 comment