श्री ५ महाराजका श्री विश्वेश्वर गंगा श्रावण यदि १३ रोज ६ का दिन श्री मिश्रज्यूल्ये मलाई अह्राइ गयाका दसैँ सम्ममा म आइ पुग्यौँ भन्या जो गन्र्यां कुरा म गरुँला। दसैँ वढ म आइ पुगिन चाँडो अवाइ भयेन भन्याः… एकान्त मागि येति कुरा तिमिले विन्ति गरि मलाई पनि वडा साहेवलाई पनि चिठि लेषाइः केहि काम देषाइः मलाइ झिकावन्या पाठ् विन्ति गर्नु। हाम्रो विग्र्‍याको कतिले छ भन्या हामि आपसमा राग द्वेष वढदा मिल कसैको कसैसित नहुँदा।

सलुक चारै दिसााम नदेषदा अंगरेजले यो छिद्र देषि ४ पुस्ताको दोस्त छोडी हामि माथि चढाइ गर्‍यो। आज गारनलाइ ञहाँ राष्यााको. हामिसित गारन्ले मिठो गरि मिलि रह्याको यो सवै चरित्र नेपालको भोग गर्ना निमित्त हो। पृथ्वीले मिचदामा वलले उक्सदैन. दैवले र बुद्धिले दानले पुण्यले उकसिन्छ।एसको पग ञाहाँवाट उठायामा मात्र ढुंगाको श्रेय छ। दिग्बन्धन् नगरी यो उठतैन ढुंगाको श्रेय नभया वडाको वडाइ र छोटाको आशाको ठाउँ यो ढुंगै सम्म छ।

एस् पाला मलाई। वडा साहेवसित बसि ढेरै तरहका कागत पत्र भयाका सवैरद्द गरि एस् पाला भयाका सिमानाको साफ अहद् गरि…. जिमि जग्गामा लोभ तृस्ना नगर्नु भनि अहद् लेषाइ ल्याउँला। हाम्रो गयाको मुलुकलाइ कौन मुलुक मारि नजर गर्‍या हाम्रो मुलुक देउला भरि माथिवाट हामि तलवाट तिमि भै आसाम मारी नजर गछौँ भनि लोभ देषाई। उस्का वचन् लि. ४ वर्ष हामि सिपाही षजना जमाउँछौ भनि थांनु वढाइ आउला २ वर्ष भित्रमा घर जमाई दिग्वन्धन गरि यस्लाई पठाउला।

गुरुले पनि भला मानिसले पनि राग द्वेष ञाहाँ सम्म भयो। भनी दुनीया भन्छन्. दैवले दियाका मनुष्यको द्वेष कसैले नगर्नु। ढुंगाको श्रेय गन्र्याको काम कुरा कसैले नकाटनु गरि सवको करनी यकोत्त गरि वाँधि काम गर्‍या चितायाको पुग्न्यै छ। चितायाको क्याले पुग्छ भन्या। यक वाक्यले विवेकले दृढ चित्तले दानले पुण्यले पार लाग्छ। हामी हिन्दु हौ यवन भाषा छोगाइ राम राम चलाउँदा यस पुरश्चरणको पुण्य रोजिना हुन्या छ् रामनामले दुनिञा नि पापी हुन्या छं। यस् पुण्यले प्रताप् पनि वढला तर्वार चल्ला हिजो पनि कामना पुगोस् भनि हामी पुरश्चरण गर्थिउँ काममा पनि गुग्थ्यो। आज पनि कामना पूर्ण हवस् भनी भाइहरुलाई पुरश्चरण लाउँला।

इति वन्दोवस्त ञाँहा गरि यस् उमेरमा वनारस् छोड्न्या होइन भंन्या वाहाना गरि। चाहिन्या सराजाम लि मंसीरमा विदा भै वनारस् जाई. अंग्रेजसित मिठो पारी सिंह महाराष्ट्रका गुरु वनारस् झिकाइ तिनले …. विचमा … जलली वोलन्या वाँधन्या काम गरौँला – यो मनोरथ् पुगन्या छ भन्या लोभ वस् गरि पुर्‍याउला कसोरी भन्या। याहाँ दुषायाका अंगरेजले कसैलाई राषन्या छैन भनि राजा रणजित सिंह जाँदै थिया लोभ वस अंगरेजले गराउँदा वस भैगया तमासै हेर्‍या।