काठमाडौं - निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कृष्णमान प्रधानविरुद्ध चारवटा उजुरी परेका छन्। 

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो । 

उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाइ हुने समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए। बैठकले सुनुवाइका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जन सहित पारित गरिएको उनले बताए।

संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो। त्यसपछि समितिले प्रधानविरद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।