सुरेन्द्र ढकाल,

कोलनको डोम अवलोकन गरेपछि होष्ट फादर सहित सबै हामी स्पायर फर्क्यो  । मेरो प्रि समेष्टर निरन्तर रह्यो । यसै विच एक दिन क्याम्पसको सूचना पाटीमा पहिलो सेमेष्टर सकिए पछि जुन महिना भरनै समर भ्याकासनको लागि कलेज वन्दहुने जानकारी गराइएको रहेछ । विदेशी विद्यार्थीहरुलाई विदा भर आफनो देश फर्कन हवाइजहाजको टिकटको ब्यवस्था पनि थियो । वेफाक पुरै महिना नेपाल वसेर के गर्ने भन्ने सोच ममा आयो तव पहिलो ५ दिन वेलायत जाने र वाँकी १५ दिन यूरेल टिकट लिएर फिनलैण्ड, नर्वे डेनमार्क, स्वेडेन, नेदरलैण्ड, वेल्जियम र लक्सेमवर्ग घुम्न जाने योजना वनाए । वाँकी १० दिन मात्रै नेपाल गएर फर्कने सोच राखे ।

यो कुरा मैले ३ वटै जर्मन होस्ट फेमेलीलाई पनि सुनाए । ती मध्य मोनिका क्लेम्स्टाइनले आफनो ठूलो आउडी कार लिएर मसंग बेलायत जान मंजुर गरिन । त्यो कारको सिट उल्टाउदा ठूलो सुत्ने ठाउ वन्थ्यो । खाना चाही वाटोमा पर्ने हाइवे डिपार्टमेन्टल स्टोरमा किनेर खाने सहमति वन्यो । सो अनुरुप हामी जुन महिनाको शुरुमै थोरै खर्चमा उत्तरी फ्रान्स र दक्षिण इंगलैण्ड अवलोकन गर्ने गरी कारमा भ्रमण गर्न निस्कियौ । हाम्रो पहिलो दिनको गन्तब्य भनेको फ्रान्सको स्ट्रासवुर्ग शहर रहेको थियो । हामी दिनको १२ वजेतिरै स्ट्रासवुर्ग पुगिसकेका थियौ ।

त्यहाँ अवलोकन नगरी नहुनेमा त्यहाको जर्मन क्याथेड्रल र त्यहा भित्र रहेको विश्वकै एकमात्र ज्योतिसिय घडी याने ब्कतचयलयmष्अब िऋयिअप  रहेछ । दोश्रो विश्व युध्द अघि पहिले देखिनै त्यो भूभाग जस्लाई एल्सास भनिन्छ त्यो जर्मनी अन्तर्गत पर्ने रहेछ । वहुसंख्यक भाषीहरु जर्मन भएतापनि दोश्रो विश्व युद्ध जिते पछि फ्रान्सले यी इलाकालाई आफ्नो भूभागमा गाभेको रहेछ । तसर्थ शहर छिर्ने वित्तिकै सबैभन्दा पहिले हामी लाग्यौ क्याथेडल अवलोकन गर्न तर्फ ।

स्ट्रास्सवुर्गको क्याथेड्रल

यो क्याथेड्रल रोमन क्याथोलिक चर्च रहेछ । यसका वास्तुकला हेर्दा रोमन गोथिक वास्तुशैलीबाट निकै प्रभावित भनिदो रहेछ । यसको डिजाइन इरविन फोन स्टाइनवाखले सन १२७७ मा गरेका रहेछन । १४२ मिटर अग्लो यो चर्च मध्यकाल सन १६४७ देखि १८७४ सम्म विश्वकै सवैभन्दा अग्लो भवन थियो भने कालान्तर अरु धेरै चर्चहरु बनेपछि यो चर्च अहिले विश्वको छैठौ अग्लो भवनमा पर्ने रहेछ । एल्सासको मैदानमा ठडिएको यो भवन यसको अग्लाइको कारण भोस्जेस पर्वत श्रृंखला र ब्लाक फरेष्ट जस्तो धेरै टाडाको ठाउबाट पनि प्रष्टै देखिन्छ भन्दा रहेछन । यही भोस्जेस पर्वतको चुन ढुंगाबाट यस क्याथेड्रलको निर्माण भएको रहेछ ।

हालको यो चर्च रहेको स्थलमा यो चर्च बन्नु भन्दा अगाडि पनि धेरै धार्मिक मठ मन्दिरहरु रहको र कालान्तरमा भत्केर गएको, आगलागिले ध्वस्त भएको कुरा पछि गरिएका उत्खननहरुले प्रमाणित गरेका रहेछन् । यो क्याथड्रलका झ्यालहरुमा भन्दा पनि भित्तामा गरिएका कलाकृतिहरुमा जर्मन अनि फ्रान्स दुबैका विशेषता झल्कन्छन । क्याथेड्रलको दक्षिण भाग रोमन अनि पश्चिम भाग गोथिक कालका महत्वपूर्ण मूर्तिहरुले सजिएका छन् । क्याथेड्रलको टावर हेर्दा कलाकारिताको प्रस्तुति कतिसम्म उत्कृष्ट हुनसक्दो रहेछ भनी देख्न पाइन्छ । 

दोश्रो विश्वयुद्ध ताका यो क्याथेड्रललाई एकआपसमा लडिरहेका जर्मन र फ्रान्स दुवैले आफ्नो गौरव भन्दै आफ्नो वनाउन दिलोज्यान दिएर लागि परेका रहेछन् । जर्मन शाशक हिटलर २८ जुन १९४० यो क्याथेड्रलमा पुगी यस्लाई जर्मन जनताको राष्ट्रिय सग्रहालय वनाउने घोषणा गरेका थिए । त्यसै गरी १ मार्च १९४१ म फ्रेन्च जनरल त्यहा पुगी यो क्याथेड्रल युध्दप्रेमीको होइन शान्त प्रिय जनताको हुने भन्दै फ्रान्स सधै शान्तीको पक्षमा रहने वताए । युध्दकै मौकामा यस क्याथेड्रलको कलापुर्ण ७४ वाकस शिशाका झ्यालहरु निकालेर जर्मनीको हाइलव्रोनको नुन खानीमा लगेर राखिएको रहेछ ।

अगष्ट ११ १९४४ मा व्रिटिस र अमेरिकन फोैजले स्ट्रास्सवुर्गको शहरको मध्यभागमानै वम खसालेका रहेछन । यस आक्रमणबाट भएको क्षतिको जिणोध्दार निरन्तर भइरहेको र १९९० सम्ममा सक्ने लक्ष्य रहेछ भन्ने पनि थाहा लाग्यो । युध्दमा जर्मनीको हार भएपछि अमेरिकी सेनाले यी शिशाका झ्यालहरु पुन पहिलेकै ठाउमा जडान गरेका थिए । अक्टोवर १९८८ मा आर्गेनटोराटुमले स्ट्रास्सवुर्ग शहर स्थापना गरेको २ हजार वर्ष पुगेको रहेछ सो उपलक्षमा क्रिश्चियन धर्म गुरु पोप जोन पाओल यहा आई जनसागर वीच पुजाआजा गरेका रहेछन भन्ने थाहा भयो । अहिले यो क्याथेड्रल जर्मन फ्रान्स मित्रताको प्रतिक भएर रहेको छ । 

यस क्याथेड्रल भित्रका विशेष हेर्नलायकका वस्तु भनेको १२औं देखि १४औं शताब्दि वीचको कलापूर्ण शिशाको झयाल, कोनराड डे लिख्टेनवर्गको चिहान, क्रिष्ट अन द माउण्ट अफ ओलिभ्सका मूर्तिहरु, ज्योतिषिए घडी, वहुमूल्य पेन्टिंग र सजावटहरुको प्रस्तुति आदि पर्दछन । जस्मा ज्योतिषिय घडी चाहि सबैको आर्कषणको वस्तु रहेछ । यो १८ मिटर अग्लो घडी विश्वकै एकमात्र हो । यस घडीको निर्माण जुन २४ १८४३ मा जिन वाप्टीस्टको अगुवाइमा सम्पन्न भएको रहेछ । यो घडी जस्तो देखिएता पनि यो एउटा यन्त्र रहेछ जस्को माध्यमबाट ज्योतिषिय तथ्यांक जस्तो पूर्णिमा, औशी, आदि जस्ता कुराहरु पढन मिल्ने रहेछ ।