अगनसिंह थापा,

कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ  ।

‘हिँडे पुगिन्छ’ पुस्तकका सर्जक, पर्यटन अभियन्ता, हास्य कलाकार एवं लामो समयदेखि नेपालको पर्यटन प्रवर्धनमा लागेको अर्थवाउन्ड एक्सपिडिसनका अध्यक्षसमेत रहेका राजन सिम्खडाले उक्त जानकारी सार्वजनिक गरेका हुन् ।  सिम्खडाकानुसार, उक्त पदमार्ग कपिलवस्तुको खुनुवानाकादेखि तौलिहवा, कपिलवस्तु, कुदन, जगदीशपुर ताल, बुटवल, मसायम हटिया, तानसेन, आर्यभन्ज्याङ, केलादीघाट, घिरिङ, रिसिङ, दमौली, बन्दीपुर, गोरखा, बोर्लाङ, टारीबेँसी, कटुन्जे, मेगाङ, साल्मे, गोंगा, सिङ्लापास, पाङ्सिङ पास, सोम्दाङ, चिलिमे, रसुवागढीस्थित केरुङ नाकासम्मको ट्रेकिङ रुट रहेको छ ।

‘हिमाल, पहाड, तराई, कोही छैन पराइ’ भन्ने भावना बोकेका पर्यटन व्यवसायी सिम्खडाले भने– तराईदेखि हिमालसम्मका मनहरू जोड्ने यस पदयात्रा समुद्र सतहबाट ६० मिटरदेखि ४ हजार ८० मिटरसम्म फैलिएको छ ।

‘नेपाल बोर्डर टु बोर्डर थु्र हाइक’ नामकरण गरिएको यस नयाँ गन्तव्यको खोजीमा अमेरिकी हाइकर माइक ओबेस्टर थिए । उनीसँगै नेपाली टोलीमा हाइकर्स चेतन राई र काजी शेर्पा र स्वयं राजन सिम्खडा समेत सामेल थिए ।