परीक्षा कोइराला,

इस्लाम  ईसाई धर्म  पश्चात् विश्वको दोस्रो सबैभन्दा ठूलो धर्म हो । इस्लाम शब्द अरबी भाषाको शब्द हो । यसका दुईवटा परिभाषा  शान्ति र आत्मसमर्पण हुन् । एक इश्वर वा एक अल्लाहको भक्ति गर्नु इस्लाम धर्मको विशेषता हो । यसका अनुयायीहरूले   ईश्वर केवल एउटा छन् भन्ने  मान्छन् ।   यस सृष्टिमा इश्वरको महिमा अपरम्पार छ ।   सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अनुसार चल्छन् । इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन हो जसको अर्थ बारम्बार पढिने पुस्तक हुन्छ । यसको अनुयायिहरूलाई अरबीमा मुस्लिम भनिन्छ, जसको धेरै संख्यामा भएमा मुसलमान भनिन्छ । 

राजनीतिक सञ्चारमा होस् वा अन्य कुनै विधा  भ्रामक समाचार विश्वलाई दिनु हुदैन ।  जब बारम्बार मिथ्या सूचनालाई आमसंचारले फैलाउछ ,मानिसले त्यस सूचनालाई सत्य ठानेर विश्वास गर्छन् । बारम्बार झुठो समाचार  फैलाउँदा यो पनि सत्य लग्न थाल्छ । इन्टरनेट र सामाजिक सञ्जालमा मिथ्या समाचार अत्यधिक मात्रामा फैलिने गर्छ । मिथ्या सूचनाले गलत वा अपूरो जानकारीलाई जनाउँछ र यस्तै  सुचनाले भय र शंका उत्पन्न गर्न प्रोपोगान्डाको काम गर्छ । 

उदाहरणका  रुपमा इस्लाम र प्यालेस्टाइन विरोधी विचार  मिडिया च्यानल र सञ्जालमार्फत  विश्वमा फैलिँदै आएको छ।  यस्ता युद्ध, द्वन्द्व र  बढ्दो राजनीतिक तनावको समयमा यस्ता सामाजिक तथ्यका  रुपमा सहजै  ग्रहण हुने गर्छ। तनावका समयमा हिंसालाई बढ्दो रूपमा फैलिन अमानवीय भाषा र भयका कथाले बल दिन्छ । यस्ता प्रोपागान्डाले सम्पूर्ण जनसंख्यालाई नै अपराधी र सामाजिक समस्या फैलाउने अमानवको  रूपमा चित्रण गर्छ । इस्लामीहरुको मात्र होइन , अरुले पनि साम्राज्यवादीहरुको प्रोपोगान्डा द्वेषपूर्ण रुपमा हुन्छ भनेको हो । यसको उदाहरणको एउटा एक तर्फी रुपमा प्यालेस्टाइनलाई लिइएको सन्दर्भ छ । प्राध्यापक जेस्मिंन जाइनले इस्लामोफोबिया कृतिमा २००१ मा भएको आतंककारी घटनापछि विश्वका २ अर्ब मानिसले दण्ड पाए भन्ने जुन दाबी गरेकी छिन् त्यो पनि एक प्रकारको प्रचार फोबिया नै हो ।  

अमेरिकामा सेप्टेम्बर ११, २००१ मा भएको आतंककारी घटनापछि विश्वभरका दुई अर्ब मुसलमानले सामूहिक पतन  भएको  जनाएको थियो  ।  मुसलमान समुदायललाई पश्चिमा समाजले   हिंसालाई समर्थन गर्ने र फैलाउने समूहका रूपमा चिनाइयो । । विश्वले  सबै मुसलमान, प्यालेस्टिनी र गैरमुसलमान प्यालेस्टिनीलाई समेत हिंस्रक एवं आतंककारीका रूपमा चिन्यो  िजब यस्ता नश्लभेदी , विभेद भाषा  नेताले प्रयोग गर्छन्, तब प्यालेस्टिनी जनतालाई दिइने समर्थनलाई आतंकवादलाई समर्थन गरेको अर्थ लगाइन्छ । मुलुकभित्र र अन्यत्रका मुसलमानविरुद्ध भयको स्थिति छ ।

नियमित रूपमा पूर्वाग्रही एवं पक्षपाती समाचार  प्रयोगबाट सबै मुसलमान हिंसात्मक हुन्छन् भन्ने धारणामा आममानवमा पलाएको छ  । मुसलमानप्रतिको नकारात्मक धारणा क्यानडामा पनि देख्न सकिन्छ । करिब एकचौथाइ क्यानेडेली र क्युबेकवासी एकतिहाइले मुलुकमा मुसलमान आप्रवासीलाई प्रतिबन्ध लगाउनुपर्ने कुरा गरेका छन् । व्यापक इस्लामद्वेषी भावना मुसलमानविरोधी नीति र अभ्यासमा प्रतिबिम्बित हुने गर्छ। यस्ता  सूचनाले प्यालेस्टिनी जनताको अमानवीकरण गरेको छ । यसकारण प्यालेस्टाइनविरोधी नश्लभेद अत्यधिक बढेको छ । 

युद्ध र द्वन्द्वका वेला भ्रामक  सूचना सबैभन्दा पहिले प्रयोग गरिने अस्त्र हो । राजनीतिक नेता र मिडियाका भाषालाई अन्धो बनेर  पत्याउनु उचित होइन । यो समाचारमा कतिको सत्यता, तथ्यता, वास्तविकता छ भनेर अन्य मध्यमबाट पनि पत्ता लगाउनु पर्छ । विचार  एक तर्फी नभई  विभिन्न कोणबाट सोच्नु पर्छ  ,  सत्य र असत्यता छुटाउन सक्नु पर्छ ।