काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार ‘लाइक र डिसलाइक’को मानसिकताबाट निर्देशित हुन थाले शासकीय अराजकता निम्तिन सक्ने चिन्ता व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा सम्बोधन गर्दै थापाले सरकारलाई कांग्रेसको सहयोग र खबरदारी दुवै रहने बताए ।
विगतमा बहुमतको सरकार आफ्नै आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा मूल्य चुकाउनुपरेको स्मरण गर्दै सभापति थापाले रास्वपा नेतृत्वको सरकारलाई पाँच वर्षको कार्यकाल पूरा गर्न दिनुपर्ने बताए । आगामी निर्वाचन यही सरकारले गराउनुपर्ने र उक्त निर्वाचनसम्मा कांग्रेसले वर्तमान सरकारले भन्दा राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने उनले धारणा व्यक्त गरे ।
विधिको शासन समाप्त गरेर कानुनलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न खोज्दा त्यसको परिणाम सरकार स्वयंले भोग्नुपर्ने उनले चेतावनी दिए ।उनले कांग्रेसले अब तत्कालको सत्ता समीकरणभन्दा आगामी १० वर्षलाई हेरेर तयारीमा लागेको बताए ।


0 comment