काठमाडौं - अफगानिस्तानमा शनिबार राती गएको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।
भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु हुनुका साथै ९ हजार २४० जना घाइते भएका छन्। १ हजार ३२९ घरमा क्षति पुगेको छ।
तालिबान प्रशासनले आइतबार भूकम्पको जोखिममा रहेको पहाडी क्षेत्रमा वर्षौं यताकै सबैभन्दा घातक भूकम्पमा आएको जनाएको छ।
शनिबार राती अफगानिस्तानको हेरात सहरबाट ३५ किलोमिटर उत्तरपश्चिममा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकोप मन्त्रालयका प्रवक्ता मुल्लाह जनान सैइकले २०५३ जनाको मृत्यु भएको र ९,२४० जना घाइते भएका बताए।
भूकम्पले हेरातमा त्रास फैलाएको छ। मानिस घर छोडेर सडकमा बसेका छन्।
0 comment