फ्रन्टल, एथ्मोइडल र स्पेनोइड साइनसहरु मस्तिष्कको नजिक अवस्थित छन् । यी भागहरुको पिनास सुधार नभएको अवस्थामा सङ्क्रमण मस्तिष्कमा फैलिएर समस्या विकासित हुनसक्छ । यी जटिलताको समयमै उपचार नभए बिरामीको ज्यानसमेत जोखिम हुन सक्छ ।

पिनास भनेको नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वास प्रश्वासमा बाधा पु¥याउने एक किसिमको रोग हो । जसलाई ‘साइनोसाइटिस’ पनि भनिन्छ । यसमा साइनसहरुको इन्फ्लामेसन हुन्छ । 

साइनस भन्नाले अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकासित भई सङ्क्रमण हुन्छ । यस किसिमको असर पटक पटक हुँदा पिनास रोग उत्पन्न हुन्छ ।

साइनसहरु चार प्रकारका हुन्छन्

  •  फ्रन्टल साइनस (निधारमा),
  •  म्याक्जिलरी साइनस (दुवैतिर गालाको भित्र),
  •  इथमोइडल साइनस (आँखाहरुको बीचमा),
  • स्फेनोइडल साइनस (इथमोइडल साइनसको भित्रपट्टि) ।

कारण

  • साइनसको भित्री भागमा केही गरी अवरोध वा रोकावट हुन्छ । 
  • एलर्जी, भाइरस वा व्याक्टोरियल सङ्क्रमण हुन्छ ।
  • नाकको भित्री भागमा मासु पलाउनु वा ट्युमर हुनु वा नाकको भित्रको हड्डी बाङ्गिनु ।
  • एलर्जी गराउने कुनै बस्तु, खाना, धुँवा–धुँलो, गन्ध आदि ।
  • कुनै पनि प्रदुषण, चिसो वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि ।
  • रोग प्रतिरोध क्षमतामा कमी
  • नाकको हड्डी बाङ्गो हुने अवस्था
  • श्वास नलीको सङ्क्रमण
  • अनुचित जीवनशैली
  • अनुचित खान पान
  • शरीरमा सञ्चित विषाक्त पदार्थ
  • मानसिक एवं शारीरिक तनाव

चुरोटको धुँवाले वा वायु प्रदुषणको कारणले पनि पिनास हुन सक्छ । सुख्खा मोसममा हुने सुख्खा हावाका कारणले पनि नाक र साइनसभित्रको अर्धतरल पदार्थको मात्रा कमी हुँदा पिनास देखापर्छ ।