काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुख समेत रहनुभएकी यादवलाई राजदूत पदमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (९१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
0 comment