काठमाडौं - पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले भेरी अस्पताल नेपालगञ्जमा वार्ड स्थापना गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको छ ।

उक्त निर्णयअनुसार स्थापना हुने बेग्लै वार्डमार्फत बिरामीको उपचारको व्यवस्था हुनेछ ।

एक आँकडाअनुसार १२ प्रतिशत थारु जनसंख्याले भोग्दै आएको प्रमुख स्वास्थ्य समस्याको उपचार सहज हुने विश्वास गरिएको छ ।