काठमाडौं - काठमाडौं महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण सुरु गरेको छ । महानगरले वीर अस्पतालसँगको सहकार्यमा नि:शुल्क परीक्षण सुरु गरेको हो । 

निशुल्क परीक्षणका लागि महानगरले वडाको स्वास्थ्य प्रवर्धन केन्द्रबाट रिफरल स्लिप उपलब्ध गराएको कार्यवाहक प्रमुख सुनीता डंगोलले जानकारी दिइन्। चैत्र २० गतेसम्म हुने नि:शुल्क परीक्षण कार्यक्रममा महिलाहरुले सहज रुपमा उपचार लिन सक्ने व्यवस्था गरिएको उनले बताइन् ।

नि:शुल्क परीक्षणको पहिलो दिन पहिलो दिनको जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ लाई रिफरल स्लिप दिइएको छ । यसरी रिफर्ल स्लिप पाउनेमध्ये ५ जनामा स्तन क्यान्सर र ३ जनामा सर्भाइकल क्यान्सर रहेको महानगरले जनाएको छ ।