काठमाडौं – ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् । 

ब्राजिलको अमेजोन राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दूरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सानो आकारको विमानमा चालक दलका दुई सदस्य र १२ जना यात्रु थिए । खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान छ । तर, यकिन कारण खुलिसकेको छैन । विमान कसरी दुर्घटना हुन पुग्यो भन्नेबारे  अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।