काठमाडौं – प्रायः सबै मानिसलाई पसिना आउने गर्दछ । यो एउटा साधारण, सामान्य र अति आवश्यक प्रक्रिया हो, जसले शरीरको तापक्रमलाई नियमित राख्न मद्दत पु¥याउँदछ । यसको नियन्त्रण मस्तिष्कको हाइपोथालामसले गर्दछ । वातावरणीय तापक्रम बढी भएमा र शारीरिक परिश्रम, थकान वा कठिनाइ परेको बेलामा मानिसलाई पसिना बढी आउने गर्दछ । पसिनामा मुख्यतया पानी हुन्छ, साथै केही मात्रामा युरिया, ल्याक्टेट तथा सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्वहरु क्लोराइड यौगिकको रुपमा पाइन्छन् । 

मानिसको शरीमा २० देखि ४० लाखसम्म पसिनाका ग्रन्थीहरु हुन्छन् । मानिसलाई कतिमात्रामा पसिना आउँछ भन्ने कुरा यही ग्रन्थीको सङ्ख्यामा पनि निर्भर हुन्छ । सामान्यतया पुरुषको दाँजोमा महिलाहरुमा पसिनाका ग्रन्थी बढी हुन्छन्, तथापि ग्रन्थीको बढी सक्रियताका कारण पुरुषलाई बढी पसिना आउँछ । मादक पदार्थ सेवन गर्दा, चियामा पाइने क्याफिन खाँदा, पिरो खानेकुरा खाँदा र चिन्ता गर्दा समेत पसिना आउने गर्दछ । संसारभरका २० मध्ये १ जना मानिसमा सामान्य भन्दा बढी पसिना आउने गरेको पाइन्छ, जसलाई हाइपरहिड्रोसीस भनिन्छ । यसरी शरीरबाट सय मिलिलिटरदेखि ८ लिटरसम्म पानी पसिनाको रुपमा बाहिर निस्कन्छ । यस्तो अवस्था शरीरको लागि घातक नै नभए पनि यसले सामाजिक र मानसिक असर भने पु¥याउन सक्छ । बिरामी पर्दा, जस्तैः ज्वरो आउँदा, किटाणुको संक्रमण हँुदा, क्यान्सर अर्थात् अबुद्र्ध रोग लागेको बेला शरीरमा चिनीको मात्रा कम भएको बेलामा पनि पसिना आउँछ, यस्तो अवस्थामा भने चिकित्सकको सल्लाह लिन अनिवार्य हुन्छ ।