धेरै जसो हामीहरु पेट खाल भएपछि भोक लाग्ने र पेट खाली हुँदैमा भोक लाग्छ भन्ने कुार मिल्दैन । भरखर जन्मेको नवजात शिशुको पेट विल्कुलै खाली हुन्छ तर तिनलाई भोकको अनुभवै हुँदेन । अब प्रश्न उठ्छ, नवजात शिशुले त भोक लागेको र नलागेको अनुभवै गर्न सक्दैन भने ठूलो भएपछि कसरी भोकको अनुभव हुन्छ ? भोकको बास्तविक कुरा स्नायु प्रणालीसंगै सम्बन्धित छ ।

रगतमा आवश्यक हुने पोषक तत्वको कमी हुन थालेपछि यो खवर स्नायु प्रणालीद्वारा मस्तिष्कको भोक अनुभव गर्ने केन्द्रमा पुग्दछ । भोक केन्द्रले पेट र आन्द्राको ब्रेक अर्थात नियन्त्रकको रुपमा पनि काम गर्दछ । रगतलाई चाहिने तत्वको कमी महसुस भएपछि यसले हामीलाई भोकको अनुभवको साथै पेटमा पनि खबर पु¥याउँछ र हामीलाई पेट कराए जस्तो वा खस खस लाग्न थाल्दछ ।