Urbane = शहरिया, भलाद्मी His get-up looks like those of urbane but the manner does not उसको पहिरन शहरिया मान्छेको जस्तो देखिए पनि स्वभाव भने त्यस्तो छैन ।
Vagabond = डुलुवा । कुनै उद्देश्य विनानै त्यसै डुल्ने He is a carefree vagabond ऊ एक निश्चिन्तरुपबाट जता मनलाग्यो त्यतै हिंड्ने खालको मान्छे हो ।
Waive = अस्थायी रुपमा त्याग्नु वा छोड्नु । अडिग नरहनु As he did not waive his claim, we could not decide on the matter उ आफ्नो माग अडिगनै रहेको हँुदा हामीले त्यस विषयमा कुनै निर्णय गर्न सकेनौ ।
Yacht = हावाको झोक्काले कुद्ने हलुको डुंगा । नौका विहार Every weekend he goes for yachting हरेक सप्ताहको अन्तमा ऊ नौका विहार गर्न जान्छ ।
Zing = जिउंदोपन, शक्ति If you put lilttle more zing into your playing, you probably win the match अलिकतिमात्रै बढि शक्ति लगायौ भने तिमीले म्याच जित्ने सम्भावना छ ।
Adversity = गरिबी, दुर्भाग्य Everyone should face adversity with courage दुर्भाग्यको सामना हरेकले धैर्यले गर्नुपर्दछ ।
Burnish = घोटेर, दलेर वा पुछेर चम्काउनु, वा चम्किलो बनाउनु Soldiers spend their time also in burnishing shoes सिपाहीहरू जुत्ता चम्काउनकै लागि पनि समय खर्च गर्दछन् ।
Coagulate = बाक्लो बनाउनु Some sweets are made by coagulating the milk केही मिठाइहरू दुधलाई पकाएर बनाएको खुवाबाट बनाइन्छ ।
Desultory = बिना योजना, बिना उद्देश्यको A desultory action can not be effective बिना योजना गरिएको कार्य प्रभावपूर्ण हुन सक्तैन ।
Empirical = गहन, अनुभवमा आधारित This report has been prepared by using empirical data गहन तथ्यांकहरूको प्रयोग गरेर यो प्रतिवेदन तयार गरिएको छ ।
Hear बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Hear something = सुन्नु I could not hear your voice मैले तिम्रो आवाज सुन्न सकिन ।
Hear somebody = सुन्नु I did not hear him go out मैले ऊ बाहिर गएको सुनिन् ।
Hear something = हेर्नु This judge doesnot hear the case यो न्यायाधीशले मुद्धा हेर्दैन ।
Hear about something = थाहा हुनु I just heard about his dismissal उ जागिरबाट निकालिएको बारे मलाइ भर्खरै थाहा भयो ।
Hear from somebody = कुराकानी हुनु How often do your from your sisters तिम्रो दिदी बहिनीहरुसँग टेलिफोनमा कत्तिको कुराकानी हुन्छ ।
Hear of something = भनेको सुन्नु I never heard of this place before यो ठाउँको बारे पहिले कसैले भनेको सुनिन मैले ।
Hear of somebody = जानकारी नहुनु Once she went away I never heard of her again एक पटक बेपत्ता भएपछि मलाई फेरी तिनीवारे कुनै जानकारी छैन ।
Hear somebody out = भन्न दिनुु Before saying yes or no please hear me out first हुन्छ वा हुदैंन भन्नु अघि पहिले मलाइ सबै कुरा भन्न त देउ ।
0 comment