हाम्रो मुखभित्र तीन जोडी र्‍यालका ग्रन्थीहरु हुन्छन् । एक जोडी  काननेर ,एक जोडी जिब्रोमुनि र अर्को तल्लो बंगारामुनि । यी ग्रन्थीहरुले र्‍याल वा थुक निकाल्छ । वास्तवमा यी ग्रन्थीहरु हाम्रो पाचन प्रणालीसित सम्बद्ध अङ्ग हुन् । र्‍यालमा खानेकुरालाई टुक्र्याउने, चिल्लो पार्नेरसहरु हुन्छन् ।

अब प्रश्न उठ्छ खाँदै नखाई पनि मुखमा र्‍याल आउँछ । जस्तो अमिलो प्रसङ्ग उठाउँदा मात्र पनि मुखमा पानी भरिएर आउँछ । यसको खास कारण के हो भने यी र्‍यालका ग्रन्थीहरु यान्त्रिक तरिकाबाट सञ्चालन हुँदैनन् ।  यिनीहरुको मस्तिष्कसित सिधा सम्पर्क रहेको हुन्छ ।

यसकारण मस्तिष्कले कुनै कुराको अनुभूति पाएपछि त्यसको असर ग्रन्थीमा पर्छ र त्यसबाट रस पैदा हुन थाल्छ । वैज्ञानिकहरुले के भन्दछन् भने मस्तिष्कमा हुने विभिन्न प्रतिक्रियाले र्‍यालका ग्रन्थीहरुको मांसपेशी थिच्न पुग्छ र र्‍याल निस्कन्छ । यसलाई प्रतिक्षेप प्रतिक्रिया (Reflex Action) पनि भनिन्छ ।