काठमाडौं – गर्मी मौसममा धेरै जसो मानिसलाई घमौरा आउने समस्याले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । गर्मी वातावरण, पसिना, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन् । फहोेर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरणनै घमौरा आउने मुख्य कारण हुन् ।
घमौरा आउन नदिने पहिलो उपाय भनेकै गर्मीबाट जोगिनु नै हो । चर्को घाममा ननिस्किने, हल्का पातलो र खुकुलो सुतिको कपडा लगाउने, गुम्सिने, साँघुरो र बाक्ले कपडा प्रयोग नगर्ने उपायहरु आपनाउदा पनि घमौराबाट बच्न सकिन्छ । घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ ।
घरमै बसेर घमौराको उपचार कसरी गर्ने ?
१. घमौरा आएको ठाउँमा मुलतानी माटोको लेप लगाउनाले केही दिनमै घमौरा हराउँछ ।
२. बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।
३. घमौरा आएको ठाउँमा मेहदीको लेप लगाउँदा केही दिनमै घमौरा हराउँछ । साथै, नुहाउने बेलामा मेहदीका केही पत्ता पिसेर पानीमा मिसाउने र त्यही पानीले नुहाउँदा पनि राहत मिल्छ ।
४. नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ ।
५. तुलसीको डाँठलाई चन्दनजस्तै गरी घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले राहत मिल्छ ।
६. लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।
घमौराको समस्या दोहोरिरहनेहरूले गर्मीमा चनाको सातु खाने गर्नुपर्छ । साथै कागतीपानी पनि खाइरहने गर्नुपर्छ । साथै घमौरा भएको ठाउँमा बरफ दल्दा पनी राहत मिल्छ ।
0 comment