– कोपीला प्रधान 

काठमाडौं – पशुपन्छीहरूसमेत गर्मीमा पानीमा बस्न रुचाउने र जीउमा पानी छर्केको दृश्य तपाईं हामीले पक्कै देखेकै हुनुपर्छ । गर्मी खप्न नसकेर तिनीहरूले त्यसो गरेका हुन् । पशुपन्छीहरूसमेत गर्मीमा पानीमा बस्न रुचाउने र जीउमा पानी छर्केको दृश्य तपाईं हामीले पक्कै देखेकै हुनुपर्छ । गर्मी खप्न नसकेर तिनीहरूले त्यसो गरेका हुन् । 

अचेल बढ्दो गर्मीले पशुपन्छीझै हामीलाई समेत अत्याउन थालेको छ । पहिले–पहिले बढी गर्मी हुने ठाउँ भनेर तराई–मधेसलाई चिनिन्थ्यो । तर, राजधानी र केही पहाडी भू–भागमा समेत अचाक्ली गर्मी बढेको छ । विश्वमा बढ्दो तापक्रम (ग्लोबल वार्मिङ) ले गर्दा बर्सेनि गर्मी बढ्ने क्रममा छ । पोहोरको दाँजोमा यो वर्ष गर्मी धेरै महसुस हुनुको कारण पनि यही हो । 

हाम्रो शरीरले एउटा विशेष प्रक्रिया अन्तर्गत हाम्रो शरीरको तापक्रमलाई नियन्त्रित र सन्तुलन बनाइराख्छ । खासगरी मस्तिष्कमा भएका केन्द्रको भूमिका यसमा महत्त्वपूर्ण रहन्छ । छालाबाट भित्रको ताप पसिनालाई वाष्पीकरण गरी बाहिरिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र बर्ड मेट्रोलजिकल अर्गेनाइजेसन (डब्लूएमओ) द्वारा जारी गर्मीबाट बच्नेसम्बन्धी दिशानिर्देशमा वातावरणमा तापक्रम बढ्दा शरीरको तापक्रम वृद्घि भई स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ ।

अब यसबाट बच्ने विकल्पहरूबारे चर्चा गरौं । गर्मी छल्ने प्रशस्तै विकल्पहरू भए पनि आम जनमानसमा यसबारे खासै जानकारी रहेको पाइँदैन। गर्मीयाममा हामीले कसरी आफ्नो स्वास्थ्यको हेरचाह गर्न सक्छौं । यसबारे जानकारी लिऔं । 

प्रशस्त पानी पिउने 

यदि तपाईंको शरीरमा पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ । धेरै पानी पिउँदा ९० प्रतिशत बिरामीसँग लड्न सकिन्छ । पानीले फाइबरसँग मिलेर काम गर्छ । पानीले शरीरलाई सुख्खा हुन नदिने भएकाले समस्याहरुले सजिल्यै आक्रमण गर्न सक्दैनन् । 

घामबाट टाढा रहने 

गर्मीको समयमा चर्को घाममा तीन घण्टाभन्दा बढी रहनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । हल्का कपडा लगाउने र चर्को घामबाट बच्ने गर्नुपर्छ । 
फाइबरयुक्त खाना गौँ, सागसब्जी, फलफूल र फाइबर युक्त अन्य खानेकुराले पाचन पक्रियालाई तन्दुरुस्त बनाउँछ। यसले कब्जियतको समस्याबाट बचाउँछ । फाइबरयुक्त खाना खानाले फिशरजस्ता समस्याहरु हुन दिँदैन  । 

क्याफिन

गर्मीमा क्याफिनको सेवन धेरै मात्रामा गर्नुहुँदैन । यसले पाचन प्रणालीमा असर पुर्याउँछ । पाचन प्रक्रियामा आउने समस्याले अल्सर, एसिडिटी र जलन जस्ता समस्या आउँछ । 

व्यायाम 

गर्मीको समयमा पसिना निकाल्न आवश्यक छ । यसमार्फत शरीरभित्रमा फोहोर पदार्थ बाहिर फाल्न मद्दत पुग्छ । शरीरलाई जति सक्रिय राखिन्छ उति नै स्वस्थ रहन्छ । 

नियमित स्वास्थ्य चेकजाँच

कहिलेकाँही शरीरका विभिन्न समस्याहरु देखिएपनि बेवास्ता गर्ने चलन रहेको छ जसले गर्दा गम्भीर समस्या समेत आउन सक्छ । त्यसैले नियमित स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ ।