काठमाडौं – मध्य तराई र आसपासका जिल्लाहरूमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको छ । दैनिक मजदुरी गरेर खानेहरूका लागि यो गर्मीयाम अती नै कष्टकर बन्न पुगेको छ । पहाडी क्षेत्रमा भन्दा तराईको तापक्रम अती नै उच्च भएका कारण दिनको चर्को घामको असर सबैभन्दा बढी तराई मधेस क्षेत्रमा परेको छ । त्यसैले, ती क्षेत्रमा ‘लु’को खतरा उच्च भएको छ। अस्पतालमा बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ साथै गर्मीले मजदुरी गरेर खनेहरुलाई गर्नेलाई झन सास्ती भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान करिब ९ बजे मापन गरिएको भैरहवा र नेपालगंजको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस रहेकोछ भने न्यूनतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तो अवस्थामा गर्मी र “लु” बाट कसरी बच्ने भन्ने यहाँ जानकारी प्रस्तुत गरिएको छ । 

“जब शरीरमा पानी र नुनको मात्रा घट्छ, रगतको तापमान बढ्छ र टाउको भारी हुन्छ । यस्तो अवस्थामा नाडीको गति एक्कासी बढ्न गई रगतको गति पनि तिब्र हुन्छ । त्यसपछि श्वासप्रश्वासको गति असामन्य हुँदै जान्छ । हात, खुट्टा, तालु र आँखामा पनि जलन बढ्छ । जस्लेगर्दा गर्दा मानिस अचानक बेहोस हुन्छ र मृत्यु हुन पुग्छ ।”

“लु” के हो ?

नियमित भन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने लु लाग्ने (लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले लु लाग्छ) सम्भावना हुन्छ । “लु” लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ । तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु भनिन्छ । अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो बतास चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुने हुन्छ ।

"लु" लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ। तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

मानव शरीरको बाहिरको तापक्रम जति सुकै परिवर्तित भएतापनि शरीर भित्रको तापक्रम सधैं ३७ डिग्री सेन्टिग्रेड नै भइरहन्छ । गर्मीमा जब हामी लापरवाहीपूर्वक बाहिर निस्कन्छौं, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई अत्यधिक तातो बनाइदिन्छ । जसका कारण हामी “लू”बाट पिडित हुन्छौँ । अत्यधिक गर्मीका कारण रक्तनलीहर फराकिलो हुन्छ । जस्लेगर्दा रक्तसञ्चार प्रकृया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ । रक्तसञ्चार प्रक्रिया बढ्नु र शरीरको रगत तातो हुनाले शरीर भित्रको तापक्रम पनि बढ्छ, जसलाई “लू” लाग्नु भनिन्छ ।

“लू”का लक्षणहरू 

१. बारम्बार प्यास लागिरहने ।
२. अनुहार रातो हुनुका साथै टाउको दुख्ने ।
३. अत्याधिक तापक्रमका कारण बेहोस हुने ।
४. शरीरको तापक्रम १०१ डिग्री देखि १०४ डिग्री सम्म हुने ।
५. बिरामीमा छटपटी र उदासीनताको भाव देखिन।े
६. ज्वरो आउने ।
७. शरिरबाट पसिना ननिस्किने ।
८. मुटुको चाल तिव्र हुने ।
९. छाला सुख्खा हुने ।

“लू” लागेमा के गर्ने ?

“लू”को प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । “लू”बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ । यदि “लू” लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण हुन्छ । “लू” लागेको बिरामीले आफ्नो जीवन रक्षाका लागि नुन, चिनी, कागती र पानी समय–समयमा पिइरहनुपर्छ । “लू” लागेपछि पातलो तथा नरम कपडा पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ । यसका साथै निधारमा बरफको पट्टी राख्नुपर्छ । “लू” लागेमा पाकेको तित्री (इमली) को गुदीलाई  हत्केला र खुट्टाको पैतालामा लगाउनाले “लू”को असर कम हुन्छ । इमली पानी पिउनाले “लू”बाट तुरुन्तै राहत प्राप्त हुन्छ। दही र मौसमी फलफुल जस्तै सुन्तला, अंगुर, खरबुजा र मौसमको रस “लू” ग्रस्त बिरामीलाई पिउनुपर्छ ।

“लू”बाट कसरी जोगिने ?

घर बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउनाले लुबाट बच्न सकिन्छ ।