परिचय  :

काठमाडौं – कागती खेती नेपालको मध्य पहाड, वेसी र भित्रि मधेशमा एक महत्वपूर्ण नगदे वालीको रुपमा विकसित हुँदै आइरहेको छ । अर्ध उष्ण प्रदेशमा फल्ने फिक्का पहेँलो बोक्रा र रसिलो तथा अमिलो गदी हुने अचार बनाईने र दाल–तरकारीमा निचोरेर खाईने गोलाकार फललाई कागती भनिन्छ । यसको मूल रुप कागती हो । यसलाई अंग्रेजीमा लाईम (Lime) भनिन्छ । यसको वैज्ञानिक नाम सिट्रस औरेन्टीफेलिया (Citrus Aurantifolia) हो । यो वनस्पति रुटेसी (Rutaceae) परिवार समूहमा पर्दछ । यसको काँडादार सानो रुख हुन्छ । 

साथै सुन्तलाजात फलफूल भन्नाले फलको वोक्रामा सा–सानो तेल ले भरिएको छिद्रहरू हुन्छ, जुन काचो अवस्थामा हरियो भै पछि फल विकास हुदै जाँदा आ–आफ्नो जातीयगुण अनुसारको वोक्राको रंग परिवर्तन हुदै जान्छ । फल भित्र ९ देखि १२ सम्म केस्राहरू हुन्छन । केस्राहरू भित्र सा–सानो बिजुलाहरू हुन्छ जस भित्र रंगले भरिएको हुन्छ । यसको बिच बिचमा जातीय गुण अनुसार केहि सिडलेस जातहरू बाहेक धेरै÷थोरै बीउहरू हुन्छ । यस्तो समूहमा पर्ने फलहरू लाई सुन्तला जात फलफूल भनिन्छ । 

सुन्तला जात फलफूललाई पनि यसको स्वाद अनुसार दुई भागमा वाँडन सकिन्छ । (क) गुलियो स्वाद भएको समूहको फल काँचो हुँदा अमिलो स्वाद हुने फलको विकास साथ साथै वोक्राको रंग मा परिवर्तन हुनुको संग संगै फलमा गुलीयो पनको पनि विकास हुदै जान्छ र परिपक्क भई पाके पछि गुलीयो फल हुन्छ । यसमा सुन्तला, जुनार, भोगटे, गे्रपफ्रुट, चाक्सी र मुन्तला पर्दछ । (ख) अमिलो स्वाद भएकाहरू कागती (सुन कागती), युरेका (चस्मे कागती), निबुवा, बिमिरो, कालीज्यामी, नाईटेज्यामिर र तिनपाते सुन्तला (जस्को फल खान लायकको हुदैन तर यसको बीऊ रुटस्टक को लागि प्रयोग हुन्छ) आदि पर्दछन । 

व्यवसायिक रुपमा कागती खेतीको लागि तराई र भित्रि मधेशको पानी नजम्ने १०० मिटर उचाई देखि मध्य पहाडी क्षेत्रको बेशी, खोच नदी किनारा हुदै १४०० मिटरसम्मको क्षेत्र उपयुक्त हुन्छ । गुणस्तरिय फल उत्पादनको लागि दिनमा ८ देखि १० घण्टा सूर्यको प्रकाश पर्ने, तापक्रम १० देखि ३५ डिग्री सेल्सियस बीच रहने र हुस्सु नलाग्ने स्थानहरु उपयुक्त हुन्छन् ।

यस्ता छन् कागतीका फाईदाहरु :

कागतीमा भिटामिन सी  को स्त्रोत भण्डार रहेको हुन्छ । यसलाई स्वास्थ्यकोलागि अत्यन्त लाभदायक मानिन्छ । विशेष गरेर पेट सम्बन्धी समस्याकोलागि कागतीको अनेकन तरिकाले प्रयोग गर्ने गरिन्छ । कागतीको शिकंजी, चीनी नहाली सिधेनुनको साथमा पिएमा कब्जियत रहन्न । स्कर्वी रोगमा कागतीको एक भाग रस तथा आठ भाग पानि हालेर दैनिक सेवन गर्नाले या कागतीको रसमा थोरै सक्खर मिलाएर यसलाई तताएर सिरप बनाई यसमा थोरै पानि हालेर पिउँने गरेमा पित्तकोलागि यो अचुक औषधी बन्दछ ।

आधा कागतीको रसमा दुई चम्मच मह मिलाएर चाट्नाले तेज रुघाखोकीमा फाइदा पुग्दछ । कागतीको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ । उच्च रक्तचापका रोगिको रक्तवाहिनिमा यसले शक्ति प्रदान गर्दछ । एक कागतीको रसमा तीन चम्मच सक्खर, दुई चम्मच पानी घोलेर कपालको जरामा लगाएर एक घण्टा पश्चात सफा गर्नाले कपालमा चायाँ रहन्न । कपालको मैलापनि सफाहुने गर्दछ । कपाल झर्नपनि रोकिन्छ । शैम्पु गरेपछी थोरै पानीमा कागतीको रस मिलाएर कपालमा लगाउँनाले कपाल चमकदार र मुलायम बन्दछ । 

शरीरको मोटापा हटाउँन विहान हल्का तातो पानीमा कागतीको रस हालेर नियमित सेवन गर्नाले मोटापा कम हुन्छ । मलेरिया तथा हैजा जस्तो विरामीकोलागि कागतीको पानी अत्यन्त फाइदाजनक हुन्छ । कागतीमा पिंधेको मरिचको धुलो हालेर पानी पिएमा फाइदा गर्दछ । कागतीमा पिंधेको मरिच छर्केर केही तताएर चुसेमा फाइदा गर्दछ । यसले मलेरियाको जरोमा समेत फाइदा गर्दछ । कालो कोहनियों सफागर्न कागती दुई भागमा काटेर त्यसमा खानेसोडाको पाउडर हालेर कोहनियों मा रगड्नाले मैलो हटेर कुहिनो सफा तथा मुलायम बन्दछ । कागतीको सेवनले सुखा रोग निको हुन्छ । 

कागतीको बोक्रालाई पिंधेर त्यस्को लेप शिरमा लगाएमा माइग्रेन ठीक हुन्छ । कागतीको बीजलाई पिंधेर लगाउँनाले गंजापन रहन्न । बहिरोपन भएमा कागतीको रसमा दालचिनीको तेल मिलाएर कानमा हाल्नाले फाइदा गर्दछ । आधा कप गाजरको रसमा कागतीको रस मिलाएर पिउँनाले शरीरमा रगतको कमी रहन्न ।