डा. वीरेन्द्र के.सी., काठमाडौं – मानिसको मेरुदण्ड स–साना ३३ टुक्रा हड्डी मिलेर बनेको हुन्छ । यस्ता हड्डी गर्दनदेखी हिपसम्म हुन्छन् । मेरुदण्डका हड्डीलाई भर्टेब्रा भनिन्छ । यसको विचमा मसल जस्तै कुरकुरे हाड वा डिक्स रहन्छ । मेरुदण्डलाई लचिलो गर्ने काम यहि डिक्सले गर्दछ । दुई हड्डी बिचमा डिक्स हुने हुदा घर्षण हुन दिँदैन । हड्डी र डिक्स समेत संलग्न रहने मेरुदण्डको विचबाट ३१ वटा सुसुप्ना नाडी शिरदेखि खुट्टासम्म गएका छन् । यिनैले शरीरका विभिन्न भागमा भएको समवेदना (सूचना) आफ्नो क्षेत्रबाट दिमागमा पु¥याउछन् । ढाड (कम्मर) का जुन ठाउको नसा च्यापिन्छन् त्यहि भागमा दुःख्दछ । मेरुदण्डबाट नसाहरु कहाँ कसरी गएका छन् र तिनको प्रभाव कस्तो पर्छ जान्न हामी मेरुडण्डलाई ५ भागमा विभाजन गरी जानकारी लिन सक्दछौं । सर्भाइकल भर्टेब्रा, थोरासिक भर्टेब्रा, लम्बर भर्टेब्रा, स्याक्रल भर्टेब्रा, कोकिजिएल भर्टेब्रा आदि ।


गर्दनबाट गएका नसा च्यापिएमा त्यसलाई सर्भाइकल स्पोन्डिलाइसिस भनिन्छ । कम्मरका नसाका कारण दुःखेमा लम्बर स्पोनिनिडलाइसिस अथवा साइटिका भनिन्छ । मेरुदण्डका ३३ टुक्रा हाड मध्ये लम्बर भर्टेब्राका ५ टुक्रा हाडबाट खुट्टातिर जाँदा जाली जस्तै भएर जान्छन् । त्यस्तो जालीलाई साइटिका भनिन्छ । यहाँका नसा च्यापिएमा कम्मरदेखि खुट्टासम्म दुःख्दछ । यी नसा एल फोर फाइभ र एस वान, टु, थ्रि हुन् । ती नसा च्यापिएमा साइटिका हुन्छ ।